
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
पोखरा, १९ चैत । प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा. केदारनरसिंह केसीले नेपाली कांग्रेसमा व्यक्तिगतभन्दा पनि पार्टीको आधिकारिक धारणालाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
प्रजातान्त्रिक विचार समाज कास्कीका पदाधिकारीबीच आज समसामयिक राजनीतिक अवस्था, समाजको आसन्न अधिवेशनलगायत विषयमा पोखरामा आयोजित छलफल एवं अन्तक्र्रियामा उहाँले व्यक्तिव्यक्तिका धारणाभन्दा पनि पार्टीको आधिकारिक धारणाले सङ्गठनलाई बलियो बनाउने बताउनुभयो ।
परिस्कृत बन्न सङ्गठित हुनु जरुरी रहेको बताउँदै उहाँले पार्टीलाई गाली गरेर बस्नुभन्दा सङ्गठित बन्दै वैचारिक बहस बढाउनुपर्नेमा जोड दिनुभयो । आगामी जेठ २ र ३ गते हुने समाजको अधिवेशनमा सबै क्षेत्र समेटेर जिल्लाबाट प्रतिनिधित्व गराउन उहाँले आग्रह गर्नुभयो ।
समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले सामाजिक, आर्थिक, राजनीतिक एवं राष्ट्रिय महत्वका विषयमा समाजले स्पष्ट धारणा तयार गरी लिखितरुपमा पनि पार्टीलाई दिनुपर्ने बताउनुभयो ।
समाजका कास्की अध्यक्ष डा वीरबहादुर कार्कीले पछिल्ला समयमा कांग्रेसमा योगदान गर्ने ओझेलमा पर्ने गरेको बताउँदै योगदान तथा क्षमताको मूल्याङ्कन नगर्दा पार्टी सङ्गठन कमजोर बन्दै गएको बताउनुभयो ।
उक्त अवसरमा समाजका केन्द्रीय सचिव डा वासुदेव भण्डारी, नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेल, नेपाली कांग्रेस कास्कीका सदस्य गङ्गाधर पराजुली, समाजका उपाध्यक्ष शिशुकला पराजुली, सचिव भीम न्यौपाने, कोषाध्यक्ष ज्योतिबावु पौडेल लगायतले कांग्रेसलाई वैचारिकरुपमा प्रष्ट बनाउन समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्नु जरुरी रहेको बताउनुभयो । -रासस