
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा, २२ कार्तिक । नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले मुलुकको स्थायित्व र संविधानको रक्षाका लागि गठवन्धन निर्माण भएको बताएका छन् । चुनाव प्रचारप्रसारका क्रममा पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडमा पुगेका बरालसमक्ष मतदाताले गठवन्धनको कुरा उठाएपछि उनले यस्तो बताएका हुन् ।
उनले कतिपय कोण र क्षेत्रबाट गठवन्धनप्रति संशय व्यक्त गरिंदै आएपनि यसप्रति शंका नगर्न आग्रह गरे । उनले भने, ‘मूलतः संघीय शासन स्थापनापछिको निर्वाचनले झण्डै दुई तिहाई हैसियत हासिल गरेको सरकारले राजनीतिक स्थायित्व दिन नसकेको सबैमाँझ स्पष्ट छ ।’
एकै कार्यकालमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक जनप्रतिनिधिमूलक संस्था संसद विघटन गर्नुका साथै आम जनताको मतको अपमानसमेत गरेका कारण गठवन्धन निर्माण भएको उम्मेद्वार बरालले स्पष्ट पारे ।
बरालले भने, ‘मुलुकको संविधान र देशको शासन व्यवस्थामाथि धावा बोल्दै प्रधानमन्त्री ओलीले चालेका कदमसंगै राष्ट्रिय हित संरक्षण गर्ने युगीन दायित्वमा आइपुगेका हौं ।’
देशका ठूलाठूला समस्या, संकट गठवन्धनबाटै पार लागेका थुप्रै उदाहरण सुनाउँदै बरालले २००७, २०४६ र २०६२/०६३ को आन्दोलन यसैका उदाहरण भएको स्पष्ट पारे ।
यसैगरी उम्मेद्वार बरालले फेवाताल संरक्षणमा विशेष पहल गर्ने प्रतिवद्धता पनि जनाएका छन् । जलाधार क्षेत्रमा प्राविधिकको राय अनुरुप वृक्षरोपण गर्ने, सामुदायिक वनको व्यवस्थापन, जलकुम्भी झार लगायत फोहोरको नियमित सफाइ, अतिक्रमण नियन्त्रण तथा कोमागाने पार्क, वसुन्धरा पार्क, हिमागृह आदिको संरक्षणमा ध्यान दिने उनले प्रतिवद्धता जनाए ।
ताल प्राधिकरणलाई अधिकार सम्पन्न बनाउन नीतिगत व्यवस्था गर्नुका साथै फेवातालमा बर्षेनी थुप्रिने माटोलाई नियमित झिक्ने व्यवस्था गर्ने, तालको चौघेरा कायम गरि आवश्यक व्यूटिफिकेशन गर्ने उम्मेद्वार बरालले स्पष्ट पारे ।