
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा, २६ कार्तिक । नेकपा (एमाले)को तर्फबाट कास्की १ (ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’ले पोखरा २८ बाँस्तोला गाउँमा रहेको जुम्ल्याहा झरना अर्थात रोयल ट्विन्स वाटर फललाई पर्यटकीय हव बनाउने योजना रहेको बताएका छन् । जुम्ल्याहा झरनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाएर आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सके यस क्षेत्रको मुहार फेर्ने उनको भनाई छ ।
‘यहाँ यति सुन्दर जुम्ल्याहा झरना छ । तर प्रचार भएको छैन । अब यो झरनामा क्यानोनिङ जस्ता साहसिक जलखेल गराउन सके पर्यटकको ओइरो लाग्नेछ ।’ उनले भने,–‘यस क्षेत्रमा यी झरनाबाहेक दर्जनभन्दा झरना छन् । झरनालाई भरपुर प्रयोग गरी वाटर फल ट्रेकिङको रूपमा स्थापित गर्नेछु ।’ उनले तत्कालीन समयमा बेलायती राजकुमारले यस क्षेत्रमा ट्रेकिङ गर्दै यही झरना भएर बेगनास ताल झरेका कुरा बताए ।
आसन्न मंसिर ४ गते हुने निर्वाचनमा मतदाताका समस्या बुझ्न र आफ्नो ५ वर्षे योजना सुनाउन पोखरा २८ पुगेका श्यामले जुम्ल्याहा झरना र पर्यटकीय स्थानका सम्भावनालाई उच्च प्राथामिकतामा राखेर कुरा गरेका हुन । उनले पोखरा २८ पर्यटकीय सम्भावना बोकेको ठाउँ भएको र त्यहाँका पर्यटकीय स्थलहरुको उजागार गर्नुपर्ने समेत बताए । ‘यहाँको प्राकृतिक सुुन्दरता अझै पनि गुमनाम छ । प्रचारप्रसार र संरक्षण हुन नसक्दा उपयोगमा आउन सकेका छैनन ।’ गुरुङले भने–‘शक्तामा पुगेपछि यस्ता सम्भावना बोकेको ठाउँहरुलाई उजागार गर्नेछु ।’
पोखरा २८ का स्थानियले उम्मेदवार श्यामलाई भेटेपछि माझठाना, कालिका, भुर्तेल गाउँ,स्याङखुदी, बास्तोला गाउँ, कर्णेल गाउँबासीले आफ्नो वडा भित्र खानेपानी, ढल नाला लगायत व्यावासायिक कृषि उत्यादन तथा बजारीकरण गर्न समस्या भएको सुनाए । स्थानिय गंगामाया बरालले वर्षौदेखि झेल्दै आएको खानेपानीको समस्या समाधान गर्न आग्रह गरिन् । ‘पहिला बाटोको समस्या निकै थियो । हिउँदमा धुलाम्मे अनि बर्खामा हिलै हिलो हुन्थ्यो । महानगरमा एमालेको सरकार बनेपछि बाटो पिच बन्यो। चाक्लो बन्यो’ । बरालले भनिन्,’ अब बाँकी समस्या समाधान गरिदिनु। भोट एमालेलाई नै।’
उम्मेदवार गुरुङले मतदाताहरुको गुनासो सुनेपछि समस्या समाधान गरि उक्त क्षेत्रको विकास निर्माणमा लाग्ने प्रतिवद्धता जनाए । उनले नेकपा एमाले कुरा भन्दा काम गर्ने पाटी भएकोले स्थानियका समस्या समाधानमा आफ्नो पार्टी सधैं लाग्ने विश्वास व्यक्त गरे ।
उनले फोहोर व्यवस्थापन, गोरेटो बाटोको स्तर उन्नति, खुला सार्वजानिक जमिन तथा चौरहरुको संरक्षण गरी आवश्यक काममा सदुपयोग गर्ने, प्राकृतिक विपदका जोखिमबाट प्रभावित बस्तीको उचित व्यवस्थापन गर्ने,गुणस्तर शिक्षा तथा स्वास्थ्य सेवा, स्वरोजगार, स्थानिय धार्मिक स्थलहरुको संरक्षण गर्ने तथा प्रवद्र्धनमा पहलकदमी गर्ने उनको भनाई छ ।
नेकपा एमाले कास्की १ ले निर्वाचन केन्द्रित रहेर उम्मेदवार भेटघाट कार्यक्रमलाई तीव्रता दिइरहेको छ । नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा तर्फ जिल्ला अध्यक्ष मनबहादुर गुरुङ, प्रदेश (क) तर्फ खगराज अधिकारी र (ख) तर्फ वेदबहादुर गुरुङ श्यामलाई उठाएका छन् ।