
१धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
२धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
३बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
४बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
५धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
६पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
७नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
८‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
९सुरक्षा निकायलाई विशेष सतर्कता अपनाउन निर्देशन
१०रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
११नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
१२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
४‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
६मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
७रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
८चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१२फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
पोखरा, १ मंसिर । देशको अवस्था ठिकठाक चलेको भए, शायद अरुण गिरी अहिलेको चुनावमा पनि आम मतदाता मात्र हुन्थे । चुनावको रिपोर्टिङ गरिरहेका हुन्थे । मिडियासँग सम्बन्धित विभिन्न विधामा पोख्त अरुण गिरीको दैनिकी आफ्नै काममा बित्थ्यो । आफ्नो रोजीरोटी चलेकै थियो । केही आफूजस्तै युवाहरुलाई रोजगारी दिएका थिए । सबैकुरा राम्रै थियो ।
तर काम गरिरहँदा र दैनिकी चलाईरहँदा उनको मनमा सँधै खड्किने सवाल चाहीँ एउटै थियो, ‘यो देश सिस्टममा किन चलेन ?’
आफूले जानेको र गर्दै आएको आफ्नै क्षेत्रको काम पाउनका लागि पनि ठुलै भनसुन गर्नुपर्ने । काम पाएपछि काम मिलाउनेलाई कमिशन दिनुपर्ने । तै पनि समयमा काम गरेबापतको पैसा नपाउने । जब पछिल्लो समय राज्यको विभिन्न निकायसँग जोडिएर अरुणले आफ्नो व्यवसायिक काम गर्न थाले, तब उनलाई काम गर्न झन् बढि हम्मे हम्मे पर्न थाल्यो । सबै कुरा सिस्टममा हुनुपर्छ अनि मात्रै देश भ्रष्टाचारमुक्त हुन्छ भन्ने मान्यता राख्ने अरुणको व्यक्तिगत स्वभावले गर्दा नै होला, यस्ता धेरै कामबाट उनले हात धुन परेको थुप्रै उदाहरण छन् ।
उनलाई सँधै लाग्ग्थ्यो, ‘देशमा यस्तो अवस्था आउनु र स्थानीयस्तरमा लगानी गरेर व्यवसाय गर्न भन्दा विदेश जानका लागि युवाहरु मरिहत्ते गर्नुको मूख्य कारण भनेकै नेपालको राजनीति हो ।’ साथीभाईसँगको चियागफको क्रममा नेपालका राजनीतिक दल र तिनका नेतालाई अरुणले धेरै चोटी सरापेका छन् । अरुणलाई लाग्छ, यो देशमा सही मानिसले सही ठाऊँ पाएकै छैनन् । सक्षम र सबल मानिसले सही ठाऊँ पाएको खण्डमा पक्कै पनि राम्रै गर्छ ।
व्यवस्थापकीय अनुभव र ज्ञान भएका अरुणलाई लाग्यो, यसका लागि म आफैँले एउटा प्रयत्न किन नगर्ने ? पछिल्लो समय उनी मिडियामा सक्रिय हुनुका साथै मिडियासँगै सम्बन्धित संघसंस्थाको नेतृत्वमा पनि सक्रिय रहे । राजनीतिमा लाग्न भन्दा अगाडि उनी चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाको अध्यक्ष थिए । त्यहाँ पनि उनी नेतृत्वमा खरो रुपमा उत्रिए। चलचित्रसंग सम्बन्धित थुप्रै कार्यक्रमहरु गरे । पत्रकारहरुको दक्षता अभिवृद्धिका लागि उनले चालेका र गरेका क्रियाकलापहरुको पत्रकारिता र चलचित्रवृत्तमा सँधै चर्चा हुने गर्छ ।
राजनीतिसँग कुनै आईनोसाईनो नभएका अरुणले आफ्नो विचारसँग मिल्ने पार्टी खोज्न थाले । हेर्दै जाँदा उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको विचारसँग आफूलाई सबैभन्दा नजिक पाए । भर्खरै राजेन्द्र लिङ्देनको नेतृत्व पाएको राप्रपाले उनलाई सहजै स्विकार गर्यो । पार्टीलाई उनले आफ्नो कार्ययोजना सुनाए । राजनीतिमा आउनुको कारण बताए । उर्जावान र व्यवहारमा प्रस्ट गिरीलाई पार्टीले पत्यायो । उनलाई तत्कालै राप्रपा कास्कीको प्रवक्ताको रुपमा पार्टीले नियुक्त गरिहाल्यो । करिब ५ महिनाको बीचमा राप्रपा कास्कीका गतिविधिहरुलाई उनले यस क्षेत्रमा राम्रैसँग जनतामाझ पुर्याए । शायदै मिडियामा आउने राप्रपाका सूचनाहरुलाई यहाँका प्राय जसो मिडियामा ल्याएर उनले पार्टीको छविलाई मिडियामैत्री बनाए ।
पार्टीको जिल्ला, प्रदेश सँगै केन्द्रीय कमिटिले पनि अरुणको सक्रियतालाई राम्रैसँग अवलोकन गरिरहेको थियो शायद । त्यसैले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उनलाई प्रदेशतर्फ कास्की क्षेत्र नम्बर २ २ का लागि उम्मेदवार बनायो । छोटो समयमै राप्रपा कास्कीमा गज्जबको लोकप्रियता बनाईसकेका अरुण गिरी अब सिस्टम बनाउने ठाऊँमा पुग्ने तरखरमा छन् । केही फड्कोमै ठुलो छलाङ मार्न सफल अरुण अहिले प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनका लागि मतदाताहरुसमक्ष राप्रपाका पक्षमा मत माग्दै हिडिरहेका छन् ।
अनि घरदैलो
अरुण गिरी यतिबेला आफ्नो निर्वाचन क्षेत्रको विभिन्न स्थानमा पुगेर घरदैलो गरिरहेका छन् । आफ्नो क्षेत्रका मतदाताहरुलाई भेटेर आफ्नो पक्षमा मत मागिरहँदा उनलाई निकै ठुलो हौसला मिलेको छ । जुन घरमा जान्छन्, राप्रपाले उठाएको राष्ट्रबादी एजेन्डा र मत माग्दै आईपुग्ने युवा उम्मेदवारलाई देखेर मतदाताहरु उत्साहित देखिन्छन् । आफ्नै भनिएका दल र तिनका निर्वाचित नेताहरुले अहिलेसम्म जनताको काम गर्न नसकेको भन्दै मतदाताहरुले यो पटक राप्रपालाई नै मत हाल्ने वचन दिन्छन् ।
राप्रपाको नेतृत्वमा रहेका राजेन्द्र लिङ्देनले विभिन्न भाषणहरुमा भन्दै आएको भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो भन्ने भनाई सबैलाई कण्ठै छ । राप्रपाको नयाँ नेतृत्वप्रति जनताले ठुलो आशा अनि भरोषा गरेका छन् । त्यसैमाथि अरुण गिरी जस्तो युवा अनि जोशले भरिएको उम्मेदवार देखेपछि मतदाताहरु पनि उत्साहित हुन्छन् । अरुण भन्छन् -‘जनताले हाम्रो पार्टी र म प्रति देखाएको यो सदाशयताले म आफैँलाई पनि अचम्मित बनाएको छ । साँच्चै नै जनताले म प्रति देखाएको आशा र भरोसाले अझै बढि जिम्मेबार महशुस गराएको छ ।’
घरदैलोमा पुगिरहँदा पार्टीको केन्द्रीय एजेन्डा त छदै छन्, अरुण गिरीले पनि आफ्नै व्यक्तिगत एजेन्डाहरु मतदातामाझ लगेका छन् । विभिन्न २४ बुंदे स्थानीय एजेन्डाहरुसहित जनतामाझ गएका गिरीले नीतिगत रुपमा आफू निर्वाचित भएपछि गर्ने कुराहरुको ब्लुप्रिन्ट नै आफूसँग भएको दाबी गर्छन् । सुशासनका लागि आवश्यक नीति, विकासका लागि आवश्यक नीति, युवा तथा स्वरोजगारीका लागि आवश्यक नीति बनाउने एजेन्डाहरु गिरीको प्राथमिकतामा परेका छन् । त्यो बाहेक धार्मिक, साँस्कृतिक र पर्यटकीय सम्भावनाको खोजीसँगै मौलिक विकासको सवाललाई उनले बलियो गरि उठाएका छन् ।
उनले घरदैलोमा आफ्ना योजना र एजेन्डाहरुको बारेमा मतदाताहरुमाझ प्रस्ट पार्दै हिँडिरहेका छन् । मतदाताले उनको यो शैलीलाई रुचाएका छन् र साथ दिने वाचा पनि गरेका छन् ।
मिसन १४,५३१
मतदाताको ठुलो समर्थन र साथ पाईरहेका अरुण गिरीले यतिबेला मिशन १४,५३१ सार्वजनिक गरेका छन् । यो भनेको उनले चुनावमा पाउने मतको संख्या हो । र, यो उनले विभिन्न खाले रिसर्चमार्फत तयार पारेका हुन् ।
कास्की क्षेत्र नम्बर २ २ मा राप्रपाका लागि अरुणले यो मत संख्या पुर्याउने लक्ष्य लिएका छन् ।
यो निर्वाचन क्षेत्रमा कुल ३६ हजार ८ सय ५६ मतदाता छन् । त्यसो त राप्रपाको सक्रिय कार्यकर्ताको संख्या यो क्षेत्रमा निकै कम छ । राप्रपाको आफ्नै आधार हेर्ने हो भने अरुण आफ्नो लक्ष्यका लागि महत्वकांक्षी लाग्छन् । तर उनी आफ्नो लक्ष्य नजिक पुगिसकेको तर्क गर्छन् ।
अरुण भन्छन् -‘काँग्रेस र एमालेको कुरा गर्ने हो भने पनि यस क्षेत्रको सबै मतदाता सबै उनीहरुको कार्यकर्ता त पक्कै होईनन् । काँग्रेसको ७ हजार लिस्टेड कार्यकर्ता होलान् । एमालेको पनि त्यस्तै होलान् । तर कुनै पनि दलको कार्यकर्ता नभएका स्वतन्त्र नागरिकको संख्या नै चुनाव जित्नका लागि निर्णायक हुन्छ । त्यसैले मैले मेरो लक्ष्य प्राप्त गर्न समस्या छैन ।’ उनले देशव्यापी राप्रपाको पक्षमा देखिएको जनलहर र अवस्था परिवर्तनका लागि मत परिवर्तन गर्न तयार जनभावना देखेपछि आफू लक्ष्य नजिक पुगिसकेको दाबी गर्छन् ।
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
४‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ