
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा, १३ कार्तिक । कास्की निर्वाचन क्षेत्र नम्बर १(क) का प्रदेशसभा उम्मेदवार दीपक कोइरालाले पोखरा महानगरपालिका–३२ को मालेपाटन र ढोडबेंशीलाई उखु खेतीको हब बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कोइरालाले स्थानीयको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले शनिबार उक्त वडाको मालेपाटन, ढोडबेंशी, फेदी, डाँडागाउँका स्थानीयसँग भेटघाट गरे । स्थानीय युवा, वृद्धवृद्धा, समाजसेवीसँग भेटघाट गरेर त्यस क्षेत्रका समस्या र आवश्यकताबारे राय लिए । सोही क्रममा स्थानीयले मालेपाटन ढोडबेंशीलाई उखु खेतीको हबका रुपमा घोषणा गर्नुपर्ने माग गरे ।
१० रोपनीमा उखु खेती गर्दै आएका मालेपाटनका नारायणप्रसाद पाण्डेले प्रदेशमा गठबन्धनको सरकार बन्दा मात्रै स्थानीय कृषकको माग सम्बोधन हुन सक्ने बताए । ‘हामीले युवा उम्मेदवार पाएका छौं,’ उनले भने, ‘हामीले जिताएर पठाएपछि हाम्रो माग पक्कै सम्बोधन हुन्छ भन्ने विश्वास छ ।’
अर्का कृषक ढोडबेंशीका केदार अधिकारीले त्यस क्षेत्रमा ४ हजारभन्दा बढी रोपनीमा उखु खेती भइरहेको बताए । ‘यति धेरै उखु कृषकको मत अब युवा उम्मेदवारलाई नै जान्छ,’ उनले भने, ‘युवालाई जिताउनु समयको माग पनि हो । जितेर गएपछि प्रदेशकै नेतृत्व गर्न सक्ने खुबी छ ।’
स्थानीयसँगको भेटघाटका क्रममा उम्मेदवार कोइरालाले पाँच वर्ष प्रदेश सांसद हुँदा त्यहाँको पूर्वाधार विकासमा आफ्नो ध्यान गएको बताए । ‘पहिलो कार्यकाल पूर्वाधार निर्माणमा जोड दियौं,’ उनले भने, ‘अब जनताको जीवनस्तर उकास्ने गरी कृषि, पशुपालन र आयआर्जन वृद्धिका योजना ल्याउँछौं ।’
आफू निर्वाचित भएपछि त्यस क्षेत्रलाई उखु खेतीको हबका रुपमा विकास गरेर उत्पादन वृद्धि र खुदो बनाउने प्रक्रियालाई थप आधुनिकीकरण गर्ने योजनाको खोजी गर्ने बताए । भेटघाटमा पाँच दलीय गठबन्धन अन्तर्गत कांग्रेसका प्रदेश १(क)का सभापति दुर्गा सुवेदी, नेताहरु बुद्धिमान गुरुङ, वडा सभापति कुलप्रसाद अधिकारी र संविधानसभा सदस्य तेजकुमारी पौडेलगायत सहभागी थिए ।