
१लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
३रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
४प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
५रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
६रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
९सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
१०‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
११कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
काठमाडौँ, २७ जेठ । पशुपति क्षेत्र विकास कोषले बतास समूहलाई एक साताको अल्टिमेटम दिदैं नेपाल–भारत मैंत्री पशुपति धर्मशाला भवन छाड्न पत्र पठाएको छ । जेठ मसान्तभित्रमा धर्मशाला खाली गरेर साँचो बुझाउन कोषले बतास समूह अन्तर्गतको होटल आनन्दलाई हिजो बुधबार पत्राचार गरेको हो ।
पशुपतिनाथको दर्शन गर्न आउनेहरुलाई लक्षित गर्दै भारत सरकारको करिब ४० करोड रुपैयाँ सहयोगमा पशुपतिनाथ मन्दिर नजिकै ‘नेपाल–भारत मैत्री पशुपति धर्मशाला’ निर्माण गरेको थियो । तर राजनीतिक सेटिङ मिलाएर पोखराका व्यापारी आनन्दराज बतासले उक्त धर्मशाला कब्जा जमाएका थिए ।
कोषका सदस्यसचिव मिलनकुमार थापाले प्रेषित गरेको पत्रमा बतास समूहलाई जेठ मसान्तसम्मको बाँकी बहाललगायतका भुक्तानी गर्नुपर्ने रकम तिरेर हिसाब फरफारक गराउनुका साथै सम्झौताविपरीत भएका कामका कारण कोषलाई पर्न गएको हानी-नोक्सानी पनि तिर्न भनेको छ ।
बतास समूहले पशुपति धर्मशाला भित्र कम्तीमा ९ वटा अन्य व्यवसाय पनि सञ्चालन गरेको छानबिन समितिले भेटेपछि धर्मशाला भाडामा लगाउने सम्झौता रद्द गर्नुपर्ने भन्दैं सिफारिस गरेको थियो । धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनु पर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृतिबेगर धर्मशालाको भित्री भौतिक संरचना बाहिरी खाली भागमा विभिन्न सरञ्चनाहरु निर्माण गर्नेजस्ता कार्यहरु गरी बतास समूहले सम्झौताको उल्लंघन गरेको औंल्याएको थियो ।
छानबिन समितिको प्रतिवेदनले १९ रोपनी जग्गामा फैलिएको धर्मशाला लिजमा दिँदा बतास समूहलाई कानुन उल्लंघन गरेर सम्झौता गरेको भन्दै कोष ऐन, २०४४ को दफा ८ बमोजिम गठित सञ्चालक परिषद्को स्वीकृतिबेगर नै नेपाल–भारत मैत्री ‘पशुपति धर्मशाला’ भाडामा दिने सम्झौता कानुनसम्मत नदेखिएको जनाएको थियो ।
काठमाडौं जिल्ला अदालतले गत बुधबार बतास समूहलाई धर्मशालामा होटल सञ्चालन गर्न दिन यसअघि जारी गरिएको अन्तरकालीन आदेश बदर गरेसँगै करार रद्द गर्ने कोषको निर्णय कार्यान्वयनका लागि बाटो खुलेको थियो । होटल आनन्दलाई ०७६ जेठ १ गते करार सम्झौता गरी कोषले धर्मशाला भाडामा दिएको थियो । तर, करार सम्झौताहरुको गम्भीर उल्लंघन भएको जनाउँदै ०७८ चैत १४ गते बतास समूहसँग सम्झौता रद्द भइसकेको छ । कोषले सम्झौता रद्द गरेपछि बतास समूह अदालत पुगेको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवा लगायत एमालेका केही नेताहरुसँगको निकटताको फाईदा उठाउँदै सेटिङ मिलाएर कानुन छल्दै व्यापारी आनन्द बतासको समूहले धर्मशाला भित्र विभिन्न गतिविधिहरु सञ्चालन गरेको सुईको पाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सशक्त रुपमा यस विषयको छानबिन र कार्वाहीका लागि पहल गरेका थिए ।
व्यापारी आनन्द बतास समूहले देशव्यापी रुपमा नै सरकारी तथा सार्वजनिक सम्पत्तिहरु यसरी नै सेटिङ मिलाएर कब्जा गर्दै आईरहेका थिए । नारायणहिटी राजदरबार भित्रको हर्कत विवादित बनेपछि एकपछि अर्को गर्दै बतास समूहले कब्जा गरेका ठाउँहरुबाट निकालिएका छन् । यसअघि नारायणहिटी राजदरबार संग्रहालय र पोखराको नयाँबजारस्थित संग्रहालयबाट पनि बतास समूह निकालिएको छ ।
पैसा उठाउन सक्रिय नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्षदेखि अन्य व्यापारीहरु मौंन
त्यसैगरी, पोखरामा अक्सिजन प्लान्ट निर्माण गर्ने भनेर करोडौं संकलन गरेको यो समूहले बषौं बित्दा समेत आजसम्म अक्सिजन प्लान्ट निर्माण गर्न सकेको छैन । यसमा पोखरामा पत्रकारदेखि अन्य व्यापारीहरुको पनि संलग्नता थियो । जसले पैसा उठाउनका लागि व्यापक पहल गरेका थिए । तर पैसा उठेको बषौं भईसक्दा पनि अक्सिजन प्लान्ट नबन्दा पैसा उठाउन सक्रिय नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्षदेखि अन्य व्यापारीहरु यतिबेला मौंन छन् ।

व्यापारी आनन्द बतास समूहले देशव्यापी रुपमा नै सरकारी तथा सार्वजनिक सम्पत्तिहरु यसरी नै सेटिङ मिलाएर कब्जा गर्दै आईरहेका थिए । नारायणहिटी राजदरबार भित्रको हर्कत विवादित बनेपछि एकपछि अर्को गर्दै बतास समूहले कब्जा गरेका ठाउँहरुबाट निकालिएका छन् । यसअघि नारायणहिटी राजदरबार संग्रहालय र पोखराको नयाँबजारस्थित संग्रहालयबाट पनि बतास समूह निकालिएको छ । तस्विर साभार
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए