
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
३गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
६वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
७गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
८पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
९गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
१०विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
११अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१२एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
१०लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
विक्रम गिरी र कमलकुमार बस्नेत
काठमाडौँ, १८ चैत । रोयल नेपाल गल्फ क्लबमा पुग्दा सद्भाव आचार्य पसिनाले निथ्रुक्क भिजेका भेटिए । उनी गौचरनस्थित सूर्य नेपाल गल्फ टुर, २०२२-२३ अन्तर्गतको दोस्रो दिनको खेलमा भर्खर १८ होल पूरा गरेर फर्किएका थिए । प्रतिभावान् १६ वर्षे ‘एमेच्योर गल्फर’ आचार्य उक्त प्रतियोगिताबाट निकै उत्साहित देखिन्थे ।
“हालसम्मको खेल प्रदर्शनबाट सन्तुष्ट छु”, उनले खुसी व्यक्त गरे, “अहिलेसम्म ‘अन्डर’मै खेलिरहेको छु, जारी प्रतियोगितामा राम्रै परिणाम आउनेमा आशावादी छु ।” प्रत्येक प्रतियोगिता आफ्ना लागि सिकाइ र सीप निखार्ने अवसर भएको आचार्यले बताए । त्यसको दुई दिनपछि अर्थात् शुक्रबार प्रतियोगिता सम्पन्न हुँदा उनले उपाधि उचाले ।
आचार्यले उपाधिमात्र चुमेनन् । उनले उपाधिसँगै उक्त प्रतियोगिता जित्ने सबैभन्दा कम उमेरका खेलाडीको कीर्तिमानसमेत बनाएका छन् । यसअघि उक्त कीर्तिमान सुभाष तामाङको नाममा थियो । तामाङले १६ वर्ष ११ महिनामा सो कीर्तिमान बनाएका थिए । आचार्यले भने १६ वर्ष १० महिनामै उपाधि जितेर तामाङको कीर्तिमान तोडेका छन् । शुक्रबार सम्पन्न प्रतियोगितामा उनै तामाङ चौथो र एमेच्योरतर्फ दोस्रो स्थानमा रहे ।
केही समयअघि बङ्गलादेशको राजधानी ढाकामा सम्पन्न ३६औँ बङ्गलादेश एमेच्योर गल्फ च्याम्पियनसीपमा यही तामाङ र आचार्यको जोडी नेपालका लागि स्वर्ण पदक जित्न सफल भएको थियो । आचार्य चार वर्षको उमेरदेखि नै गल्फ खेल्न थालेका हुन् । हाल उनी १६ वर्षका भए । परिवारमा गल्फ खेल्ने आचार्य तेस्रो पुस्ताका हुन् । उनका बुबा दीपक आचार्य नेपाल गल्फ सङ्घमा महासचिवका साथै गोकर्ण गल्फ क्लबका सिनियर निर्देशकसमेत हुनुहुन्छ ।
बुवा गल्फ खेल्ने भएकाले सद्भावको रुचि सानैदेखि यसतर्फ बढेको हो । फलस्वरुप उनी जुनियर गल्फर हुँदै यतिबेला एमेच्योर गल्फरका रूपमा आफूलाई चिनाउन सफल भएका छन् । “पढाइ र खेल सँगसँगै अघि बढाएको छु”, उनले भने, “अहिलेसम्म दुवै कामका लागि समयको व्यवस्थापन गरेकै छु ।” सद्भाव हाल अनलाइनमार्फत काठमाडौँ वल्र्ड स्कुलको पढाइ र भारतको बैङ्ग्लोरस्थित गल्फ एकेडेमीमा बसेर गल्फ प्रशिक्षणलाई अघि बढाउन सफल भएका छन् । “बैङ्ग्लोरको प्रशिक्षणले मलाई एकदमै मद्दत पुगेको छ, दिनप्रतिदिन अभ्यस्त हुँदैगएको छु”, उनले भने ।
नेपालका नम्बर वान एमेच्योर गल्फर सुभाषको कथा भने ठ्याक्कै विपरीत छ । कक्षा ३ सम्मको मात्र अध्ययन पूरा गरेका तामाङ १० वर्षको उमेरमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ भारदेउबाट कामको खोजीमा भौँतारिँदै त्रिभुवन विमानस्थल नजिक माइजुकहाँ आइपुगेका थिए । माइजु नजिकैको होटलमा काम गर्थिन् भने माइजुको छोरा गल्फ कोर्समा काम गर्थे ।
“मैले पनि बल ब्वायका रूपमा गल्फ कोर्समा काम गर्ने मौका पाएँ”, सुभाषले विगत सम्झिए, “चार वर्ष गल्फरले खेलेका बल खोज्दैमा बित्यो ।” बल ब्वायका रूपमा काम गर्दा उनलाई ‘पकेट खर्च’का लागि अन्यत्र जोहो गर्न जानुपर्ने बाध्यता भएन । बल खोज्दै गरेका तामाङमा विस्तारै गल्फ खेल्ने रहर पलायो । त्यही रहरले आज उनी चल्तीका नेपाली गल्फर बनेका छन् । तामाङ हरेक दिन सफलतातर्फ अघि बढ्दै गएका छन् ।
‘द वर्ल्ड एमेच्योर गल्फ र्याङ्किङ’अनुसार तामाङ नेपालका नम्बर वान एमेच्योर गल्फर हुन् । उनले नेपालमा सम्पन्न भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रयोगितामा नेपाललाई स्वर्ण पदक दिलाएका थिए । आचार्य र तामाङ दुवैको लक्ष्य गल्फ खेलका माध्यमबाट व्यावसायिक करिअर अघि बढाउँदै नेपाललाई विश्वस्तरमा चिनाउने रहेको छ । समान उद्देश्य बोकेका यी दुवै एमेच्योर गल्फरबीच यही नै एउटै समानता छ ।
दुवै गल्फर यतिबेला भारतको बैङ्ग्लोरस्थित ‘तरुण सरदेसाइ गल्फ एकेडेमी’मा गल्फ खेल्ने दक्षता र क्षमता बढाइरहेका छन् । यो भारतको पहिलो आवासीय गल्फ एकेडेमी हो । भारतका पूर्वगल्फर तरुण सरदेसाइले यसको सुरुआत गरेका हुन् । एकेडेमीमा उनी आफैँ मुख्य प्रशिक्षकका रूपमा खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन् । यहाँबाट उत्पादित भारतीय गल्फरले त आफ्नो देशका लागि ओलम्पिकमा पदकसमेत प्राप्त गरिसकेका छन् ।
यही एकेडेमीमा नेपालका यी दुई गल्फर तामाङ र आचार्यले दैनिक १० घण्टाका दरले कडा मेहनत गरिरहेका छन् । आचार्य पछिल्लो छ महिनायता एकेडेमीमा अभ्यासरत छन् । हाल अध्ययन गरिरहेको कोर्स पूरा गर्न दुई वर्ष लाग्ने आचार्यले सुनाए । नेपालको पढाइलाई पनि निरन्तरता दिएको उनको भनाइ छ ।
“काठमाडौँ वर्ल्ड स्कुलले अनलाइनबाट पढ्ने वातावरण मिलाइदिएको छ, यसका लागि म विद्यालयलाई मनैदेखि धन्यवाद दिन चाहन्छु”, आचार्यले भने, “पढाइ र गल्फलाई सँगै लिएर हिँड्न मेरा लागि चुनौतीपूर्ण छ ।” पढाइ र व्यावसायिक गल्फरको करिअरसँगै अघि बढाएका उनले भने, “प्रत्येक प्रतियोगिताबाट केही न केही सिक्न मद्दत पुगेको छ ।”
नेपालका उदीयमान यी गल्फरलाई केही दिनअघिमात्रै गोकर्ण गल्फ कोर्समा आयोजित ‘इन्डियन एम्बेस्डर इन्भाइटेशनल गल्फ टुर्नामेन्ट’को अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विशेष सम्मान गर्नुभएको थियो । सद्भावले प्रतियोगितामा ‘लङ्गेस्ट ड्राइभ’ अवार्डसमेत जित्न सफल भए । सो अवसरमा राजदूत श्रीवास्तवले दुई नेपाली महिला गल्फर करिष्मा शाह र जुनी गुरुङलाई समेत पुरस्कारस्वरुप जनही रु ५० हजार प्रदान गर्नुभएको थियो ।
“भारतीय राजदूतले राम्रा प्रतियोगितामा खेल्ने अवसर दिनुका साथै हामीलाई दिएको सम्मानले हामीमा उत्साह थपिएको छ, यसले हामीलाई अझ अगाडि बढ्न ठूलो प्रेरणा मिलेको छ”, आचार्यले भने । आचार्यका अनुसार नेपालमा छँदा उनको दैनिक ६ देखि ७ घण्टा गल्फ कोर्समै बित्छ । गल्फर बन्ने सपनामा परिवारले ठूलो लगानी गरेको आचार्यको भनाइ छ ।
तामाङको भने खर्चको जोहो गर्ने माध्यम अलिक फरक नै छ । आर्थिक रुपमा कमजोर पृष्ठभूमि भएका उनलाई नेपाल गल्फ सङ्घले सहयोग गर्दै आएको छ । “तामाङलाई बैंग्लोरको एकेडेमीको पहिलो तीन महिनाको खर्च ५० प्रतिशत छुटमा राष्ट्रिय खेलकुद परिषद्ले रु पाँच लाख सहयोग गरेको छ”, सङ्घका महासचिव दीपक आचार्यले भने, “सङ्घको पहलमा एकेडेमीले दुई वर्षका लागि छात्रवृत्ति उपलब्ध गराएको छ ।”
छात्रवृत्ति पाएका तामाङ यसबाट आफूलाई निकै ठूलो सहयोग पुगेको बताउँछन् । “बैंग्लोरमा सङ्घ र एकेडेमीले ठूलो सहयोग गरेको छ, नेपालमा पनि रोयल नेपाल गल्फ क्लबले निःशुल्क खेल्ने व्यवस्था मिलाएको छ”, उनले भने ।
यो जोडीले नेपालका लागि अन्तर्राष्ट्रिय प्रयोगितामा पदक जित्नेमात्रै नभइ नेपाललाई खेलमार्फत विश्वस्तरमा अझ बढी चिनाउने र पर्यटकीय विकासमा सहयोग पु¥याउने लक्ष्य बोकेको छ । अबको केही समयपछि दुवै गल्फर जापान र सिङ्गापुरमा हुने प्रयोगितामा सहभागिता जनाउँदैछन् । भर्खरै सम्पन्न प्रतियोगिताबाट उनीहरु थप निखारिएका छन् ।
नेपाल गल्फ सङ्घका महासचिव आचार्य १३औँ दक्षिण एसियाली खेलकुदमा तामाङले स्वर्ण पदक जितेपछि राज्यले गल्फ खेलप्रति हेर्ने दृष्टिकोणमा अझ बढी सकारात्मक छाप छाड्न सफल भएको बताउँछन् । यही कारण थियो, राखेपले तामाङलाई केही समयका लागि भए पनि छात्रवृत्ति उपलब्ध गरायो । सङ्घकै पहल र सहयोगमा त तामाङका लागि पक्की घरसमेत बन्यो । आचार्य र तामाङको अबको लक्ष्य एसियाली खेलकुदमा हालसम्मकै उत्कृष्ट खेल प्रदर्शन गर्ने लक्ष्य छ ।
गल्फलाई विश्वस्तरमा ‘धनीहरूको खेल’ पनि भनिन्छ । तर तामाङजस्ता प्रतिभाशाली गल्फरका हकमा भने यो भनाइ लागू हुँदैन । सीप र क्षमता हुने हो भने यो धनीहरूको मात्र होइन, गरिबको पनि खेल हुनसक्छ भन्ने उदाहरण तामाङ बनेका छन् । -रासस
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी