
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
पोखरा, १७ कार्तिक । नेकपा माओवादी केन्द्रका नेता एवं गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं. २(१) का उम्मेदवार विश्वप्रकाश लामिछानेले आफूहरुका प्रतिवद्धता चुनावी एजेन्डामात्र नभएको दाबी गरेका छन् ।
उनले विगतमा आफूले गरेका कामको फेहरिस्त पेश गर्दै सक्नेमात्र प्रतिवद्धता गर्ने र जित भएमा ती प्रतिवद्धता पूरा गर्ने जनाए । लामिछानेले भने, ‘जे बोलिन्छ, प्रतिवद्धता जनाईन्छ, त्यो पूरा गर्छाैं । २१ औं शताब्दीका जनतालाई झुक्याएर जनमत आफ्नो पक्षमा पार्न खोज्नेलाई जनताले चिन्नुभएको छ ।’
पोखरा ३३ मा भएको चुनावी सभामा लामिछानेले कोत्रे, पुँडीटार, बागमारा, कृस्ती हुँदै चक्रपथ निर्माण गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘महानगरमा पछि थपिएको यो क्षेत्रका बासिन्दालाई महानगरको अनुभूति दिन चत्रपथ निर्माणसँगै व्यवस्थित सहरीकरण र कृषिको व्यवसायीकरण जरुरी छ ।’ विज्ञहरुसँग छलफल गरी उपयुक्त योजना बनाएर यो क्षेत्रको विकास गर्ने योजना उनले सुनाए ।
कास्की निर्वाचन क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले आफूले २० दशकअघि जिविस उपसभापति हुने समयमा बनाएको बाटो अझै उस्तै रहेकोमा औंल्याए । बरालले भने, ‘यो बाटो स्तारोन्नतिसहित स्थानीयको सहमतिमा आद्योगिक गाम बनाउन पहल गर्ने छौं ।’
भूमिहिन र अव्यवस्थित बसोबासीलाई चुनावलगत्तै लालपुर्जा वितरण पालिकाले गर्ने उनले बताए । बरालले आफू इमान्दार एमाले नेता, कार्यकर्ताको पनि उम्मेदवार रहेको तर्क गरे । यसअघि पटकपटक एमाले उम्मेदवार जिताउनका मत मागेको तर मत पाएकाले जनअपेक्षा अनुरुप काम नगरेकाले एमालेबाट विद्रोह गर्नुपरेको उनको जिकिर छ ।
‘म ५ दलको सझा उम्मेदवार त हुँदै हुँ । इमान्दार एमालेका नेता, कार्यकर्ताको पनि उम्मेदवार हुँ । जनताको अपेक्षा अनुरुप काम गर्नेछु,’ उनले भने । बरालले पुँडिटारमा औद्योगिक क्षेत्र स्थापना गर्ने, सुकुम्बासी र अव्यवस्थित बासोबासीको सही ढंगले व्यवस्थापन गर्ने, खानेपानी र मोटरबाटोको स्तरोन्नति र विस्तारमा आफूले जोड दिने बताए ।
नेपाली कांग्रेसका नेता देवराज चालिसेले गफ दिनेलाई होइन, काम गर्नेलाई जनताले चुन्नुपर्ने उल्लेख गरे । उनले औषधी, माक्स र सेनिटाइजरमा समेत भ्रष्टाचार गर्नेहरुसंग जनता सचेत बन्नुपर्ने बताए । नेकपा एमालेको नेतृत्वको सरकारले ठूला ठूला भ्रष्टाचारका काण्ड मच्याएको आरोप लगाउँदै उनले स्थिरता र सुशासनका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिए ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई