
१लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
३रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
४प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
५रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
६रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
९सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
१०‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
११कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
पोखरा, ७ साउन । पोखरा महानगरपालिकाले अटेर गर्दै सार्वजनिक सडकको फुटपाथ मिचेर बनाउँदै गरेको मासबार आमा समूह पोखरा–७ को विवादित भवन भत्काउन आदेश दिएको छ । उक्त भवनका लागि भनेर निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत छुट्याईएको ३ लाख रुपैयाँ बजेट पनि रोकिएको छ ।

सार्वजनिक सडक मिचेर मासबार आमा समूहले बनाएको नयाँ संरचना भत्काउन पोखरा महानगरपालिकाले पठाएको पत्र ।
महानगरपालिकाका मेयर धनराज आचार्यले साउन ३ गते पठाएको पत्रानुसार साउन ६ गते नै उक्त विवादित भवन हटाउन आदेश दिइएको छ । पत्रमा ७ नं. वडा कार्यालयको रोहवरमा कि.नं. १२ को बाटो उल्लेख भएको जग्गामा बिना ईजाजत अनुमति बेगर सार्वजनिक जग्गामा निर्माणाधिन एक कोठा प्राविधिक प्रतिवेदन समेतबाट देखिन आएकोले उक्त विवादित निर्माणाधिन अवस्थामा रहेको प्राविधिक प्रतिवेदनबाट रेखाङ्कन सिमाङ्कन भएको भाग स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३९ को उपदफा ४ र ५ बमोजिम कार्यालयको तर्फबाट मिति २०७९/०४/०६ मा हटाउन आदेश दिइएको छ भनिएको छ ।
सार्वजनिक सडकको जमिन अतिक्रमण गर्दै जग खन्न शुरुगरे पछि स्थानीयले विरोध गर्दै तत्कालै पोखरा महानगरपालिका वडा नं. ७ को कार्यालयमा उजुरी दिएका थिए । उजुरी परेपछि वडाध्यक्ष राममोहन आचार्यले पटक–पटक काम रोक्न निर्देशन दिए पनि मासबार आमा समूहले अटेर गर्दै भवन बनाई रहेको थियो ।
वडाले दिएको निर्देशन नमाने पछि थप कारवाहीका लागि पोखरा महानगरपालिकालाई पत्राचार गरिएको थियो । महानगरपालिकाबाट नगर प्रहरीहरु पटक–पटक आएर निर्माण औंजारहरु लैजाँदा समेत भवन बन्ने क्रम भने रोकिएन । मासबार आमा समूहका एक सदस्यले भनिन्–‘उजुरी परेपछि सार्वजनिक ठाउँमा भवन नबनाऔं, बजेट पनि रोकिन सक्छ । पछि भवन भत्कियो भने लाखौं रुपैयाँ क्षति हुन सक्छ भन्दा कसैले टेरेनन्, अहिले भवन भत्किने स्थितिमा आईपुग्यो ।’
मासबार आमा समूहका अर्का सदस्यले थपिन्–‘यो भवन जबरजस्ती बनाउनेहरुले नै यसको क्षतिपूर्ति तिर्नुपर्छ । कानुन मिचेर, भएको भवन भाडामा लगाएर सार्वजनिक जमिन अतिक्रमण गर्नु गलत थियो । जुन पुष्टि पनि भयो । अब ३ लाख रुपैयाँ बजेट पनि फुत्कियो र आमा समूहको कोषको ४ लाख रुपैयाँ पनि सक्किई सक्यो । न भवन रह्यो, न त पैसा । भवन बनाउन सल्लाह दिनेदेखि बनाउनेसम्मले क्षतिपूर्ति व्यहोर्नु पर्छ अब ।’
पोखरा महानगरपालिकाले पठाएको पत्रमा सार्वजनिक जग्गा संरक्षण कार्यमा आवश्यक सहयोग प्रदान गरी शान्ति सुरक्षाको प्रत्याभूति गराई दिन जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामलाई समेत बोधार्थ पठाइएको छ ।
‘महानगरपालिकाको डोजर लेखनाथमा रातारात सार्वजनिक जमिन कब्जा गरेका बसेका नक्कली सुकुम्वासीलाई हटाउन पठाउनु परेकोले शुक्रबार भत्काउने कार्यक्रम रोकिएको छ,’ मेयर धनराज आचार्यले भने–‘दुई दिनपछि यो भवन जुनसुकै बेला पनि भत्किन सक्छ ।’
महानगरपालिकाले डोजर पठाएर भवन भत्काउने भएपछि उर्दी नै जारी गरेर मासबार आमा समूहले भवनको वरपर महिलाहरु खटाएर घेराऊ गर्ने काम गरेको थियो । नेकपा एमाले कास्कीका उपाध्यक्ष एवं मासबार आमा समूहका सल्लाहकार तेजनारायण अधिकारीको नेतृत्वमा एक टोली भवन भत्काउने कार्य रोक्नका लागि विहानैदेखि त्यहाँ खटिएको थियो ।

१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए