पोखरा, १० असार । बाल यौन दुरुपयोगको आरोपमा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ मा रहेको ज्ञानज्योती ईङ्लिस बोर्डिङ स्कुलका सञ्चालक रामचन्द्र शाहीलाई आज प्रहरीले पक्राउ गरेको छ ।
माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ मा बस्ने ४८ वर्षीय शाहीलाई बाल यौन दुरुपयोग, अप्राकृतिक मैथुन तथा बालबालिका सम्बन्धी कसुरमा प्रहरीले शाहीलाई पक्राउ गरेको हो । कास्की जिल्ला अदालतबाट प्रहरीले ५ दिनको म्याद थप गरी घटनाका सम्बन्धमा अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जारी विज्ञप्तिमा उल्लेख गरेका छन् ।