
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१०पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
दमौली । तनहुँको व्यास नगरपालिकाले कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने तयारी गरेको छ । वर्षौदेखि फोहर फाल्दै आएको व्यास नगरपालिका–३ स्थित भतेरी मादी नदीले कटान गरिदिएपछि नगरपालिकाले कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने तयारी गरेको हो ।
व्यास नगरपालिका–१० स्थित गौसंरक्षण केन्द्रमा प्राङ्गारिक मल उद्योग सञ्चालन गर्न लागिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । सोही उद्योगमा दमौली बजारबाट सङ्कलन हुने कुहिने फोहरलाई पनि मल बनाइने न्यौपानेले बताउनुभयो । “भतेरी मादीले कटान गरिएपछि फोहरमैला फाल्ने ठाउँ खोज्न नगरपालिकालाई सकस भयो, बल्ल-बल्ल ठाउँ पायौँ,” न्यौपानेले भन्नुभयो, “कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर कुहिने फोहरलाई मल बनाइनेछ ।” नगरपालिकाले केही वर्षदेखि नै कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर बजारबाट फोहरमैला सङ्कलन गर्दै आएको छ ।
नगरपालिकालाई फोहरमैला व्यवस्थापनका लागि व्यास नगरपालिका–१ का स्थानीयवासी रामदेव पन्थले पाँच वर्षका लागि निःशुल्क जग्गा सहयोग गर्नुभएको छ । “नकुहिने फोहरलाई यही जग्गामा व्यवस्थापन गर्छौं, कुहिने फोहरबाट मल बनाउँछौ,” नगरप्रमुख न्यौपानेले भन्नुभयो । व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलका अनुसार स्थानीयवासीले २०८२ सालसम्मका लागि फोहर बिसर्जनका लागि निःशुल्क रुपमा जग्गा उपलब्ध गराएका छन् । “अब कम्तिमा पनि पाँच वर्षका लागि फोहरमैला बिसर्जनका लागि समस्या हुँदैन,” उहाँले भन्नुभयो ।
नगरपालिकाले वडा नं ४ र १० को चार वटा सामुदायिक वनमा पनि फोहरमैला केन्द्र निर्माणका लागि प्रकृया अगाडि बढाएको छ । चार वटा सामुदायिक वनले फोहरमैला केन्द्र निर्माणका लागि सहमति जनाएकाले ती ठाउँमा वातावरणीय प्रारम्भिक अध्ययन गर्न लागिएको छ । नगरपालिकामा स्थायी रुपमा ल्याण्डफिल्ड साइड बनाउन माग हुँदै आएपनि उपयुक्त ठाउँ नपाउँदा नगरपालिकाले ल्याण्डफिल्ड साइड निर्माण गर्न सकिरहेको छैन ।
व्यास नगरपालिका–५ स्थित एक सामुदायिक वनमा ल्याण्डफिल्ड साइड निर्माणका लागि अध्ययन गरिएपनि स्थानीयवासीको विरोधपछि उक्त कार्य स्थगित भएको थियो । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ । नगरपालिकाले व्यास नगरपालिका–२, ३ र ४ बाट कुहिने र नकुहिने फोहर वर्गीकरण गरी सङ्कलन गर्दै आइरहेको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता