
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, २५ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) र सुदुर पश्चिमाञ्चल बिजयी भएका छन् ।
पोखरा रंगशालमा मंगलबार भएको पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई चार विकेटले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको बागमतीले पुरा २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ८९ रन जोडेको थियो । जितका लागि ९० रन पछ्याउने क्रममा एपीएफले १९.१ ओभरमा ६ विकेट गुमाएर विजयी लक्ष्य प्राप्त ग¥यो । एपीएफको व्याटिङमा रोमा थापाले २२, ममता चौधरीले १७, सीता राना र नेरी थापाले समान १६ रन बनाए ।
बागमतीको तर्फबाट अस्मिना कर्माचार्यको अभिजित १९ तथा सुमन खतिवडाको १९ रनको फरकमा खेलेका थिए । एपीएफको बलिङमा रेखा रावल, नेरी थापा र इन्दु बर्माले समान एक एक विकेट हात पारे । बागमतीका बलरहरु सोनी पाख्रिन र सुमन खतिवडाले समान दुई÷दुई तथा अस्मिना कर्माचार्यले १ विकेट लिइन् । खेलमा एपीएफकी नेरी थापा प्लेयर अफ द म्याच भइन् ।
मंगलबारको अर्को खेलमा सुदुर पश्चिमाञ्चलले घरेलु टोली गण्डकी प्रदेशलाई ६ विकेटले पराजित ग¥यो । पहिला व्याटिङ गरेको गण्डकीले पुरा २० ओभर खेल्दै ५ विकेटको क्षतिमा ५९ रन बनायो । गण्डकीको तर्फबाट श्रृष्टि जैशीले २८, ज्योत्स्निका मरासिनीले ७, सिमाना केसीले ६, सिला क्षेत्रीले अभिजित ६ रन बनाइन् । सुदुर पश्चिमको बलिङतर्फ रितु कनौजियाले २ तथा अनु कडायत, स्नेहा महरा र सावित्री धामिले समान एक÷एक विकेट लिए ।
जितका लागि ६० रनको लक्ष्य सहित मैदान उत्रिएको सुदुर पश्चिमले १०.२ ओभरमा ४ विकेट गुमाउँदा विजयी लक्ष्य प्राप्त ग¥यो । सुदुर पश्चिमको व्याटिङमा रितु कनौजियाले २० बलको सामना गर्दै ३ चौकाको मद्धतमा २२ रन बनाइन् । त्यस्तै, स्नेहा महराले २७ बलमा ४ चौका सहित २१ रन हानिन् । गण्डकीका बलरहरु शिला क्षेत्रीले २ र श्रृष्टि जैशीले १ विकेट लिइन् । खेलमा सुदुर पश्चिमकी रितु कनौजिया प्लेयर अफ द म्याच भइन् ।