
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
७पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
पोखरा, ७ कार्तिक । देशमा अहिले एउटा गाउँको सामान्य काम सक्न पनि राजधानी धाउनुपर्ने बाध्यता छ । जनता आफ्नो समस्या सुनाउन र बजेट पार्न जिताएर पठाएका जनप्रतिनिधि भेट्न काठमाडौँ र प्रदेश राजधानी पस्नुपर्छ ।
आगामी ४ मंसिरमा प्रतिनिधिसभा तथा प्रदेश सभामा यस्ता कमै उम्मेदवार देखिएका छन् जसले राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने विषयलाई प्रमुखताका साथ उठाएका हुन् । कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार दामोदर पौडेल बैरागीले आफूले चुनाव जिते गाउँदेखि राजधानी धाउनुपर्ने र सिधैं सांसदलाई भेट्नुपर्ने समस्या समाधानलाई प्राथमिकता दिएका छन् ।
नेकपा एमालेबाट उम्मेदवार रहेका उनले पाटीको टोल कमिटी हुँदै सांसदसम्म जनताका समस्या सुनाउन सकिने योजना अघि सारेका छन् । त्यसका लागि पाटी वडा वा पालिका कमिटीलाई अधिकार सम्पन्न बनाउन सकिने उनको भनाई छ ।
नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उम्मेदवार पौडेलले टोलका जनताले सांसदसम्म गुनासो लिएर जानुपर्ने परिपाटी अन्त्य गर्न पहल गर्ने प्रतिवद्धता जनाए ।
‘माननीयलाई नभेटी काम नहुने, पार्टी कमिटीमा राख्दा सुनुवाइ नहुने र निर्वाचित जनप्रतिनिधिलाई भेटेपछि काम हुने अवस्थाको पनि अन्त्य हुनु जरुरी छ,’ उनले भने, ‘हाम्रो टोल, वडा वा पालिकाले बोलेपछि पुग्ने परिपाटी हामीले बनाउनुपर्छ । अहिलेको अवस्थाको अन्त्य हुन्छ । तल्लो तहकै अध्यक्षले समस्या समाधान गर्न सक्ने वातावरण हामीले बनाउनुपर्छ । त्यसमा मेरो ध्यान जान्छ ।’
जनताका दैनिक गर्नुपर्ने र विकास निर्माणका आयोजना निर्धारित समयमै सक्न आफूले कुनै कसरत बाँकी नराख्ने उम्मेद्वार पौडेलको प्रतिवद्धता छ । अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक, सल्यान, तिखेढुंगा लगायत गाउँ जाने सडक स्तरोन्नति अत्यावश्यक रहेकाले त्यसमा पनि विशेष ध्यान दिने पौडेलले बताए ।
प्रदेश सभा ३ (ख) का उम्मेदवार राजीव पहारीले पछिल्लो कार्यकालमा सुरु गरेर अधुरा रहेका विकास निर्माणको कामलाई पूर्णता दिन पाटीले फेरि उम्मेद्वार बनाएको बताए । ‘साढे ३ वर्ष प्रदेशमा एमालेको सरकार हुँदा सडक, पुलका काम भएका थिए । राजनीतिक अस्थिरताले सरकार ढल्यो,’ उनले थपे, ‘त्यतिबेला जनताको आस पनि ढल्यो । गठबन्धनको सरकारले बिगार्ने बाहेक केही गरेन । अब जितेर पहिले बाँकी भएका काम पुरा गर्न छ ।’
कास्की ३ बाट २०७४ सालमा एमालेकै जगत विश्वकर्मा विजयी भएका थिए । उनी खेलकुदमन्त्री पनि भए । पूर्वमन्त्री एवं एमाले पोलिटब्यूरो सदस्य विकले गठबन्धनले सरकार चलाएपछि अवरुद्ध विकासलाई पूरा गर्न फेरि एमालेले जित्न आवश्यक रहको बताए ।
जनताले परिवर्तनको अवस्था महसुस गरेका थिए । देशमा राजनीतिक अस्थिरता, देशी विदेशी शक्ति, पुँजीवादी र कम्युनिस्टलाई सत्ता बाहिर पु¥याउने षड्यन्त्र भयो,’ उनले भने, ‘जनादेशको केपी सरकारलाई विस्थापित गर्दा देशको अवस्था जरजर बनेको बुझेका छौं । अवरुद्ध भएको विकासलाई पूरा गर्न फेरि एमालेले जित्नुपर्छ ।’
चुनावताका बोलेका सबै काम पूर्ण नभए पनि काम सुरु भएको उनले दावी गरे । एमालेका उम्मेदवारले मतदाताको शिर झुक्ने काम नगर्ने भएकाले एमालेकै उम्मेद्वारलाई जिताउन उनले आह्वान गरे । पूर्वमन्त्री विकले भने, ‘गण्डकी प्रदेशमा मुख्यमन्त्री हुँदा धेरै योजना ल्याउन सफल भएका थियौँ । हामीले शिर झुकाउने काम कहिले गरेनौँ । संकल्प गरेअनुसार एमालेका उम्मेद्वार फेरि काम गर्न फर्केका छौँ ।’
पाटी अन्नपूर्ण गाउँ कमिटी अध्यक्ष विवेक देवकोटाले गाउँपालिकामा एमालेलाई जिताएजस्तै विकास निर्माणका कामलाई तीव्रता दिन संघ र प्रदेशमा पनि एमालेको जित आवश्यक रहेको बताए । उनले पाटीले आफ्नो जीवन आन्दोलन र पार्टीलाई सुम्पेका नेतालाई प्रतिनिधिसभा उम्मेदवार बनाएकाले अन्नपूर्णबासीले न्याय गर्नुपर्ने सुनाए ।
कार्यक्रममा पार्टी पोलिटब्यूरो सदस्य सीता गिरी ओली, केन्द्रीय सल्लाहकार परिषद सदस्य एवं संविधानसभा सदस्य डिबी नेपाली, पार्टी केन्द्रीय सल्लाहकार परिषद सदस्य देवी सुवेदी, पाटी प्रदेश कमिटी सचिवालय सदस्य पुण्य पौडेल लगायतको उपस्थिति थियो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग