
१गृहमन्त्रीका विवादित साझेदार नैं प्रहरी–सशस्त्रको हतियार खरिद ठेक्कामा
२कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा
३धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
४फ्री तिब्बतदेखि विवादित शंकर ग्रुप र दीपक भट्टसम्मको सञ्जालमा गृहमन्त्री सुधन गुरुङ
५पर्यटकहरूलाई दुःख दिने १६ जना महिलाहरू पक्राउ
६रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
७अस्पताललाई ‘हिरासत वार्ड’ बनाउने प्रवृत्तिको अन्त्य गर
८सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
९२०६२ देखिका उच्च पदस्थ कर्मचारी र प्रमुख राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने
१०मन्त्री बन्न नपाएको झोंकमा द्रोर्णकुमारले दिए राजीनामा
११गण्डकी प्रदेशका नयाँ मन्त्रीहरुले आजै लिए सपथ
१२गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेरको तयारी
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
३मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
४सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
५कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
६अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
७पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
८लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
९धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
१०कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
११सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
१२महान्यायाधिवक्ता सविता भण्डारीको हर्कतहरु, ७ अर्ब रुपैयाँको राजश्व छलिमा वर्ल्डलिंकलाई क्लिन चिट
पोखरा, १८ कार्तिक । कास्की निर्वाचन क्षेत्र नम्बर १(१) मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दीपक कोइरालाले गठबन्धनले नजित्दा भूमिहीनलाई जग्गाधनी पूर्जा बाँड्ने प्रक्रिया उल्टिने खतरा औंल्याएका छन् । माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य उम्मेदवार कोइरालाले पोखरा-२९ पट्नेरीमा सुकुम्बासीको भेलालाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले नै लालपूर्जा वितरण गर्ने बताए ।
माओवादी केन्द्रले पाँच वर्षमा भूमिहीनलाई जग्गाधनी पूर्जा वितरण गर्ने प्रतिवद्धता गरेकोमा हाल गठबन्धन सरकारले उक्त काम गरिरहेको उनले सुनाए । ‘लालपूर्जा वितरण, निस्सा वितरण सुरु गरिसकेको र केहीले मात्रै प्राप्त गर्न बाँकी छ,’ उनले भने, ‘अबको चुनावबाट गठबन्धनको सरकार बनेर बाँकी काम पूरा हुन्छ । होइन भने त्यो प्रक्रिया पछाडि फर्किने सम्भावना छ ।’
गठबन्धन बाहेकको सरकार बन्दा सुकुम्बासीलाई भोट बैंक बनाइरहने प्रवृत्ति दोहोरिने उनको भनाइ थियो । ‘सुकुम्बासी नै भएनन् भने अरु दलले राजनीति गर्ने ठाउँ नै पाउँदैनन्,’ उनले भने, ‘त्यसका लागि पनि गठबन्धन बाहेकको दलले यो समस्य अन्त्य होस् भन्ने चाहँदैन । अर्को सरकार बन्यो भने फेरि नयाँ शिराबाट प्रक्रिया सुरु हुन्छ ।’
पोखरा महानगरपालिकामा एमालेबाट निर्वाचित मेयर हुँदा नै निस्सा वितरण गर्न नमान्दा आन्दोलन नै गर्नुपरेको उनले स्मरण गरे । भने, ‘अहिले महानगरको मेयर पनि गठबन्धनकै दलको हुनुहुन्छ । अब बन्ने प्रदेश र संघ सरकारमा पनि पाँच दलीय गठबन्धन आउँदा भूमिहीन समस्या छिटो समाधान हुन्छ ।’
मेरै पहलमा गण्डकी विश्वविद्यालय लेखनाथमा : उम्मेदवार दीपक कोइराला
प्रदेशसभा सदस्य उम्मेदवार दीपक कोइरालाले आफ्नो विशेष पहलमा लेखनाथ क्षेत्रमा गण्डकी विश्वविद्यालय स्थापना भएको बताएका छन् । पाँच दलीय गठबन्धन निकट शिक्षक संगठनहरुको आयोजनामा शुक्रबार तालचोकमा भएको अन्तरक्रियामा उनले उक्त कुरा बताएका हुन् ।
‘विद्यालय तथा विश्वविद्यालय तहका समग्र शैक्षिक सरोकारका विषयमा संघ एवं प्रदेश सरकारको भूमिका’ विषयक अन्तरक्रियामा उम्मेदवार कोइरालाले प्रदेशका संरचना पनि विकेन्द्रित गर्नुपर्ने आफ्नो अडानकै कारण गण्डकी विश्वविद्यालय पोखराको ३२ नम्बर वडामा आएको बताए ।
पोखरा महानगरपालिका बनिसकेपछि साविकको लेखनाथ नगरपालिकाले अपनत्व लिने वातावरण बनाउन पनि विश्वविद्यालय स्थापनाले सहयोग पु¥याएको उनको भनाइ थियो । नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संघले अन्तरक्रिया आयोजना गरेका हुन् ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
३मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
४सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
५कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस