
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा, २४ कार्तिक । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का उमेदवारहरुले सिङ्गो गण्डकी प्रदेशको शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा पोखराको विकास गरिने बताएका छन् । आगामी मङ्सिर चार गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को प्रचारप्रसारका क्रममा मतदाताको घरदैलोमा रहेका उनीहरूले यस्तो बताएका हुन् ।
कास्की २ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको साझा उम्मेदवार रहेका नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका श्रीनाथ बरालले पोखरालाई सिङ्गो गण्डकी प्रदेश कै शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा विकास गरिने बताए । ‘लोकतन्त्रका पक्षधर दलहरूको बिचमा गठबन्धन निर्माण गरी संविधान र व्यवस्थालाई जोगाएका छौँ ।
अव हामी विकास र समृद्धिको लागि यो गठबन्धनलाई समर्पित गछौँ, उनले भने, जनताको जीवनमा परिवर्तन ल्याउन र जनताको जीवनस्तरलाई माथि उठाउन हामीले बाँकी समय खर्च गछौँ, अधिकारका लागि हामी लडिसक्यौ, अव पछाडि परेका समुदायका वर्गहरूको अधिकारलाई संस्थागत गर्न राम्रा ऐन कानुनहरू निर्माण गर्नेछौँ ।’
विगतमा लाहुरे उमेदवारहरुलाई प्राथमिकता दिँदा यस क्षेत्र विकासमा पछि परेको हुँदा अव फेरी पनि त्यही गल्ती दोर्होयाउने छुट कसैलाई पनि नरहेको उनले बताए । ‘म लाहुरे उम्मेदवार होइन, म हजुरहरू कै वारेस हुँ, सेवक हुँ, त्यस कारण पनि म हजुरहरू नै घरदैलोमा बसेर सेवामा समर्पित हुनेछु, उम्मेदवार बरालले भने, विकास र समृद्धिको अर्को पाटो हो, नागरिकको आर्थिक अवस्थालाई सुधार गर्ने, महिला तथा बालबालिकाका लागि छुट्टै सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने योजना सहित हामी आएका छौँ ।’
स्वस्थ बालबालिकाले मात्र भोलिको भविष्य निर्माण गर्न सक्ने भन्दै बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर सुविधा सम्पन्न बाल अस्पताल समेत निर्माण गर्ने उनले बताए । ग्रामीण पर्यटन विकासका लागि होमस्टेहरूको विकास गर्दै डाँडाकाडाँहरुको सौन्दर्यीकरणमा जोड दिने प्रतिबद्धता समेत उनले जाहेर गरे । उनले सम्भावित स्थानहरूको पहिचान गरी ट्रेकिङ रुटहरू निर्माण गर्ने बताए ।
यस्तै कास्की २(ख) का प्रदेशसभा सदस्य पदका उम्मेदवार विन्दुकुमार थापाले आफूहरूले बितेको पाँच वर्षमा गण्डकी प्रदेशको आधारशिला खडा गरेको बताए । ‘हामीले पाँच वर्षमा गण्डकी प्रदेशको आधार शिला खडा गर्यौँ । अबको समय समृद्धिको समय हो । सुशासनको लागि हो, उनले भने, संविधानको रक्षा र व्यवस्थालाई अझै बलियो बनाउनका लागि गठबन्धन गरिएको हो ।’ उम्मेदवार थापाले वडा नं.१६ को विकासका लागि १ अरब १८ करोड बढीको बजेट चालु आर्थिक वर्षमा छुट्ट्याएको बताए । विकास र समृद्धिमा पछि परेको वडाको रूपमा यसको विकास द्रुत गतिमा गर्ने गरी यो आकारको बजेट पारिएको उनले बताए । यो गठबन्धनको सरकार भएकै कारण सम्भव भएको उनले बताए ।
उम्मेदवार थापाले यस क्षेत्रको विकास निर्माण, समृद्धि र सुशासन लगायत तमाम विषयहरूमा सुधार ल्याइने प्रतिबद्धता जाहेर गरे । ‘विकास निर्माण, समृद्धि, सुशासन र भ्रष्टाचारलाई न्यूनीकरण गर्ने सन्दर्भमा अव नयाँ ढंगले अगाडी बढ्ने योजना सहित आएका छौँ, मैले व्यक्तिगत रूपमा आफू सार्वजनिक पदमा रहँदाको आफ्नो पारिश्रमिक सामाजिक काममा खर्च गर्ने गरेको छु, आगामी दिनमा पनि मैले कुनै पनि सुविधा व्यक्तिगत रूपमा खर्च गर्ने छैन, थापाले भने, जोगीमणिको पुल निर्माणका लागि विशेष पहल गरिने छ ।
सहायक सडकहरूको अवस्था सुधारका लागि पनि हामीले काम गर्नेछौँ ।’ नागरिकका आधारभूत आवश्यकताहरूको परिपूर्तिका सन्दर्भमा राज्यको नीति र नियमको परिधिमा रहेर आवश्यक पहल र प्रयत्न गरिने उनले बताए । विकास र समृद्धि हासिल गर्ने सवालमा एकाकार भएर अगाडी बढ्ने उनले प्रतिबद्धता समेत जाहेर गरे ।
यस्तै कास्की २ (क) का उम्मेदवार विश्वप्रकाश लामिछानेले दोविल्ला क्षेत्रको नदी कटानमा ध्यान दिने बताए । पोखरा १७ र २१ मा पर्ने दोविल्ला क्षेत्रमा भएको घरदैलो अभियानका क्रममा त्यस क्षेत्र नदिले कटान गरेको उनले बताए । आफू लामो समयदेखि सेती नदी र वरपरका बस्ती संरक्षण अभियानमा रहेकाले विजयी गराएमा निरन्तरता दिने उनको भनाई छ । जितेपछिको पहिलो काम नै दोविल्लामा तटबन्धन गर्ने उनले सुनाए । साथै, दोबिल्ला हुँदै बिरौटासम्म चक्रपथ बनाउने योजना बनाएको उनले बताए ।
दोविल्लाको पुल खतरामा रहेकाले पुल पुनः निर्माण गर्न पहल गर्ने उनको योजना छ । त्यस क्षेत्रमा काँग्रेसको उम्मेदवार नभएको कारण भ्रम छर्ने काम गरीकाले गठबन्धनबाट उठेपछि काँग्रेसको पनि उम्मेदवार भएको हुँदा भ्रममा नपर्न मतदातालाई उनको आग्रह थियो । साझा घोषणापत्रको साथ मतदातासामु पुगेकाले ५ वर्षसम्म सो क्षेत्रबाट सबै पार्टी प्रतिनिधि भएर काम गर्ने उनको प्रतिबद्धता थियो ।