
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा, ९ मंसिर । कास्कीको निर्वाचन क्षेत्र नम्बर १ मा ५ दलीय सत्तागठबन्धन र नेकपा एमाले बिच कडा प्रस्पिर्धा देखिएको छ । अहिलेसम्मको स्थितिलाई हेर्दा क्षेत्र नं. १ एमालेले क्लिन स्वीप गर्ने सम्भावना देखिन्छ । यतिबेला वडा नं. २६ को मतगणना भईरहँदा पनि सत्तारुढ गठबन्धनले जित्ने सम्भावना धेरै न्यून छ ।
मतगणना जारी रहेकै अवस्थामा कास्की निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार मनबहादुर गुरुङ ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका किशोरदत्त बराल भन्दा अगाडि नै देखिएका छन् ।
एमालेका गुरुङले २२ हजार ९ सय २६ मत प्राप्त गरेका छन् भने कांग्रेसका बरालले २० हजार ३ सय ९ मत प्राप्त गरेका छन् । मतगणना जारी रहँदा एमालेका गुरुङले २ हजार ६ सय १७ मतले अगाडि छन् ।
त्यसैगरी, गण्डकी प्रदेशका भावी मूख्यमन्त्रीका रुपमा हेरिएका नेकपा एमालेका नेता खगराज अधिकारीले ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादीका दिपक कोइरालालाई भारी मतान्तरले जितिरहेका छन् । एमालेका अधिकारीले १२ हजार ८९ मत प्राप्त गर्दा माओवादीका कोइरालाले ८ हजार ९ सय ९४ मत प्राप्त गरेका छन् । मतगणना जारी रहँदा एमालेका अधिकारी ३ हजार ९५ मतले अगाडि छन् ।
यता, कास्की क्षेत्र नं. १ ख मा नेकपा एमालेका उम्मेदवार बेदबहादुर गुरुङले ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका दिपक गुरुङ ‘माईला’लाई हराउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भईसकेका छन् । एमालेका बेदबहादुरले १२ हजार ६ सय ६१ मत प्राप्त गरेका थिए भने काँग्रेसका दिपक माईलाले ११ हजार ७ सय ९४ मत प्राप्त गरेका थिए ।