
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा, ६ कार्तिक । विभिन्न संघसंस्था र राज्यका जिम्मेवार निकायमा बसेर उल्लेखनीय काम गरी चर्चा कमाएका माओवादी नेता विश्वप्रकाश लामिछानेले यसपटकको प्रदेशसभा सदस्यमा आमजनताले अत्याधिक मतका साथ विजयी गराउनेमा ढुक्क देखिएका छन् ।
‘राज्यले यस अघि आफूलाई मौका दिँदा कामयावी योजना निर्माण र कार्यान्वयनसमेत गरेकाले मलाई जनताप्रति पूर्ण विश्वास छ,’ कास्की २ (क) मा प्रदेश सभा सदस्य पदका लागि गठबन्धन दलका साझा उम्मेदवार बनेका लामिछानेले भने–‘पोखरालाई समृद्ध बनाउने र आधुनिक महानगर बनाउने योजना हामीसँग छ ।’
पोलिटिकल साइन्स सोसाइटी नेपालले आज आइतबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘राज्यले दिएका सानातिना जिम्मेवारी आजसम्म सफलतापूर्वक पूरा गरेको छु । अब पनि जनताले थप जिम्मेवारी दिनुभयो भने निराश नबनाउने खालको खाका मसँग छ ।’
आइतबारै पोखरा ७ मा भएको कार्यक्रममा लामिछानेले सत्ता गठबन्धनबिना देश अघि बढ्न नसक्ने तर्क गरे । एमाले नेतृत्वको सरकारले पटक पटक प्रतिगमन गरेको दाबी गर्दै उनले स्थिरता र समृद्धिका लागि गठबन्धनको विकल्प नभएको जनाए ।
गठबन्धनको पोखरा १७ को सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उनले संविधानको रक्षाका लागि बनेको गठबन्धनलाई जनताले अनुमोदन गर्ने जनाए । उनले भने, ‘यो गठबन्धनले देशलाई अनिश्चयको यात्राबाट जोगाएको छ । कसलाई मत दिँदा देशको विकास हुन्छ भन्ने जनतालाई थाहा छ ।’
लामिछानेले पोखराको विकासका लागि बनेका योजना कार्यान्वयन र संविधानमा उल्लिखित मौलिक हक ग्यारेन्टी गर्न आफूले योगदान गर्ने उल्लेख गरे । सत्ता गठबन्धनका साझा उम्मेदवार लामिछाने पोखराका प्राकृतिक सम्पदाको संरक्षण, सार्वजनिक जमिनको रक्षा र विकास निर्माणका कार्यमा विभिन्न निकायमा हुँदा लोकप्रिय काम गरी साझा विकासप्रेमी नेताको छवि बनाएका पात्र हुन् ।