
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
पर्वत, १८ कार्तिक । आगाामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पर्वतका राजनीतिक दलहरु सक्रिय रुपमा प्रचार प्रसारमा लागेका छन् । नेकपा एमाले पर्वतले बिहीवार जिल्लाको महाशिला गाउँपालिका वडा नं. ४ पाखापानी र वडा नंं. ३ बालाकोटमा चुनावी सभा सम्पन्न गरेको छ ।
एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेश ‘ख’ का उम्मेदवार मित्रलाल बस्याल, समानुपातीक उम्ेमदवार केशकुमारी दमिनी सहित नेताहरुको टोलीले पाखापानी र वालाकोटका विभिन्न बस्तीमा पुगेर घरदैलो तथा कोणसभा सम्पन्न गरेको छ ।
सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले नेकपा एमालेनै जनताको समृद्धिका लागि काम गर्ने पार्टी भएको बताए । विगत पाँच वर्षको कार्यकालमा महाशिला गाउँपालिका लगायत जिल्लाभर विकास निर्माण तीब्र गतिका साथ अघि बढाउन सफल भएको बताउँदै एमालेलाई भरोसा गर्न अपिल गरे ।
अन्य दलहरु केबल खान र मुलुकलाई कङ्गाल बनाउनका लागि भ्रम सिर्जना गर्दै आएका छन् । अघिल्लो कार्यकालमा पुरा हुन बाँकी रहेका र छुटेका योजनाहरुलाई अबको पाँच वर्षमा पूर्णता दिनछु, उम्मेदवार गिरीले प्रतिवद्धता व्यक्त गरे ।
एमाले नै विकास निर्माण र समृद्धिका लागि काम गर्ने दल भएकाले आफुहरु चुनावी नारा र योजना मात्र नभई काम गर्नेगरी फेरी मैदानमा आएको उनको भनाई थियो ।
प्रदेश सभा ‘ख’ का उम्मेदवार मित्रलाल बस्यालले नेकपा एमाले नेतृत्वको सरकारले मुलुक विकास र समृद्धिका लागि मार्गचित्र कोरेकोले त्यसको पूर्णताका लागि पुनः एमालेले जित्नुपर्ने बताए । उनले अबको निर्वाचनमा एमाले स्पष्ट बहुमतका साथ विजयी नभए मुलुक पछाडि धकेलिने दावी गरे ।
कार्यक्रमा नेकपा एमले केन्द्रीय सदस्य कल्पना चापागाई, पूर्व मन्त्री विकास लम्साल, एमाले प्रदेश कमिटी उपसचिब मञ्जु अधिकारी, जिल्ला अध्यक्ष राजु पौडेल, उपाध्यक्ष पदमपाणी शर्मा, सचिब गोविन्द पहाडी लगायतको सहभागिता रहेको थियो । त्यसैगरी प्रदेश सभा ‘क’ का उम्मेदवार भक्त कुँवरको चुनावी कार्यक्रम जिल्लाको कुश्मा नगरपालिका वडा नं. १ पाङमा सम्पन्न भएको छ ।
पाङका विभिन्न बस्तीमा पुगेर कोणसभा र घरदैलो गरिएको हो । सोे अवसरमा उम्मेदवार कुँवरले एमाले सरकारको पालामा जिल्लामा सबैभन्दा बढि बजेट पाङमा भित्रिएकोले ती योजनाहरुको पूर्णता र थप विकासका लागि पुनः एमालेलाई बिजयी गराउनुको विकल्प नभएको बताए । पाङमा खेलमैदान, सडक कालोपत्रे, विद्यालय, स्वास्थ्यचोैकी र सिंचाई लगायतका योजनाहरुको पूर्णताका लागि एमालेलाई जिताउनुको विकल्प नभएको उनको भनाई थियो ।
कार्यक्रमा एमाले नेता गणेश शर्मा पौडेल, प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, मनोहर पौडेल, समानुपातिक उम्मेदवार कमला पन्त, जिल्ला तथा नगरस्तरीय नेताहरुको पनि सहभागिता रहेको थियो । घरदैलो कार्यक्रमका क्रममा पाङका जनताहरुले यसपटक एमालेलाई नै जिताउने भन्दै उम्मेदवारहरुको हौंशला बढाएका थिए ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई