
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
तारानाथ आचार्य, बलेवा, ९ चैत । विसं २०४८ अघि बागलुङ नगरपालिका–४ उपल्लाचौरलगायतका क्षेत्रमा पातलो बस्ती थियो । सहरीकरण नभएकाले एकाध घरपरिवारले गाउँ छेउकै कुवा तथा पोखरीको सहायतामा पानीको जोहो गर्थे । बागलुङ बजार सडक सञ्जालसँग जोडिएपछि उपल्लाचौरमा सहरीकरण हुन थाल्यो । कोदो फल्ने बारीमा ठूलाठूला घर बने । एउटै घरमा चार–पाँच परिवार अटेका छन् । केही साना उद्योग पनि छन् । तर अहिले उपल्लाचौर, कुँडुलेलगायत आसपासका गाउँ काकाकुल छन् ।
मानवबस्ती कम हुँदा पानीका स्रोतले पुगेपछि नजिकैका मुहान नखोजेको बागलुङ नगरपालिकाले अहिले आफ्नो सीमा क्षेत्रका मुहानमा चासो देखाएको छ । तर उपल्लाचौर, कुँडुलेलगायतका गाउँमा ल्याउन सकिने बागलुङ नगरपालिकाकै वडा नं ५ का दर्जन बढी पानीका मुहान भने म्याग्दीवासीले प्रयोग गरिरहेका छन् ।
मालिका आसपासका दर्जन बढी मुहानबाट प्रतिसेकेन्ड ५० लिटरभन्दा धेरै पानी छिमेकी म्याग्दीमा पुगेको छ । आफ्नै नगरका मुहानको पानीले बेनी नगरपालिका–१ रत्नेचौर हराभरा हुँदा सिमाना जोडिएको कुँडुलेले पानीको चरम अभाव खेपिरहेको छ । खानेपानी अभाव भएपछि आफ्नो क्षेत्रका मुहान खोजी गरे पनि योजना बनाएर पानी ल्याउन नगरलाई सकस छ । विसं २०५८ मा बागलुङ–५ मालिकाको कमेरे खानेपानी मुहान मूलको पानी बागलुङ–५ र ४ का उपभोक्तालाई वितरण गर्ने उद्देश्यले आयोजना निर्माण भएको थियो ।
आयोजना अघि बढाउन रकमसमेत विनियोजन भयो । तर मुहान विवादका कारण न योजना अघि बढ्न सक्यो न खानेपानीको अभाव खेपिरहेका उपभोक्ताले पानी पाए । रत्नेचौरका स्थानीयवासीले कमेरेपानी नजिकै रहेको ठूलोखोला र बागलुङमा रहेका करिब एक दर्जन मूल आफ्ना बनाएका छन् । सरकारी निकायमा दर्ता कहीँकतै नभएको भए पनि पाइप बिछ्याएर पानी रत्नेचौर पुगेको छ । वर्षौँदेखि विवाद हुँदै आएको कमेरे खानेपानी मुहानबाट बगेको पानी म्याग्दी रत्नेचौरका स्थानीयवासीले सिँचाइका लागि प्रयोग गरेको बागलुङ–४ का वडाध्यक्ष कुमारविक्रम क्षेत्री बताउनुहुन्छ ।
“एक–दुई हजार जनसङ्ख्यालाई एउटै मुहानको पानी फालाफाल हुन्छ, यहाँ त ६२ एमएमदेखि छ इन्चको पाइपसम्ममा ११ मूलको पानी लगिएको छ”, क्षेत्री भन्नुहुन्छ, “हामीले प्यास मेटाउन प्रतिसेकेन्ड तीन लिटर पानी लैजान्छौँ भन्दा आफ्नै जमिनको पानी पाएनौँ ।” कमेरे खानेपानी मुहानमा विवाद हुँदा बागलुङका १२ सय घरधुरीले समस्या झेलेका छन् ।
बागलुङ–५ बान्द्रे र वडा नं ४ कुँडुले फेदीका उपभोक्तालाई खानेपानी उपलब्ध गराउने योजना पर्दासमेत रत्नेचौरवासीले अवरोध गर्दै आएका छन् । बान्द्रे, कुँडुले फेदी, छाप, दाह्रेगौँडा, रमेटार, उपल्लाचौर, डुङढुङ्गा बस्तीमा खानेपानी ल्याउने योजना भए पनि अवरोधका कारण योजना अघि बढ्न नसकेको वडाध्यक्ष क्षेत्री बताउनुहुन्छ ।
कमेरे मूलको पानी बागलुङ–४ मा ल्याउन पहल सुरु भई विसं २०५८ मा मूल दर्ता भएको थियो । वडाध्यक्ष क्षेत्रीले भन्नुभयोे, “सो समयमा बागलुङका उपभोक्ताले बिछ्याएका खानेपानीका पाइप, पाइप जडान गर्ने मेसिनलगायतका उपकरण म्याग्दीको रत्नेचौरका स्थानीयवासीले लुटेर लगे । तत्कालीन उपभोक्ता समितिले प्रशासन र प्रहरीमा उजुरी दिएका पनि हुन् । सशस्त्र द्वन्द्व तथा सङ्कटकालले पानीको काम अघि बढ्न सकेन । अहिले काम सुरु गर्दा रत्नेचौरवासीले विरोध गर्नु दुःखद् कुरा हो ।”
उहाँका अनुसार बागलुङ नगरपालिकामा रहेका मूल म्याग्दीले दर्ताबिनै लगेको र करिब रु दुई लाख खर्च गरेर हाल निर्माण गरेको कमेरे मूलमा निर्माणाधीन खानेपानी ट्याङ्कीको संरचना तोडफोड भएको छ । उहाँले अझै पनि सहमतिको बाटो खोजेको, आधा–आधा पानी लैजाने र पुरानै प्रवृत्ति नदेखाउन आग्रह गर्नुभयो ।
पानीकै विषयमा बागलुङ र म्याग्दीका सुरक्षा प्रमुख तथा जनप्रतिनिधिबीच सहमतिको प्रयास भएको थियो । खानेपानी समस्या समाधान गर्न भन्दै दुई जिल्लाका उच्चपदस्थ अधिकारीको गत फागुन १७ मा बागलुङ बजारमा बसेको बैठकले मुहानको पानीको प्राविधिक जाँचमा प्रतिसेकेन्ड सात लिटर पानी रहेकामा प्रतिसेकेन्ड चार लिटर म्याग्दीको रत्नेचौरले प्रयोग गर्ने र बाँकी तीन लिटर बागलुङले प्रयोग गर्ने, हिउँदका चार महिना ९ फागुनदेखि जेठसम्म मुहानको कुल पानीको ५८ प्रतिशत रत्नेचौर र ४२ प्रतिशत बागलुङले उपयोग गर्ने गरी सहमति भएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । मौखिक सहमतिलाई अहिले रत्नेचौरका बासिन्दाले नमानेका कारण पुनः विवाद भएको श्रेष्ठले बताउनुभयो ।
उहाँले जनताको बीचमा लडाइँ–झगडाभन्दा पनि सबै नेतृत्व तहकाले यसको सहमतिको बाटो खोज्नुपर्ने बताउनुभयो । नगरपालिकाले उक्त योजना सम्पन्न गर्नका निम्ति रु ५० लाख बजेट विनियोजन गरेको छ । कमेरे मुहानको पानी अपुग भएमा आसपासलगायत खोलाको पानीसमेत मिसाएर बाँडफाँट गरिने गरी सहमति भएको र दुवै क्षेत्रका उपभोक्तालाई जानकारी गराउने सहमति भएको भए पनि रत्नेचौरका केही स्थानीयवासीले जनप्रतिनिधिलाई समेत दबाबमा राखेपछि सहमति कार्यान्वयन हुनसकेको छैन ।
रत्नेचौरका स्थानीयवासीले प्रयोग गर्दै आएको खानेपानीका विषयमा सहमति गरेर निकास निकाल्नुपर्ने म्याग्दीको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापालले बताउनुभयो । स्थलगत अध्ययनका लागि गएका जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले दुई गाउँबीच सहमति गरेर खानेपानी व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । अहिलेसम्म बागलुङले जबर्जस्ती नगरेको भन्दै थापाले अधिकांश मुहान बागलुङकै भू–भागमा रहेकाले पनि म्याग्दीले व्यावहारिकता बुझ्ने बताउनुभयो । रासस