
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
पोखरा, २६ कार्तिक । नेकपा (एमाले)को तर्फबाट कास्की १ (ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’ले पोखरा २८ बाँस्तोला गाउँमा रहेको जुम्ल्याहा झरना अर्थात रोयल ट्विन्स वाटर फललाई पर्यटकीय हव बनाउने योजना रहेको बताएका छन् । जुम्ल्याहा झरनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाएर आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सके यस क्षेत्रको मुहार फेर्ने उनको भनाई छ ।
‘यहाँ यति सुन्दर जुम्ल्याहा झरना छ । तर प्रचार भएको छैन । अब यो झरनामा क्यानोनिङ जस्ता साहसिक जलखेल गराउन सके पर्यटकको ओइरो लाग्नेछ ।’ उनले भने,–‘यस क्षेत्रमा यी झरनाबाहेक दर्जनभन्दा झरना छन् । झरनालाई भरपुर प्रयोग गरी वाटर फल ट्रेकिङको रूपमा स्थापित गर्नेछु ।’ उनले तत्कालीन समयमा बेलायती राजकुमारले यस क्षेत्रमा ट्रेकिङ गर्दै यही झरना भएर बेगनास ताल झरेका कुरा बताए ।
आसन्न मंसिर ४ गते हुने निर्वाचनमा मतदाताका समस्या बुझ्न र आफ्नो ५ वर्षे योजना सुनाउन पोखरा २८ पुगेका श्यामले जुम्ल्याहा झरना र पर्यटकीय स्थानका सम्भावनालाई उच्च प्राथामिकतामा राखेर कुरा गरेका हुन । उनले पोखरा २८ पर्यटकीय सम्भावना बोकेको ठाउँ भएको र त्यहाँका पर्यटकीय स्थलहरुको उजागार गर्नुपर्ने समेत बताए । ‘यहाँको प्राकृतिक सुुन्दरता अझै पनि गुमनाम छ । प्रचारप्रसार र संरक्षण हुन नसक्दा उपयोगमा आउन सकेका छैनन ।’ गुरुङले भने–‘शक्तामा पुगेपछि यस्ता सम्भावना बोकेको ठाउँहरुलाई उजागार गर्नेछु ।’
पोखरा २८ का स्थानियले उम्मेदवार श्यामलाई भेटेपछि माझठाना, कालिका, भुर्तेल गाउँ,स्याङखुदी, बास्तोला गाउँ, कर्णेल गाउँबासीले आफ्नो वडा भित्र खानेपानी, ढल नाला लगायत व्यावासायिक कृषि उत्यादन तथा बजारीकरण गर्न समस्या भएको सुनाए । स्थानिय गंगामाया बरालले वर्षौदेखि झेल्दै आएको खानेपानीको समस्या समाधान गर्न आग्रह गरिन् । ‘पहिला बाटोको समस्या निकै थियो । हिउँदमा धुलाम्मे अनि बर्खामा हिलै हिलो हुन्थ्यो । महानगरमा एमालेको सरकार बनेपछि बाटो पिच बन्यो। चाक्लो बन्यो’ । बरालले भनिन्,’ अब बाँकी समस्या समाधान गरिदिनु। भोट एमालेलाई नै।’
उम्मेदवार गुरुङले मतदाताहरुको गुनासो सुनेपछि समस्या समाधान गरि उक्त क्षेत्रको विकास निर्माणमा लाग्ने प्रतिवद्धता जनाए । उनले नेकपा एमाले कुरा भन्दा काम गर्ने पाटी भएकोले स्थानियका समस्या समाधानमा आफ्नो पार्टी सधैं लाग्ने विश्वास व्यक्त गरे ।
उनले फोहोर व्यवस्थापन, गोरेटो बाटोको स्तर उन्नति, खुला सार्वजानिक जमिन तथा चौरहरुको संरक्षण गरी आवश्यक काममा सदुपयोग गर्ने, प्राकृतिक विपदका जोखिमबाट प्रभावित बस्तीको उचित व्यवस्थापन गर्ने,गुणस्तर शिक्षा तथा स्वास्थ्य सेवा, स्वरोजगार, स्थानिय धार्मिक स्थलहरुको संरक्षण गर्ने तथा प्रवद्र्धनमा पहलकदमी गर्ने उनको भनाई छ ।
नेकपा एमाले कास्की १ ले निर्वाचन केन्द्रित रहेर उम्मेदवार भेटघाट कार्यक्रमलाई तीव्रता दिइरहेको छ । नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा तर्फ जिल्ला अध्यक्ष मनबहादुर गुरुङ, प्रदेश (क) तर्फ खगराज अधिकारी र (ख) तर्फ वेदबहादुर गुरुङ श्यामलाई उठाएका छन् ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई