
१कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
२धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
३धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
४बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
५बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
६धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
७पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
८नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
९‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
१०सुरक्षा निकायलाई विशेष सतर्कता अपनाउन निर्देशन
११रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
१२नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
४‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
६मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
७रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
८चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१२फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
पोखरा, २४ असोज । गठबन्धन विरुद्ध विद्रोह गर्दै नेपाली कांग्रेसका नेता महादेव गुरुङले कास्की निर्वाचन क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट एकीकृत समाजवादीको भागमा परेको यो क्षेत्रबाट गुरुङले मनोनयन दर्ता गरेका हुन् ।
कांग्रेसका पुराना, जुझारु एवं पूर्वराज्यमन्त्री गुरुङको उम्मेदवारी दर्तामा प्रस्तावकका रुपमा बालगोपाल श्रेष्ठ र समर्थकमा सूर्य लम्साल रहेका छन् ।
यता, सत्ता गठबन्धनका तर्फबाट कास्की क्षेत्र नं. २ मा नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले उम्मेदवारी दर्ता गराएका छन् ।
गुरुङले कांग्रेसले आफ्नो आदर्श, मूल्य, मान्यता र सिद्धान्तबाट विचलित भएको भन्दै उम्मेदवारी दिएको बताए । आफूसँग जनता भएको र पहिला पनि चुनाव जितेको हुँदा जनताले पुनः जिताउनेमा उनी ढुक्क देखिन्छन् । यदि, गुरुङले उम्मेदवारी फिर्ता नलिने हो भने गठबन्धनका उम्मेदवार बराललाई ठुलो धक्का लाग्ने कांग्रेस कार्यकर्ताहरुको भनाई छ । गठबन्धनका नाममा पुराना, इमान्दार र राष्ट्रभक्त नेताहरुमाथि अन्याय हुँदै गएपछि त्यसैको विरोधमा नेता गुरुङले विद्रोह गर्नुपर्ने बाध्यात्मक अवस्था आएको कांग्रेस कार्यकर्ताहरुको बुझाई छ ।
यता, कास्की– ३ बाट प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धन र एमाले दुबैका विरूद्ध बागी उम्मेदवारी परेको छ । माओवादी उम्मेदवारका विरुद्ध सहिद पुत्री र एमालेका नेता विरुद्ध कार्यकर्ताले बागी उम्मेदवारी दिएका हुन् ।
माओवादी केन्द्रका तर्फबाट कास्की क्षेत्र नं. ३ मा नेता रामजी बरालको उम्मेदवारी परेकोमा उनका विरुद्ध सहिद पुत्री अनिता भुर्तेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुन् । पार्टीले सहिद, वेपत्ता, घाइते, अपाङ्ग परिवारप्रति वेवास्ता गरेको भन्दै सहिद पुत्री अनिताले उम्मेदवारी दिएकी हुन् ।
एमालेले उक्त क्षेत्रबाट दामोदर पौडेल ‘बैरागी’ लाई उठाएको छ। बैरागीले उम्मेदवारी दिएपछि एमाले कार्यकर्ता जगन्नाथ बास्तोलाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । बास्तोलाले पार्टीले उचित मूल्यांकन नगरेको भन्दै बागी उम्मेदवारी दिनु परेको बताएका छन् ।
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
४‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ