
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
काठमाडौं, १७ कार्तिक । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठनका केन्द्रीय महासचिव सावित्री अधिकारी ‘विदुषी’ माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् ।
आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा आयोजित कार्यक्रममा महासचिव विदुषीसहित केही युवाले विप्लव नेतृत्वको नेकपा परित्याग गरी पार्टी प्रवेश गरेका थिए ।
विप्लव नेतृत्वको पार्टी यस अघि दुई टुक्रामा परिणत भईसकेपछि कमजोर बन्दै गईरहेको नेकपाका नेता तथा कार्यकर्ताहरु धमाधम पार्टी परित्याग गर्दै माओवादी मैं फर्किन थालेका छन् । स्रोतका अनुसार अझै ठुलो पंक्ति छिट्टै नै विप्लव नेतृत्वको नेकपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्दैछन् ।

युवा संगठनका केन्द्रीय महासचिव सावित्री अधिकारी ‘विदुषी’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पार्टी प्रवेश गरेपछि
यस अघिको स्थानीय चुनावलाई उपयोग गर्ने नीति अवलम्बन गरेपछि विप्लव नेतृत्वको पार्टी दुई टुक्रा हुन पुगेको थियो । अहिले प्रतिनिधि तथा प्रदेश सभाको चुनावलाई बहिष्कार र विथाल्ने कार्यक्रमहरु सार्वजनिक भएसँगैं नेतृत्व तह आफैंमा अलमल देखिएको भन्दै नेता तथा कार्यकर्ताहरुमा वितृष्णा बढ्न थालेको नेकपाका नेताहरुले नै खुलेआम बहस गर्न थालेका छन् ।