
१रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
२प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
३रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
४रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
५नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
६प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
७सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
८‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
९कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
१२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
काठमाडौं, ११ कार्तिक । निर्वाचन आयोगले ‘नो नट अगेन’ अभियानका विरुद्ध कडा विज्ञप्ति जारी गरे लगत्तै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले यसको विरोधमा आयोगलाई चेतावनी दिदैं अभियानको पक्षमा उभिएका छन् ।
पूर्वप्रधानमन्त्रीहरु खड्गप्रसाद ओली (केपी), पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराई, नेताहरु गगन थापा, आरजु देउवा राणा, बालकृष्ण खाँड लगायत व्यापारीदेखि गुन्डासम्मकालाई अबको निर्वाचनबाट ससम्मान विदा गरौं भन्दै सामाजिक सञ्जालहरुमा व्यापक विरोध भईरहेको छ ।
एमाले नेता महेश बस्नेतलाई चर्को चिच्याउनु, सांसद अपहरण गर्नु र धाकधम्की दिदैं बस्नु संसदीय मर्यादा होइन । टोले गुण्डा शैलीमा देशले विकास पाउँदैन भन्दै उनलाई पनि अबको निर्वाचनबाट ससम्मान विदा गर्नुपर्ने आवाज उठाइएको थियो ।
नेपाली कांग्रेसका नेता गगन थापालाई पनि किन राष्ट्रिय मुद्दाका विषयमा पनि सत्ता र सत्ता ईतर हुँदा बोलि फेरिन्छ ? मिठो होइन, साँचो बोली चाहिएको छ भन्दै अब झुठको खेती चल्दैन भने यिनलाई पनि भोट नदिन र विदाई गर्न प्रचारबाजी गरिएको छ ।
मंसिर ४ गतेको निर्वाचन नजिकिदैं गर्दा सामाजिक सञ्जालहरुमा अधिकांश नेताहरुका कर्तुत र कमजोरीसहित थालिएको यस अभियान लोकतान्त्रिक गणतन्त्रमा सामान्य रुपमा लिनु पर्ने भएपनि निर्वाचन आयोगले कडा रवैयाँ देखाएपछि यसका विरुद्धमा अभियन्ता केसी उत्रिएका हुन् ।
डा. केसीले आज विज्ञप्ति जारी गर्दै नेतृत्वदायी पदमा बसेर देशलाई ’कूशासनको दुष्चक्रमा फसाएका खलपात्रहरू’लाई निर्वाचनबाट राष्ट्रिय राजनीतिको मूलप्रवाहबाट किनारा लगाउने चाहना प्रकट गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएको बताएका छन् ।
‘निर्वाचन आयोगबाट प्रकट भएको धम्कीयुक्त चेतावनीको बेवास्ता गरी आम नागरिकको नागरिक तथा राजनीतिक अधिकारको रक्षाको खातिर उक्त विज्ञप्तिको अहिंसात्मक रूपमा अवज्ञा हुने कुरा स्पष्ट गर्न चाहन्छौँ,’ उनले भनेका छन् ।
‘सो अभियानलाई पूर्णतः निषेध गर्ने कुत्सित उद्देश्य पूरा गर्नका लागि सम्बन्धित सामाजिक सञ्जाल प्रयोग कर्ताहरूलाई फौजदारी कानुनको दुरुपयोग गरी कडा सजाय गर्ने गराउने स्पष्ट मनसाय प्रकट गरी निर्वाचन आयोगले यही कात्तिक ८ गते जारी गरेको विज्ञप्तिप्रति हामी गम्भीर खेद प्रकट गर्न चाहन्छौँ,’ उनले भनेका छन्, ‘वर्तमान राष्ट्रिय राजनीतिलाई वर्षाैंदेखि कब्जा गरी बसेको भ्रष्ट सिन्डिकेटको निरन्तरताका लागि निर्वाचन आयोगका पदाधिकारीहरूले पदीय दुरुपयोग गरी गुलामी गरेको स्पष्ट हुन्छ ।’
आयोग आमनागरिकको विचार तथा अभिव्यक्तिको स्वतन्त्रतामा अंकुश लगाउनेतर्फ उद्यत रहेको पनि उनको आरोप छ । ‘निर्वाचन आयोगका पदाधिकारीबाट भएको यस्तो कार्य अशोभनीय मात्र नभई जनविरोधी पनि रहेको हाम्रो ठहर छ,’ उनले भनेका छन् ।
‘नो नट अगेन’ अभियानका क्रममा पोष्ट भएका सामग्रीहरु:

१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए