
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
१२जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
पोखरा, २९ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कास्की क्षेत्र नम्बर २ (२) मा उम्मेदवारी दिएका अरुण गिरीले करको नाममा राज्यले नागरिकको ढाड सेक्ने काम मात्र गर्न नहुने बताएका छन् । नागरिकले तिरेको करको सही सदुपयोग गर्नुको साटो सरकारमा सहभागी दलहरु सुविधाभोगी बन्न पुग्दा त्यसको दुरुपयोग हुने गरेको प्रति गिरीले चिन्ता व्यक्त गरे ।
‘तीन तहको सरकार हुँदा नागरिक दोहोरो तेहेरो करको मारमा परिरहेका छन् । त्यसैमाथि कर तिर्नका लागि नागरिकलाई अझै बढि सास्ती छ,’ गिरीले भने-‘यातायात कार्यालयमा कर तिर्नकै लागि नागरिकले घुस खुवाउनु परेको स्थिती छ । साँच्चै यस्ता दृश्यहरुले नेपाललाई साह्रै कुरुप बनाईरहेका छन् ।’
गिरीले जनप्रतिनिधिहरुको सुविधाभोगी आचरणले यस्तो समस्या आईरहेको बताउँदै नागरिकको काम गर्दा सुविधा खोज्न नहुनेमा जोड दिए । उनले जनताको सेवा गर्नका लागि भन्दै राजनीति गर्नेहरुले त्यसलाई पैसा कमाउने माध्यम बनाएको कारण यस्तो समस्याले निरन्तरता पाएको बताए ।
‘राजनीति कुनै पनि हिसाबले पेशा हुन सक्दैन । र, आर्थिक लाभ लिनका लागि गरिने राजनीतिले देशको विकास गर्दैन,’ गिरीले भने -‘हाम्रो पार्टी राप्रपाले यही विषयलाई आफ्नो सबैभन्दा ठुलो मुद्दा बनाएर अहिले चुनावमा होमिएको छ । हामी भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मान्छौँ । त्यसैले यो देशको साँच्चिकै विकास गर्ने हो भने नागरिकले भ्रष्टाचारमा शून्य सहनशीलता राख्ने पार्टी राप्रपालाई नै मत दिएर जिताउनुपर्छ ।’ गिरीले राप्रपालाई जिताउँदा प्रत्येक नागरिकका लागि फाइदैफाइदा भएकोले यो पटक मत परिवर्तन गरेर जनताले ठुला पार्टीलाई सबक सिकाउन जरुरी रहेको बताए ।
गिरीले आफ्नो चुनावी एजेन्डामा पनि दोहोरो कर र नागरिकलाई परेको आर्थिक भारको विषयमा सम्बोधन गरेको बताउँदै निर्वाचित भएसँगै यो विषयलाई सदनमा चर्को रुपमा उठाउने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै नागरिकले राज्यबाट पाउने सेवा सुविधा लिनका लागि पनि सास्ती ब्यहोर्नुपर्ने तितो यथार्थ रहेको उल्लेख गर्दै गिरीले त्यसका लागि पनि आफूले नीतिगत रुपमा काम गरि तत्काल सहजताका लागि काम गरेर देखाउने वचन दिएका छ्न । ‘सरकारी सेवा सुविधा बिना झन्झट, भनसुन र आर्थिक लेनदेन बिना नै सहज रुपमा हुने गरि व्यवस्था मिलाउन मैले संसदमार्फत भुमिका खेल्नेछु ।’
गिरीले भने-‘मोबाईल एपबाटै घरमै बसिबसि सरकारी सेवा सुविधा लिने र सो बापतको दस्तुर बुझाउने व्यवस्था मिलाउनका लागि मैले विशेष रुपमा काम गर्नेछु ।’ साथै गिरीले विज्ञ समूहरुको निर्माण गरि यस्ता विषयको तत्काल सम्बोधन गर्न फरक निकाय नै बनाउन आफूले प्रस्ताव गर्ने बताए ।
राप्रपाका उम्मेदवार गिरी यतिबेला आफ्नो क्षेत्रका विभिन्न स्थानमा चुनावी घरदैलो गरिरहेका छन् । घरदैलोको क्रममा राप्रपा र उम्मेदवार गिरीको पक्षमा ठुलो जनसमर्थन मिलेको छ । गिरीले आफू यो पटक कुनै पनि हालतमा जनताबाट निर्वाचित भएर संसदमा पुग्ने कुरामा ढुक्क रहेको जानकारी दिएका छन् ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई