
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१०मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा, १९ कार्तिक । नेकपा एमाले कास्की क्षेत्र नम्बर ३ का उम्मेदवारहरुले शनिबार पोखरा-२३ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम गर्दै पुल बनाउनेदेखि खानेपानी ल्याउनेसम्मको काम गरेको भन्दै भोट मागेका छन् । प्रतिनिधी सभा सदस्यका उम्मेदवार दामोदर पौडेल (बैरागी) र क्षेत्र नम्वर ३ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार राजिव पहारीले सो क्षेत्रका स्थानियसँग भोट अपिल गर्दै त्यहाँ पुगेका हुन् ।
उम्मेदवारहरुलाई आफ्नों घर आँगनमा पाउँदा त्यस क्षेत्रका जनताहरु उत्साहित भएका थिए । उनीहरु स्वतःस्फुर्त घरबाट निस्किदै उनीहरुको घरदैलो कार्यक्रमलाई समेत साथ दिएका थिए । पोखरा २३ का स्थानियले सो क्षेत्रका निवर्तमान सांसद समेत रहेका राजिव पहारीले ३० वर्षदेखि पुल बनाउने आफुहरुको सपना साकार पारेको भन्दै फेरी पनि पहारीलाई नै उम्मेदवार पाउँदा खुसी लागेको बताएका थिए ।
बस्ती संरक्षणका लागि दिनरात र वर्षातको समेत प्रवाह नगरी जनसेवामा खटेका पहारीको योगदान आफुहरुले नबिर्सिएको घाँटिछिना, ठूलाखेतका स्थानियहरुको प्रतिक्रिया छ । त्यस्तै लामो समयदेखि निष्ठाको राजनीति गर्दै आएका दामोदर बैरागी विजयी भएपछि जनसेवामा पनि त्यसरी नै लाग्नेमा उनीहरुले विश्वास व्यक्त गरेका छन् ।
शनिबार उम्मेदवार बैरागी र पहारी वडा नम्बर २३ स्थित असलचौर, लोखलढुङ्गा, बाम्दी, निर्माने, खोरपाखा, चैनपुर, बाम्दी लगायतका स्थानमा पुग्दा त्यहाँका आमा समुह र युवा समुह लगायतले स्वागत गरेका थिए । यसअघि उम्मेदवारद्वय पहारी र बैरागीले शुक्रबार पोखरा–२४ स्थित कास्कीकोट, पामे, लौरुक, कार्कीको तहरा, खोरियापानी, गैह्रावारी, मौला,पाटेस्वाँरा, लौसिवोट, खड्गाउँ लगायका स्थानहरुमा घरदैलो गरेका थिए ।