
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा, २४ कार्तिक । नेपाली कांग्रेस गण्डकी प्रदेशको बुधबार भएको पर्वत र बागलुङ जिल्ला भ्रमण तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले स्थिर सरकार विना विकासको असम्भव भएको हुँदा गठबन्धन आवश्यक रहेको जानकारी गराए ।
सभापति शर्माले नेपाली कांग्रेस लगायतको गठबन्धनले स्थिर सरकार दिएर सुशासन कायम गर्दै आर्थिक क्रान्तिको नेतृत्व गर्ने भएको हुँदा गण्डकी प्रदेशवासीहरुले गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न अनुरोध गरेका थिए । उनले भने-‘निर्वाचन मुलुकमा सधै अस्थिरता निम्त्याउने, संविधान विरोधी, जनताको अधिकार कटौती चाहने, राज्यका सबै अङ्गलाई तहसनहस बनाई मुलकमा भय–त्रासको वातावरण निर्माण गरी मनपरि तन्त्र मच्चाउने प्रतिगमनकारी अधिनायकबादीहरु र संविधानको रक्षा गर्न चाहने, स्थायित्व, शान्ति र विकासको पैरवी गर्ने प्रजातन्त्रको आधारमा विकाश अगाडि बढाउने शक्तिहरु बीचको जनमत सङ्ग्रह यो निर्वाचन भएको हुँदा अफ्नो मतको सही सदुपयोग गर्नुहोला ।’
प्रदेश सभापति शर्माले नेपालमा अहिले जनताको दशकौँको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिको अन्त्य गर्ने, समावेशी सङ्घीयता प्रजातान्त्रिक गणतन्त्रलाई क्षत विक्षत तुल्याउने र जनतामा निहीत अधिकार खोसेर केही सीमित व्यक्तिमा केन्द्रित गर्नेे शक्तिलाई परास्त गरी संविधान सभाले बनाएको संविधानको रक्षा गर्दै, सार्वभौमसत्ता सम्पन्न जनताको अधिकारलाई मजबुद् बनाउदै मुलुकलाई समृद्धिको यात्रामा हिँडाउन गठबन्धनको आवश्यक रहेको औल्याएका थिए ।
त्यसैगरी कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेशलाई औद्योगिक उत्पादन वृद्धि गरी निर्यात गर्नुका साथै पर्यटकीय पूर्वाधारको सुधार गर्ने, कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरण गरी आत्मनिर्भर बनाउने, शैक्षिक संस्थाहरुलाई सुधार गर्ने, आधुनिक स्वास्थ्य सुविधा प्रत्येक पालिकामा पु¥याउने, उच्च उचाईका खेल मैदान निर्माण गरी विश्वलाई आकर्षित गर्नुका साथै यहाँका सुन्दर भु–भागमा उचित पूर्वाधार निर्माण गरी पर्यटक सिटीको विकास गर्ने बाचा गरेका थिए।
प्रदेश राजधानी पोखरासँग सबै पालिकाको केन्द्र जोड्ने १२ महिना सञ्चालन हुन सक्ने सडकलाई दुई लेनको बनाई कालोपत्रे गर्ने, पालिका केन्द्रलाई आर्थिक केन्द्रको रुपमा विकास गर्ने, गरिब तथा पिछडिएको वर्ग समुदायको उत्थानका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, महिला सशक्तिकरणका लागि महिला शिक्षा र रोजगारीमा जोड दिने, दलित तथा जनजातिहरुलाई विशेष अवसर प्रदान गरी मूलप्रवाहीकरण गर्ने, ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिको जीवन सहज बनाउन विशेष व्यवस्था गर्ने, बालबालिकाको चौतर्फी विकासमा जोड दिने, पिछडिएका स्थानहरुको विकासका लागि विशेष योजना कार्यान्वयनमा ल्याउने गण्डकी प्रदेश गठबन्धनको संकल्प रहेको हुँदा प्रदेशवासीहरुले गठबन्धनलाई सहयोग गर्नुपर्ने बताएका थिए।
उनले भने, ‘गठबन्धनले स्थिर सरकार दिएर सुशासन कायम गर्दै आर्थिक क्रान्तिको नेतृत्व गर्नेछ । गठबन्धनको महत्व र आवश्यकताप्रति इमान्दारिता व्यक्त गर्दछौं, त्यसैले गण्डकी प्रदेशमा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि प्रस्तुत प्रत्यक्ष उम्मेदवारलाई पार्टी निर्णय अनुसार मतदान गर्न र समानुपातिक तर्फका उम्मेदवारलाई आ–आफ्ना पार्टीका चुनाव चिन्हमा तपाईको अमूल्य मत प्रदान गरी विजयी गराउन हुन हार्दिक अपिल गर्दछौँ ।’
नेपाली कांग्रेस गण्डकी प्रदेशको बुधबार भएको जिल्ला भ्रमण तथा भेटघाट कार्यक्रममा प्रदेशको तर्फबाट चुनाव प्रचार प्रसारको लागि झण्डा, प्रदेशको संकल्पपत्र तथा नमुना मतपत्र पर्वतमा जिल्ला सभापति युवराज जोशी र बागलुङमा जिल्ला सचिव हरिहर शर्मालाई मायाको चिनो स्वरुप प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा प्रदेशको तर्फबाट नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, प्रवक्ता माधव प्रसाद बास्तोला (मधु), सूचना, सञ्चार तथा प्रचार प्रसार विभागका संयोजक रमेश पौडेल, सहसंयोजक शिरोमणी बराल, मुख्य सचिव पदम श्रेष्ठ, महाधिवेशन प्रतिनिधि मिलन थापा, नेपाल लोकतान्त्रिक व्यवसायिक संघ गण्डकी प्रदेशका अध्यक्ष चन्द्रकृष्ण कर्मचार्य, सचिव ईश्वर कर्माचार्य लगायतको टोलीले जिल्ला भ्रमण गरेका थिए ।