
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
लमजुङ, १३ कार्तिक । लमजुङको सुन्दरबजारस्थित मुठी दानबाट सञ्चालित नमूना सामुदायिक अस्पतालको व्यवस्थापन र सञ्चालन अब मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)ले गर्ने भएको छ ।
नमूना सामुदायिक अस्पताल विकास समिति र एचडीसीएसबीच आज ३० वर्षका लागि सञ्चालन गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा प्रथम पक्षको तर्फबाट अस्पतालका अध्यक्ष परमेश्वर अधिकारी र दोस्रो पक्षबाट एचडीसीएसका कार्यकारी निर्देशक कपिल शर्माले हस्ताक्षर गरेका छन् ।
सम्झौताको म्याद आगामी पौष १७ गते (१ जनवरी २०२३) को मितिबाट ३० वर्ष हुने उल्लेख छ । एचडीसीएसका संस्थापक अध्यक्ष तीर्थ थापाका अनुसार सुरुवातमा करिब ८ करोड रुपियाँ लगानी गर्नेछ । सबैको सहयोग र सद्भाव रह्यो भने आगामी दिनमा स्वास्थ सेवाको साथमा मेडिकल सम्बन्धि पढाइ तथा तालिमको सञ्चालन गर्ने योजना रहेको अध्यक्ष थापाले बताए ।
नमुना सामुदायिक अस्पताल वि.सं. २०६१ मा नमुना सामुदायिक अस्पताल विकास समितिद्वारा स्थापना भई वि.सं. २०६७ देखि स्वास्थ्य सेवा दिँदै आईरहेको थियो । नमुना सामुदायिक अस्पताल विकास समितिका कुनै पनि सदस्य वा पदाधिकारीले कुनै पनि प्रकारको बाधा अड्चन सिर्जना नगर्ने र कुनै पनि प्रकारको हकअधिकार नखोज्ने सर्तमा एचडीसीएसले आफ्नो मूल्य तथा मान्यताअनुसार अस्पताललाई स्वतन्त्र रूपमा व्यवस्थापन र सञ्चालन गर्न सक्ने भनी सम्झौतापत्रमा उल्लेख छ । अस्पतालका अध्यक्ष परमेश्वर अधिकारीले सुन्दरबजार क्षेत्रका सर्वसाधारणलाई गुणस्तरीय सेवा दिन यस किसिमको सम्झौता गरिएको बताए ।
सम्झौता पत्र हस्तान्तरण पछि सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले डा. तीर्थ थापासँग आफ्नो शिक्षा क्षेत्रमा काम गर्दाको साइनो रहेको स्मरण गर्दै नगरपालिका स्वास्थ्य क्षेत्रमा मात्र नभई एचडीसीएससँग अन्य क्षेत्रमा पनि काम गर्न इच्छुक रहेको र त्यो भोलिका दिनमा तय हुँदै जाने धारणा व्यक्त गरे ।
नमूना सामूदायिक अस्पतालमा एचडिसिएसले व्यवस्थापन र सञ्चालनको जिम्मा लिएसँगै गुणस्तरीय सेवा पाउने सेवाग्राहीहरुको विश्वास छ । अब उक्त अस्पतालबाट लमजुङ, मनाङ, गोर्खाको पश्चिमी क्षेत्र, तनहूँको उत्तरी क्षेत्र र कास्कीको पूर्वी क्षेत्र लगायतका सर्वसाधारणले थप गुणस्तरीय सेवा पाउने भएका छन् ।
लमजुङ जिल्ला अस्पताल पनि यस अघि एचडिसिएको व्यवस्थापनमा सञ्चालन हुँदै आएको थियो । २२ बर्ष सञ्चालन र व्यवस्थापनको जिम्मा एचडिसिएसले लिएपछि जिल्ला अस्पतालमा गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराउँदै आएको थियो । अहिले प्रदेश सरकारले आफ्नो माताहातमा जिल्ला अस्पतालको जिम्मा लिएपछी एचडिसिएसले छोडेको हो ।