१लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
३रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
४प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
५रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
६रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
९सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
१०‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
११कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
ज्वाई रामको सहारा र विश्वासमा चलेका निवर्तमान मेयर जिसीले पोखराको महत्वपूर्ण ठाउँमा रहेको ५८ रोपनी सार्वजनिक जमिन कौंडीको मूल्यमा हत्याउन सफल भएका थिए । गल्फ कोर्सको जग्गा एक्सन विल्डर्स सेवा प्रालिले मासिक २ लाख ७२ हजार र पर्यटक बसपार्कको जग्गा शिला शालिग्राम निर्माण सेवा प्रालिले मासिक २ लाख ७५ हजार रुपैयाँ भाडा बुझाउने गरी सम्झौंता गरिएको थियो । यी दुवै कम्पनी मेयर जिसीका ज्वाईका भाइका हुन् ।
पोखरा, ३१ असार । निवर्तमान मेयर मानबहादुर जिसीले कार्यकालको अन्तिम समयमा गरेको ६३ रोपनी जग्गा भाडा सम्झौंता पोखरा उपत्यका नगर विकास समितिले खारेज गरिदिएको छ । छानबिन समितिले बोलपत्र लगायतका सम्पूर्ण प्रक्रिया त्रुटिपूर्ण र अपारदर्शी देखिएको भन्दै सम्झौंता रद्द गर्ने निर्णय गरेको हो ।
आज शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै समितिका अध्यक्ष समेत रहेका मेयर धनराज आचार्यले भने–‘अपारदर्शी निर्णय रद्द गर्ने निर्णयसँगैं सम्झौता प्रक्रियामा भएका सम्पूर्ण क्रियाकलापहरु रीतपूर्वक नदेखिएको एवं कागजातसमेत शंकास्पद देखिएकोले थप अनुसन्धान गर्न छानबिन प्रतिवेदनसहित सम्पूर्ण कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय भएको छ ।’
‘चलानी किताब र बोलपत्र मुचुल्कामा केरमेट गरी शंकास्पद देखिएकोले मुलुकी अपराधसंहिता २०७४ बमोजिम अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीमा लेखी पठाउँछौं’ अध्यक्ष आचार्यले भने–‘ सम्झौता गरिएको भनिएका पक्षहरुको नाम, ठेगाना, सम्पर्क नम्बरमा सम्पर्क हुन नसकेकोले उक्त जानकारी राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गरी सार्वजनिक गर्नेछौं ।’
बन्द भएको पोखराको स्थानीय पत्रिका आदर्श नेपाल दैनिकमा शंकास्पद सूचना प्रकाशनको विषयमा छानबिन गर्न सूचना तथा प्रसारण विभाग काठमाडौंमा पठाउने निर्णय समितिले गरेको छ । त्यसो त पोखरा महानगरपालिकाबाट राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने भनिएका विज्ञापनहरु बर्षौंदेखि पोखराका स्थानीय तथा प्रदेशस्तरका पत्रिकामा प्रकाशन गर्दै मोटो रकम असुल्ने काम हुँदै आईरहेको छ । त्यस्ता पत्रिकाहरुले आफ्नो नामको मूनि राष्ट्रिय दैनिक लेखेर ठगि गर्दै आईरहेका छन् ।
समितिको आज शुक्रबार बसेको को बैठकले सम्झौता रद्द गर्ने निर्णयसँगै समितिको नाममा रहेको राष्ट्रबैंक चोकस्थित गल्फ कोर्स रहेको ४० रोपनी २५ वर्षलाई, पर्यटन बसपार्कको १५ रोपनी १० वर्षलाई र पृथ्वीचोकको ५ रोपनी १० वर्षलाई निजी कम्पनीलाई दिने सम्झौता खारेज भएको छ ।
समितिको १६९ औं बैठकको निर्णयानुसार गत शनिबार उक्त सम्झौताका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न समितिका सदस्य एवं कास्कीका प्रमुख नापी अधिकृत दिनेश काफ्लेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको थियो । समितिले शुक्रबार पेस गरेको प्रतिवेदन नगर विकास समितिको बैठकमा प्रस्तुत भएर छलफल भएको थियो ।
बन्द भएको पोखराको स्थानीय पत्रिका आदर्श नेपाल दैनिकमा शंकास्पद सूचना प्रकाशनको विषयमा छानबिन गर्न सूचना तथा प्रसारण विभाग काठमाडौंमा पठाउने निर्णय समितिले गरेको छ । त्यसो त पोखरा महानगरपालिकाबाट राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने भनिएका विज्ञापनहरु बर्षौंदेखि पोखराका स्थानीय तथा प्रदेशस्तरका पत्रिकामा प्रकाशन गर्दै मोटो रकम असुल्ने काम हुँदै आईरहेको छ । त्यस्ता पत्रिकाहरुले आफ्नो नामको मूनि राष्ट्रिय दैनिक लेखेर ठगि गर्दै आईरहेका छन् ।
आफ्नो कार्यकाल सकिन दुई दिन बाँकी रहँदा जेठ ३ गते तत्कालीन मेयर जिसीले कानुनविपरीत पोखरा उपत्यका नगर विकास समिति मातहतको जग्गा भाडामा दिएका थिए । राम्रोसँग हिडडुल गर्न नसक्ने र अरुको साहारा चाहिने निवर्तमान मेयर जिसीले सार्वजनिक जमिन ठेक्कामा दिएका मध्ये गल्फ कोर्स र पर्यटक बसपार्कको जग्गा भाडामा पाउने विष्णु भण्डारी अरु कोही नभइ उनको जेठी छोरीका श्रीमान् रामबहादुर भण्डारीका भाइ थिए ।
ज्वाई रामको सहारा र विश्वासमा चलेका निवर्तमान मेयर जिसीले पोखराको महत्वपूर्ण ठाउँमा रहेको ५८ रोपनी सार्वजनिक जमिन कौंडीको मूल्यमा हत्याउन सफल भएका थिए । गल्फ कोर्सको जग्गा एक्सन विल्डर्स सेवा प्रालिले मासिक २ लाख ७२ हजार र पर्यटक बसपार्कको जग्गा शिला शालिग्राम निर्माण सेवा प्रालिले मासिक २ लाख ७५ हजार रुपैयाँ भाडा बुझाउने गरी सम्झौंता गरिएको थियो । यी दुवै कम्पनी मेयर जिसीका ज्वाईका भाइका हुन् ।
पोखराको व्यापारिक केन्द्रमा रहेका यी जग्गामध्ये ट्रयाल सेन्टरको जग्गा राइजिङ कन्स्ट्रक्सनका गिरबहादुर पुनले मासिक १ लाख ३५ हजार रुपैयाँ भाडा बुझाउने गरी सम्झौंता गरेका थिए । अन्ततः चोरबाटोबाट गरिएका यी सबै सम्झौंताहरु पोखरा उपत्यका नगर विकास समितिले रद्द गरिदिएको छ ।