
१डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
२लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
३पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
६पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
७देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
८जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
९फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
१०माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
११जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१२उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
मेयर धनराज आचार्यले आफ्नो सामाजिक सञ्जालमा ‘गुड न्यूज’ भन्दै न्यूरोडको ५ रोपनी जग्गाको विषय उठाईरहँदा यस अघि नै महानगरपालिकाको दायित्व भित्र रहेको हजारौं रोपनी सार्वजनिक जमिन/सम्पत्तिको संरक्षणका लागि उनले कस्तो पहल गरिरहेका छन् भन्ने जिज्ञासा र प्रश्न पनि सँगसँगै उठेको छ ।
पोखरा, १४ असार । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको न्यूरोडमा रहेको ५ रोपनीभन्दा बढी जमिन पोखरा उपत्यका नगर विकास समितिको हुने भनेर अदालतले गरेको फैसलालाई लिएर ‘गुड न्यूज’ भन्दै आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् । मेयर आचार्यले आफ्नो सामाजिक सञ्जालमा गुड न्यूज भन्दै न्यूरोडको ५ रोपनी जग्गाको विषय उठाईरहँदा यस अघि नै महानगरपालिकाको दायित्व भित्र रहेको हजारौं रोपनी सार्वजनिक जमिन/सम्पत्तिको संरक्षणका लागि उनले कस्तो पहल गरिरहेका छन् भन्ने जिज्ञासा र प्रश्न पनि सँगसँगै उठेको छ ।
पोखरा महानगरपालिका भित्र रहेका सार्वजनिक जमिनहरुको संरक्षण गर्नै मुस्किल परिरहेको सन्दर्भमा भर्खरैंमात्र जिल्ला अदालत कास्कीले व्यक्तिहरुले दावी गरिरहेको जमिनमा दावी नपुग्ने भन्दै फैसला गरिदिएको हो । यो फैसलासँगै खुशी देखिएका पोखरा महानगरपालिकाका मेयर आचार्यले महानगरपालिकाको कार्यालयमा सार्वजनिक जमिन संरक्षणका लागि परेका निवेदन र घटनाहरुलाई के कसरी कार्यान्वयन गर्छन् भन्ने विषय भने हेर्न नै बाँकी छ ।
तर पनि महानगरपालिका भित्रैका कर्मचारीहरुको सेटिङमा भएका सार्वजनिक जमिनलाई भने रोके झैं पनि गर्ने र भित्रभित्रै अतिक्रमण गर्दै पक्की भौतिक संरचना पनि बनाउन छुट दिने पुरानो प्रथा र रोगलाई भने मेयर आचार्यका केही कदमले निरुत्साहित भने बनाएका छन् । तर यी कदमहरु ठोस रुपमा भने सफल भईसकेका छैनन्, केबल आंशिक रुपमा मात्र कार्यान्वयन भएको अवस्था छ यतिबेला ।
कुन जग्गा वा मुद्दा हो त मेयर आचार्यले खुशी व्यक्त गरेको :
अन्तत सहि निर्णय भएको छ
सार्बजनिक सम्पतिको रक्षा गराउने अभियानमा लाग्नुहुने सम्पुर्ण मा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
पोखराको न्यूरोडमा रहेको ५ रोपनी भन्दा बढि क्षेत्रफलको जमिनको विवाद थियो यो । जुन जिल्ला अदालत कास्कीले पोखरा उपत्यका नगर विकास समितिको हुने फैसला गरेको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले सो ५ रोपनी जग्गामा समितिको दाबी पुग्ने फैसला गरिदिएका हुन् ।
हाल चल्तीमा रहेको जग्गाको भाउ अनुसार अर्बौँ रुपैयाँ पर्ने सो जग्गामा पोखरा महानगरपालिका वडा नम्बर ४ का कोइराला परिवारको दाबी रहँदै आएको थियो । राजेन्द्रनिधि कोइराला, शकुन्तला कोइराला र भरतराज कोइरालाले दाबी गर्दै आएको जग्गा सार्वजनिक र सरकारी कायम गरिपाऊ भनि नागरिक समाजका अगुवाहरू विष्णुप्रसाद बराल, परशुराम बराल र अधिवक्ता डिल्लीराम अधिकारीले कास्की जिल्ला अदालतमा रिट दायर गरेका थिए ।
३२ सालमा पोखरा नगर योजना कार्यान्वयन समितिले करुणानिधि र खेमलाल सहित ४१ जनाको जग्गा लिइ पोखरा न्युरोड जग्गा विस्तार तथा विकास गरेको थियो । त्यतिबेला उनीहरुको जमिनमात्रै समितिको नाममा आउन बाँकी थियो ।
कोइरालाले आफूहरुको नाममा आउनुपर्ने जमिन ३८ सालमै अरुलाई बेचेका थिए । बाँकी जमिन पनि आफूहरुकै हुनुपर्ने दाबी कोइरालाहरुको थियो । अंशबन्डाका लागि जग्गा फुकुवा गरिपाऊँ भनी कोइराला परिवारले सुरुमा हालेको मुद्दा सर्वाेच्चसम्म पुगेको थियो । सर्वाेच्चले हकलाग्नेसम्मको फुकुवा भनेपछि फुकुवाका लागि मुद्दा उत्पत्ति भएको जिल्ला अदालतमै मुद्दा आएको थियो ।
हामी सबैको प्रयास सफल भएको छ।
मेयर आचार्यले सामाजिक सञ्जाल फेसबुकमा राखेको स्टाटस :

१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई