
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
लमजुङ, ८ मंसिर । प्रतिनिधिसभा सदस्यमा लमजुङबाट नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतअन्तरले पराजित गर्दै एमाले उपमहासचिव गुरुङले प्रतिनिधिसभाको यात्रा तय गरेका हुन । बिजयी गुरुङले ३४ हजार नौ सय ६९ मत प्राप्त गरे ।
उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले ३१ हजार सात सय ८१ मत प्राप्त गरेका छन।
जिल्लामा कूल एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकोमा ८० हजार एक सय ९२ मत खसेको थियो । खसेको मतमध्ये प्रतिनिधिसभातर्फ दुइ हजार तिन सय ८४ मत बदर भएको छ ।
प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले नौ हजार २९ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले एक हजार दुई सय ३१ मत प्राप्त गर्नुभनेको छ । मंगोल नेशनल अर्गनाइजेशनका विकास गुरुङले चार सय ५७ मत, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङले एक सय ४८, आमूल परिवर्तन मसिहा पार्टीका नन्दजङ गुरुङले ६०, नेपाली कांग्रेस ९बीपी० का लक्ष्मीकान्त पौडेलले ४९, राप्रपा नेपालका टकबहादुर गुरुङले ३३, स्वतन्त्र उम्मेदवार चन्दन बस्यालले ३१ र नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापतिले २० मत प्राप्त गरेका छन् ।
लमजुङबाट प्रदेशसभा १ मा कांग्रेसका गुरुङ निर्वाचित
लमजुङको प्रदेश सभा निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका टकराज गुरुङ निर्वाचित भएका छन् । गुरुङले १ हजार १६१ मतान्तरले नेकपा एमालेका जमिन्द्रमान घलेलाई हराएका हुन् । गुरुङले १८ हजार ५०४ र एमालेका घलेले १७ हजार ३४३ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अप्सरा साहले १ हजार १८, मंगोल नेशनल अर्गनाइजेसनका बृखबहादुर तामाङले ४५६ मत र जनता समाजवादी पार्टी नेपालका सरस्वती गुरुङले ११५ मत पाएकी छिन् । प्रदेशसभा सदस्यमा निर्वाचित गुरुङ नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति हुन् भने घले नेकपा एमाले केन्द्रीय सदस्य हुन् ।
लमजुङ प्रदेश सभा २ मा काग्रेसका पौडेल निर्वाचित
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा लमजुङ प्रदेश सभा ‘२’ मा नेपाली कांग्रेसका भेषबहादुर पौडेल निर्वाचित भएका छन् ।
पौडेलले ७ सय ५४ मतान्तरले नेकपा एमालेका कृष्णप्रसाद अधिकारीलाई हराउँदै निर्वाचित भएका हुन् । पौडेलले १९ हजार ५५७ मत पाएका छन् । एमालेका अधिकारीले १८ हजार ८०४ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।
प्रदेश सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ततबहादुर गुरुङले १ हजार ९ सय ५७, मंगोल नेशनल अर्गनाइजेशनका राज गुरुङले ३ सय १४, जनता समाजवादी पार्टी नेपालका युवराज दुराले २ सय ४१ मत र नेपाली कांग्रेस ९वीपी० का नवराज बसौलाले १ सय ४५ मत पाएका छन् । कुल ४१ हजार ८ सय ५७ मतमा ४१ हजार १७ सदर र ८ सय ४० बदर भएको छ ।