
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
४सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
पोखरा, ६ कात्तिक । पोखराका उद्योगी/व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फी रुपले बढाएको व्याजदर घटाउने मागसहित कडा आन्दोलन गर्ने भएका छन् । पोखरा उद्योग वािणज्य संघले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा सहभागी उद्योगी/व्यवसायीहरुले आन्दोलनको लागि संघका अध्यक्ष पवनकुमार प्रजापतिको संयोजकत्वमा १०१ सदस्यीय संघर्ष समिति गठनसमेत गरेका छन् ।
संघर्ष समितिमा पोखरासहित लेखनाथ उद्योग वाणिज्य संघ, विभिन्न व्यावसायिक संघ/संस्था तथा बस्तुगत संघहरु रहेका छन् ।
‘बैठकले बैंकको ब्याजदर घटाउन सशक्त आन्दोलन गर्ने म्याण्डेट दिएको छ’,पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले भने,‘संघर्षका कार्यक्रमहरु वारपार गर्ने खालका हुन्छन्, हामी तिहारलगत्तै संघर्षमा उत्रन्छौँ’ उनले आन्दोलनका स्वरुपबारे छिट्टै जानकारी दिने बताए ।
यसअघि संघले अर्थमन्त्री, नेपाल राष्ट्र बैंक तथा बैंकर्स एसोसियसनलाई ज्ञापनपत्रमार्फत् ब्याजदर घटाउन आग्रह गरिए पनि सुनुवाइ नभएको उनको भनाइ छ । उनका अनुसार बैंकले कुसमयमा बढाएको व्याजदर, कर्जाको साँवा र ब्याजको लागि पटक–पटक गरिने ताकेता र विभिन्न बहानामा लिइने शुल्कहरु नघटेसम्म आन्दोलन जारी रहने छ ।
पोउवा संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बैंक तथा वित्तीय संस्थाहरुको दादागिरीले आजित भएर आन्दोलनको कार्यक्रम घोषणा गरिएको सुनाए । ‘उद्योगी/व्यवसायीहरुले अर्काको लागि आन्दोलन गरिदिएका छन्, व्यवसाय बन्द गरेर सघाएका छन्’, उनले भने,‘अहिले आफैमाथि परेको समस्याले हामीलाई सडकमा ल्याउँदैछ, हामी आम नागरिकबाट पनि यो संघर्षमा ऐक्यवद्दताको अपेक्षा गर्दछौँ ।’ संघका महासचिव बलराम आचार्यले निजी क्षेत्रको मागलाई वेवास्ता नगर्न नेपाल राष्ट्र बैंक र सरकारसँग माग गरे ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
४सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ