
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा, ५ कार्तिक । नेपाली कांग्रेसले आसन्न निर्वाचनको लागि गठन गरेको केन्द्रीय प्रचार प्रसार समितिमा कास्कीबाट पनि पत्रकारिता पृष्ठभूमि भएका कांग्रेस नेताहरु सहित पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरुलाई मनोनयन गरिएको छ ।
पार्टीको बिधान अनुसार केन्द्रीय सभापति शेर बहादुर देउवाले नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिका सदस्य एवं प्रवक्ता डा प्रकाश शरण महतको संयोजकत्वमा गठन गरेको केन्द्रीय प्रचार प्रसार समितिको सदस्यमा एक दर्जन भन्दा बढी नेताहरुलाई मनोनयन गरिएको हो ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन–२०७९ लाई लक्षित गरि गठन गरिएको उक्त समितिमा पत्रकारिता पृष्ठभूमि रहेका गंगाधर पराजुली र अन्य नेपाली कांग्रेसका नेताहरु रहेका छन् । पराजुली नेपाल सरकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति समेत हुन् ।
नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनको पूर्वकेन्द्रीय उपाध्यक्ष समेत रहेका पराजुली पछिल्लो समयमा नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील छन् । उनि नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्रममा पोखरा महानगरको सभापति पदमा थोरै मत नपुगेको कारण पराजित हुन पुगेका थिए । हाल उनि नेपाली कांग्रेस कास्की जिल्ला कार्य समितिको सदस्य रहेका छन् ।
प्रचार समितिमा मनोनित अन्य सबै जसो नेताहरु पार्टीको राजनीतिको मुल प्रवाहमा छन् । गत असोज ३१ गते प्रथम चरणमा गठित समितिमा कास्कीबाट ७ जना मात्र रहेकोमा कार्तिक २ गते थप ७ जना सदस्यहरु मनोनित गरिएको छ ।
जस अनुसार नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तिलक रानाभाट, पुर्व महाधिवेशन प्रतिनिधि दुर्गा तिमिल्सिना, पूर्वसांसद शारदा पौडेल, नेपाली कांग्रेस कास्की क्षेत्र नं ३ का सभापति एवं नेपाल तरुण दल कास्कीका सभापति मनोज गुरुङ र कास्की घर भएपनि हाल कÞतारमा रहेर कांग्रेसको राजनीतिमा सक्रिय बिमल सुवेदीलाई पहिलो चरण अर्थात असोज ३१ गतेका दिन प्रचार प्रसार समितिको सदस्य मनोनयन गरिएको थियो ।
यसैगरि सोही समितिमा कार्तिक २ गते थप गरिएका सदस्यहरुमा कास्की कांग्रेसका पूर्व सभापति एवं पूर्वमन्त्री यज्ञबहादुर थापा, नेपाली कांग्रेसका नेता एवं महासमिति सदस्य देवराज चालिसे, महासमिति सदस्य एवं कास्की कांग्रेसका पूर्वसभापति शोभियतबहादुर अधिकारी, कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसीलाई पनि समितिको सदस्यमा मनोनयन गरिएको छ ।
समितिका अन्य सदस्यहरुमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री एवं पूर्वकेन्द्रीय आमन्त्रित सदस्य कुमार खड्का, नेपाली कांग्रेसका महासमिति सदस्य एवं वरिष्ठ अधिवक्ता रामचन्द्र त्रिपाठी र महाधिवेशन प्रतिनिधि तथा कास्की कांग्रेसका पूर्वसचिव पोषनाथ शर्मालाई पनि प्रचार प्रसार समितिको सदस्यमा मनोनित गरिएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।