
१रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
२प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
३रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
४रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
५नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
६प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
७सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
८‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
९कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
१२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
पोखरा, १८ कार्तिक । कास्की निर्वाचन क्षेत्र नम्बर १(१) मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दीपक कोइरालाले गठबन्धनले नजित्दा भूमिहीनलाई जग्गाधनी पूर्जा बाँड्ने प्रक्रिया उल्टिने खतरा औंल्याएका छन् । माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य उम्मेदवार कोइरालाले पोखरा-२९ पट्नेरीमा सुकुम्बासीको भेलालाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले नै लालपूर्जा वितरण गर्ने बताए ।
माओवादी केन्द्रले पाँच वर्षमा भूमिहीनलाई जग्गाधनी पूर्जा वितरण गर्ने प्रतिवद्धता गरेकोमा हाल गठबन्धन सरकारले उक्त काम गरिरहेको उनले सुनाए । ‘लालपूर्जा वितरण, निस्सा वितरण सुरु गरिसकेको र केहीले मात्रै प्राप्त गर्न बाँकी छ,’ उनले भने, ‘अबको चुनावबाट गठबन्धनको सरकार बनेर बाँकी काम पूरा हुन्छ । होइन भने त्यो प्रक्रिया पछाडि फर्किने सम्भावना छ ।’
गठबन्धन बाहेकको सरकार बन्दा सुकुम्बासीलाई भोट बैंक बनाइरहने प्रवृत्ति दोहोरिने उनको भनाइ थियो । ‘सुकुम्बासी नै भएनन् भने अरु दलले राजनीति गर्ने ठाउँ नै पाउँदैनन्,’ उनले भने, ‘त्यसका लागि पनि गठबन्धन बाहेकको दलले यो समस्य अन्त्य होस् भन्ने चाहँदैन । अर्को सरकार बन्यो भने फेरि नयाँ शिराबाट प्रक्रिया सुरु हुन्छ ।’
पोखरा महानगरपालिकामा एमालेबाट निर्वाचित मेयर हुँदा नै निस्सा वितरण गर्न नमान्दा आन्दोलन नै गर्नुपरेको उनले स्मरण गरे । भने, ‘अहिले महानगरको मेयर पनि गठबन्धनकै दलको हुनुहुन्छ । अब बन्ने प्रदेश र संघ सरकारमा पनि पाँच दलीय गठबन्धन आउँदा भूमिहीन समस्या छिटो समाधान हुन्छ ।’
मेरै पहलमा गण्डकी विश्वविद्यालय लेखनाथमा : उम्मेदवार दीपक कोइराला
प्रदेशसभा सदस्य उम्मेदवार दीपक कोइरालाले आफ्नो विशेष पहलमा लेखनाथ क्षेत्रमा गण्डकी विश्वविद्यालय स्थापना भएको बताएका छन् । पाँच दलीय गठबन्धन निकट शिक्षक संगठनहरुको आयोजनामा शुक्रबार तालचोकमा भएको अन्तरक्रियामा उनले उक्त कुरा बताएका हुन् ।
‘विद्यालय तथा विश्वविद्यालय तहका समग्र शैक्षिक सरोकारका विषयमा संघ एवं प्रदेश सरकारको भूमिका’ विषयक अन्तरक्रियामा उम्मेदवार कोइरालाले प्रदेशका संरचना पनि विकेन्द्रित गर्नुपर्ने आफ्नो अडानकै कारण गण्डकी विश्वविद्यालय पोखराको ३२ नम्बर वडामा आएको बताए ।
पोखरा महानगरपालिका बनिसकेपछि साविकको लेखनाथ नगरपालिकाले अपनत्व लिने वातावरण बनाउन पनि विश्वविद्यालय स्थापनाले सहयोग पु¥याएको उनको भनाइ थियो । नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संघले अन्तरक्रिया आयोजना गरेका हुन् ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए