
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
४सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
पोखरा, ४ कात्तिक । होटल संघ पोखरा नेपालले बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फी रुपमा बढाएको ब्याजदर एक अंकमा झार्ने पहल नगरेमा नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालय विरुद्ध नै आन्दोलनका कार्यक्रम घोषणा गर्न वाध्ये हुने चेतावनी दिएको छ ।
पर्यटन व्यवसाय कोभिड १९ को महामारीबाट नकारात्मक रुपमा प्रभावित भएको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी रुपमा ब्याजदर बढाए पनि राष्ट्र बैंक र सम्बन्धित मन्त्रालय चुप लागेर बसेको भन्दै संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएको हो ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड १९ को संक्रमण केही मत्थर हुँदै गर्दा पर्यटन व्यवसाय लयमा फर्कने प्रयासमा रहे पनि होटल क्षेत्रको २०–२५ प्रतिशत अकुेन्सीले संचालन खर्च पनि धान्न सक्ने अवस्था नभएको बताए । आम्दानी पनि नभएको र पर्यटक आगमनदर पनि अपेक्षित बढ्न नसकेको अवस्थामा होटल क्षेत्र अहिले बैंकले प्रदान गरेको कर्जाको सावाँ तथा ब्याज तिर्न सक्ने अवस्थामा नरहेको उनले बताए । अध्यक्ष सुवेदीले आफूहरु दायित्वबाट पन्छन नखोजेको तर तिर्नुपर्ने दायित्वलाई अर्को बर्षका लागि सारिदिन राष्ट्र बैंकमार्फत् अनुरोध गरेको स्पष्ट पारे ।
बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याज सात प्रतिशतबाट १५ प्रतिशत हुँदै २० प्रतिशत नाघ्ने अवस्था रहेको भन्दै अध्यक्ष सुवेदीले बैंक तथा वित्तीय संस्थाले ४० प्रतिशत सम्म लाभांस बाँड्दा घाटामा रहेको होटल क्षेत्रलाई भने तर्साउने काम भएको दुःखेसो पोखे । ‘नाफामा गएको बैंकिङ क्षेत्रलाई राष्ट्र बैंक जोगाउनतिर लाग्यो तर घाटा खाएको होटल क्षेत्रलाई वास्ता गरेन,’ उनले भने– यसलाई हामी चुप लागेको रुपमा नलियोस्, यस्तै भए अब हामी राष्ट्र बैंक र अर्थ मन्त्रालय घेर्न वाध्ये हुने छौं ।
सो अवसरमा होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले अहिले व्यवसायीहरु अफ्ठ्यारो अवस्थामा पनि मर्यादित र संयमित भएर बसेको तर आफ्ना मागहरु संवोधन नभए आफूहरु राष्ट्र बैंक र मन्त्रालय विरुद्ध आन्दोलन गर्न तयार रहेको भनाई राखे ।
होटल संघ गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले बैंक तथा वित्तीय संस्थाले अस्वभाविक रुपमा ब्याजदर बढाउनु सबै नेपालीको समस्या भएको स्मरण गराउँदै व्यवसायमा सुस्ती देखिंदा वित्तीय क्षेत्रबाट आतंक फैलाउने काम भएको बताए । सन् २०२० लाई नेपाल भ्रमण बर्ष मनाउने भन्दै सरकारले व्यवसायीलाई मनग्य लगानी गर्न उक्साएको तर कोभिडको मार परेपछि ब्याजदर बढाएर ढाड सेक्ने काम गरेको गुनासो पनि अध्यक्ष गैह्रेको थियो ।
होटल संघ पोखरा नेपालका सल्लाहकार वच्चुराम तिवारीले देशमा महंगी व्यापक हुँदा पनि होटल क्षेत्रले आफ्नो दरको ५० प्रतिशत मूल्य पनि लिन नसक्ने अवस्था रहेको जानकारी दिंदै बैंकको लगानी अनुत्पादक क्षेत्र गएको र विदेश पुँजी पलायत भएको बताए । व्यवसायी बैंकर हुँदा पनि समस्या उत्पन्न भएको बताउँदै उनले बैंकलाई आधुनिक सामन्तको उपमा दिए ।
संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले कोभिडको समयमा सरकारले नै दुई वर्ष पर्यटन क्षेत्र बन्द गराएको बताउँदै अहिले एकतर्फी ब्याज बढाएर वित्तीय आतंक सिर्जना गरिएको आरोप लगाए । अंग्रेजी बर्षको अन्त्यसम्म नेपालमा पुगनपुग पाँच लाख पर्यटक आए पनि ती सबै पोखरा नआउने यथार्थ पनि उनले सुनाए । कार्यक्रमको संचालन संघकी सचिव पार्वता पाण्डेले गरेकी थिइन् ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ