
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
पोखरा, २९ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कास्की क्षेत्र नम्बर २ (२) मा उम्मेदवारी दिएका अरुण गिरीले करको नाममा राज्यले नागरिकको ढाड सेक्ने काम मात्र गर्न नहुने बताएका छन् । नागरिकले तिरेको करको सही सदुपयोग गर्नुको साटो सरकारमा सहभागी दलहरु सुविधाभोगी बन्न पुग्दा त्यसको दुरुपयोग हुने गरेको प्रति गिरीले चिन्ता व्यक्त गरे ।
‘तीन तहको सरकार हुँदा नागरिक दोहोरो तेहेरो करको मारमा परिरहेका छन् । त्यसैमाथि कर तिर्नका लागि नागरिकलाई अझै बढि सास्ती छ,’ गिरीले भने-‘यातायात कार्यालयमा कर तिर्नकै लागि नागरिकले घुस खुवाउनु परेको स्थिती छ । साँच्चै यस्ता दृश्यहरुले नेपाललाई साह्रै कुरुप बनाईरहेका छन् ।’
गिरीले जनप्रतिनिधिहरुको सुविधाभोगी आचरणले यस्तो समस्या आईरहेको बताउँदै नागरिकको काम गर्दा सुविधा खोज्न नहुनेमा जोड दिए । उनले जनताको सेवा गर्नका लागि भन्दै राजनीति गर्नेहरुले त्यसलाई पैसा कमाउने माध्यम बनाएको कारण यस्तो समस्याले निरन्तरता पाएको बताए ।
‘राजनीति कुनै पनि हिसाबले पेशा हुन सक्दैन । र, आर्थिक लाभ लिनका लागि गरिने राजनीतिले देशको विकास गर्दैन,’ गिरीले भने -‘हाम्रो पार्टी राप्रपाले यही विषयलाई आफ्नो सबैभन्दा ठुलो मुद्दा बनाएर अहिले चुनावमा होमिएको छ । हामी भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मान्छौँ । त्यसैले यो देशको साँच्चिकै विकास गर्ने हो भने नागरिकले भ्रष्टाचारमा शून्य सहनशीलता राख्ने पार्टी राप्रपालाई नै मत दिएर जिताउनुपर्छ ।’ गिरीले राप्रपालाई जिताउँदा प्रत्येक नागरिकका लागि फाइदैफाइदा भएकोले यो पटक मत परिवर्तन गरेर जनताले ठुला पार्टीलाई सबक सिकाउन जरुरी रहेको बताए ।
गिरीले आफ्नो चुनावी एजेन्डामा पनि दोहोरो कर र नागरिकलाई परेको आर्थिक भारको विषयमा सम्बोधन गरेको बताउँदै निर्वाचित भएसँगै यो विषयलाई सदनमा चर्को रुपमा उठाउने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै नागरिकले राज्यबाट पाउने सेवा सुविधा लिनका लागि पनि सास्ती ब्यहोर्नुपर्ने तितो यथार्थ रहेको उल्लेख गर्दै गिरीले त्यसका लागि पनि आफूले नीतिगत रुपमा काम गरि तत्काल सहजताका लागि काम गरेर देखाउने वचन दिएका छ्न । ‘सरकारी सेवा सुविधा बिना झन्झट, भनसुन र आर्थिक लेनदेन बिना नै सहज रुपमा हुने गरि व्यवस्था मिलाउन मैले संसदमार्फत भुमिका खेल्नेछु ।’
गिरीले भने-‘मोबाईल एपबाटै घरमै बसिबसि सरकारी सेवा सुविधा लिने र सो बापतको दस्तुर बुझाउने व्यवस्था मिलाउनका लागि मैले विशेष रुपमा काम गर्नेछु ।’ साथै गिरीले विज्ञ समूहरुको निर्माण गरि यस्ता विषयको तत्काल सम्बोधन गर्न फरक निकाय नै बनाउन आफूले प्रस्ताव गर्ने बताए ।
राप्रपाका उम्मेदवार गिरी यतिबेला आफ्नो क्षेत्रका विभिन्न स्थानमा चुनावी घरदैलो गरिरहेका छन् । घरदैलोको क्रममा राप्रपा र उम्मेदवार गिरीको पक्षमा ठुलो जनसमर्थन मिलेको छ । गिरीले आफू यो पटक कुनै पनि हालतमा जनताबाट निर्वाचित भएर संसदमा पुग्ने कुरामा ढुक्क रहेको जानकारी दिएका छन् ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश