
१उच्च अदालतले सदर गरेसँगै पोखरा-२४ का वडाध्यक्ष अधिकारीलाई जेल सजाय
२गृहमन्त्रीका विवादित साझेदार नैं प्रहरी–सशस्त्रको हतियार खरिद ठेक्कामा
३कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५फ्री तिब्बतदेखि विवादित शंकर ग्रुप र दीपक भट्टसम्मको सञ्जालमा गृहमन्त्री सुधन गुरुङ
६पर्यटकहरूलाई दुःख दिने १६ जना महिलाहरू पक्राउ
७रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
८अस्पताललाई ‘हिरासत वार्ड’ बनाउने प्रवृत्तिको अन्त्य गर
९सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
१०२०६२ देखिका उच्च पदस्थ कर्मचारी र प्रमुख राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने
११मन्त्री बन्न नपाएको झोंकमा द्रोर्णकुमारले दिए राजीनामा
१२गण्डकी प्रदेशका नयाँ मन्त्रीहरुले आजै लिए सपथ
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
३मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
४सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
५कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
६अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
७पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
८लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
९धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
१०कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
११सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
१२महान्यायाधिवक्ता सविता भण्डारीको हर्कतहरु, ७ अर्ब रुपैयाँको राजश्व छलिमा वर्ल्डलिंकलाई क्लिन चिट
पोखरा, ६ असार । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले दलीय प्रणालीभन्दा बाहिरबाट जनताको सेवा गर्न कठिन हुने बताएकी छन् । उनले स्वतन्त्रबाट लडेर चुनाव जितेकाहरुको काम हेर्न बाँकी रहेको पनि बताइन् ।
नेपाल तरुण दल कास्कीले सोमबार पोखरामा विपत् व्यवस्थापन नागरिक सेवामा तरुण दलको भूमिका एवं निर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको मन जित्ने गरी काम गर्न जनप्रतिनिधिलाई सुझाव समेत दिइन् ।
प्रधानमन्त्री पत्नी समेत रहेकी नेतृ आरजु देउवाले स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयरमा बालेन शाहले चुनाव जितेपछि स्वतन्त्र उम्मेदवार बन्नेहरुको लहरै चलेको उल्लेख गरिन् । उनले भनिन्, अहिले जति पनि स्वतन्त्रले जितेका छन् नि, उनीहरू एउटा–एउटा गुण पहिचान गरी नेता बनेका हुन्, म ओपन्ली त भन्न चाहन्नँ तर सोसल मिडिया रूटिङ अफ नेपाल बन्द बालेनले कतिमा हायर गर्नुभयो ?’
विभिन्न पेसासँगै पत्रकारितासमेत छोडेर राजनीति गर्न आएका छन् भन्दै उनले भनिन्, हुन त राम्रो हो । रमाइलै हुन्छ । विभिन्न विचार बोकेका मानिस राजनीतिमा आउँदा । तर उनीहरुको काम कस्तो हुन्छ हेर्न बाँकी छ । स्थानीय तहमा बसेर काम गर्न झन् गाह्रो रहेको भन्दै उनले आफूलाई सुशासनबारे चिन्ता लागेको बताइन् । गएको निर्वाचनमा उम्मेदवारी दोहो¥याएका सबै दलका जनप्रतिनिधिहरु सोचेअनुरुप निर्वाचित हुन नसक्नुमा नेतृ देउवाले यसबारेमा काम, क्षमता र लोकप्रियता जनताले मापन गरेको बताइन् ।
उनले प्रधानमन्त्री हुन सजिलो भए पनि काम गर्न गाह्रो भएको दाबी गरिन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा मुलुकका ५ पटक प्रधानमन्त्री भएको तर जनचाहनाअनुसार काम गर्न गाह्रो भएको बताइन् । ‘पद पाउन सजिलो छ तर त्यहाँ बसेर काम गर्न जनतालाई भनेअनुसार काम गर्न गाह्रो छ’ उनले भनिन्, ‘गठबन्धनको सरकार हो । सबैका चाहना, सबैका विचार हुन्छन् । त्यसलाई मिलाएर लैजान चुनौती छ ।’
उनले पदमा पुगेपछि धेरै गर्छु भन्ने लागेको हुन्छ तर पूरा गर्न गाह्रो छ । प्रधानमन्त्री देउवालाई पनि उठेदेखि सुत्नेबेलासम्म फुर्सद नहुने गरेको आफूले नजिकबाट देखेको उल्लेख गर्दै उनले भनिन्, ‘उठेदेखि सुतेसम्म त्यो घोडालाई दौडाएजस्तै दौडाएको छ, दौडाएको छ । मिटिङ, सेमिनार, राजदूत, मन्त्री, को को हो के हो ।’
कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पार्टीले दिएको निर्देशन तरुणहरुले पालना गरेको दाबी गरे । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगाना, गण्डकी प्रदेशका शिक्षा संस्कृति तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री कुमार खड्का, संचारमन्त्री बिन्दुकुमार थापा, कांग्रेस कास्की सभापति किशोरदत्त बराल, तरुण दलका पूर्व केन्द्रीय सदस्य ऋषि काफ्ले, तरुण दलका जिल्ला अध्यक्ष मनोज गुरुङ लगायतले आगामी चुनावमा कांग्रेसलाई पहिलो दल बनाउन लागिपर्नुपर्ने विचार राखेका थिए । सो अवसरमा कास्कीबाट गत ३० वैशाखको चुनावमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
३मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
४सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
५कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस