
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
६कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
लक्ष्मीनारायण साकोसको वार्षिक १० औ वार्षिक साधारण सभा सम्पन्न
लमजुङ, २५ मंसिर । महिलाहरुद्वारा सञ्चालित लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साकोसका अध्यक्ष सृजना घिमिरेको अध्यक्षतामा भएको साधारसभाको उद्घाटन प्रदेशसभा सदस्य भेषवहादुर पौडेलले गरेका थिए ।
साधारण सभालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य पौडेलले राष्ट्रिय रुपमा नीतिगत कुराहरुलाई केही परिमार्जन गर्नुपर्ने धारणा व्यक्त गर्दै नियमन निकायलाई अलिकति व्यवस्थित गर्नुपर्नेमा जोड दिए । केही सहकारी नीतिनियमलाई दुरुपयोग गर्दै गर्दा तथा आफू अनुकुलको काम गर्दै गर्दा नीतिगत रुपमा वित्तीय सेवा प्रदान गर्दै आएका सहकारीहरु पनि समस्यामा परेको उनको भनाई थियो ।
सहकारीको सहयोगबाट आफूलाई समृद्ध बनाएका थुप्रै उदाहरणहरु हामीले देख्न सकिने भन्दै उनले संस्थागत रुपमा राम्रालाई पुरस्कृत र खराबलाई दण्डित गर्न सकियो भने सहकारीमा अवसर र विश्वासको वातावरण सृजना हुने बताए । प्रदेश सभा सदस्य पौडेलले आफूले पाउने जिम्मेवारी र आफ्नो क्षमताले भ्याएसम्म सहकारी क्षेत्रको विकासका लागि सदैव पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
२०६९ सालमा ४० जना शेयर सदस्यहरुबाट सुरु भएको लक्ष्मीनारायण सहकारीमा हाल १४ सय ५४ शेयर सदस्य पुगेको साकोसका अध्यक्ष सृजना घिमिरेले बताईन् । अध्यक्ष घिमिरेका अनुसार दुईलाख शेयर पँुजीबाट सुरु भएको साकोसको शेयर पुँजी वृद्धि भई हाल ८९ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको छ । विगतका वर्षमा कोभिडका कारण लाभांस वितरण गर्न नसकेको साकोसले चालु आर्थिक वर्षमा लक्ष्य अुरुपको लाभांस वितरण गर्ने प्रयासमा रहेको अध्यक्ष घिमिरेले बताईन् ।
आर्थिक बर्ष २०७८/०७९ मा १७ करोड ९५ लाख ७८ हजार ३ सय ९० रुपैयाको कारोवार गरेको साकोसले १५ लाख २० हजार ७ सय ९६ रुपैयाँ मुनाफा आर्जन गरेको जनाएको छ ।
साकोसले गएको आर्थिक वर्षमा १० करोड ४ लाख ९८ हजार ३ सय ८९ रुपैया बचत संकलन गरेको साकोसको कुल सम्पत्ति भने आर्थिक वर्ष ०७८÷०७९ को वासलात ५ करोड १२ लाख ५० हजार २ सय ६५ रुपैयाँ रहेको साकोसका प्रवन्धक जितमाया गुरुङले बताईन् । महिलाहरुको नेतृत्वमा सञ्चालित साकोसले वित्तीय क्षेत्रमा खाली बचत संकलन र ऋण प्रवाह मात्र नभई महिलाहरुलाई आर्थिक एवं समाजिक रुपले सशक्त वनाउन विभिन्न आय आर्जन एवं सिपमुलक कार्यक्रमहरु गर्दै आएको सहकारीका लेखा समिति संयोजक सिता न्यौपानेले बताईन् ।
कार्यक्रममा लक्ष्मी नारायण पुस्तकालयका अध्यक्ष नराइन बहादुर सुयाल, बेसीशहर ८ का वडासदस्य कल्पना बोहोरा, साकोसका सल्लाहाकार तेजनारायण अधिकारी, नेफ्सुकनका प्रतिनिधि सन्देश घिमिरे, शिक्षक कल्याण सहकारीका रमेश अधिकारी र पुस्तकालय महिला उपसमिति संयोजक सिता श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा साकोसका उपाध्यक्ष ज्ञानुमाया नखोलाले स्वागत, संस्थापक अध्यक्ष शोभा थापाले धन्यवाद ज्ञापन र कार्यक्रमको सञ्चालन सचिव भगवती जोशीले गरेका थिए ।
साधारण सभाका अवसरमा सहकारीले कार्यक्रमका प्रमुख अतिथि नवनिर्वाचित प्रदेश सभा सदस्य भेषवहादुर पौडेललाई फूलमाला अभिर र मायाको चिनोले सम्मान गरिएको थियो । त्यस्तै असल बचतकर्ताको रुपमा मैया श्रेष्ठ, असल ऋणिको रुपमा खातुन मिया, २०७८ को एसईईमा उत्कृष्ट नम्बर ल्याउन सफल शेयर सदस्यका छोराछोरीतर्फ आकृति गुरुङ र भावना गुरुङलाई सम्मान गरिएको थियो ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ