
१रिलायन्स फाइनान्स पोखरा शाखाद्वारा रक्तदान
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
४रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
५नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
६फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
७बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
८अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
९स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
१०कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
११उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
१२रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
६‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
७उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
८कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
१०आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
११कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१२बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थी ४२ वर्षीय सहायक प्रधानाध्यापक दिपेन्द्रप्रसाद बस्ताकोटीलाई बिहीबार विहान प्रहरीले पक्राउ गरेसँगैं यो रहस्य खुलेको हो । महोत्तरी साविक पोखभिण्डा गाविस बस्ने अभयकुमार यादवको ठाउँमा बस्ताकोटीले परीक्षा दिइरहेको अवस्थामा लोकसेवा आयोगको परीक्षाको केन्द्राध्यक्षले फेला पारेका थिए ।
पोखरा, २१ जेठ । नक्कली परीक्षार्थी बनेर लोकसेवा आयोगको परीक्षामा बर्षौंदेखि सहभागी हुँदै आएका कालिका माध्यमिक विद्यालय पोखरा–२४ का सहायक प्रधानाध्यापक दिपेन्द्रप्रसाद बस्ताकोटीलाई प्रहरीले पक्राउ गरेको छ । विज्ञानका स्थायी शिक्षक समेत रहेका वस्ताकोटी लगायतको एक गिरोहले वषौंदेखि यो धन्दा सञ्चालन गर्दै लाखौं रुपैयाँ असुल्दै आईरहे पनि प्रहरी प्रशासन भने बेखबर नै थियो ।
बषौंदेखि सेटिङमा लाखौं रुपैयाँ लिएर धन्दा सञ्चालन गर्दै आईरहेका सहायक प्रधानाध्यापक वस्ताकोटी पक्राउ परेसँगैं उनको गिरोहमा भागदौंड मच्चिएको छ । पछिल्लो समय हेटौंडा उपमहानगरपालिका–१ स्थित एक स्कुलमा सञ्चालन भइरहेको लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थी ४२ वर्षीय सहायक प्रधानाध्यापक बस्ताकोटीलाई बिहीबार विहान प्रहरीले पक्राउ गरेसँगैं यो रहस्य खुलेको हो ।
महोत्तरी साविक पोखभिण्डा गाविस बस्ने अभयकुमार यादवको ठाउँमा बस्ताकोटीले परीक्षा दिइरहेको अवस्थामा लोकसेवा आयोगको परीक्षाको केन्द्राध्यक्षले फेला पारेका थिए । केन्द्राध्यक्षले तत्कालैं प्रहरीलाई जानकारी गराई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले नक्कली परीक्षार्थी वस्ताकोटीलाई पक्राउ गरेको हो । पक्राउ परेका सहायक प्रधानाध्यापक वस्ताकोटीको झोलाबाट नगद ५८ हजार ५ सय रूपैयाँ र विभिन्न व्यक्तिहरूको ४ थान नागरिकतासमेत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
सहायक प्रधानाध्यापक वस्ताकोटीको बषौंदेखिको यो धन्दामा ठुलै समूह सक्रिय रहेको छ । हाल पोखरा–२, मिरुवामा नयाँ घर बनाएर बसोबास गर्दै आएका वस्ताकोटीको गिरोहले लाखौं रुपैयाँ लिएर नक्क्ली परीक्षार्थी बनेर सयौं मानिसलाई खरदार, सुब्बादेखि अधिकृतसम्मको परीक्षामा नाम निकालिदिएका छन् ।

लोकसेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी बनेर लाखौं रुपैयाँ लिएर नाम निकाल्ने धन्दामा सक्रिय कालिका माविका सहायक प्रधानाध्यापक वस्ताकोटीले पोखरा-२, मिरुवामा बनाएको घर । सम्पत्ति शुद्धिकरण विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको विशेष टोलीले छानबिन गर्ने हो भने सहायक प्रधानाध्यापकसहितको ठुलो गिरोह पक्राउ पर्ने निश्चित छ । तस्विर साभार: दिपेन्द्र वस्ताकोटीको फेसबुकबाट
विश्वासिलो स्रोतका अनुसार सहायक प्रधानाध्यापक वस्ताकोटीको बषौंदेखिको यो धन्दामा ठुलै समूह सक्रिय रहेको छ । हाल पोखरा–२, मिरुवामा नयाँ घर बनाएर बसोबास गर्दै आएका वस्ताकोटीको गिरोहले लाखौं रुपैयाँ लिएर नक्क्ली परीक्षार्थी बनेर सयौं मानिसलाई खरदार, सुब्बादेखि अधिकृतसम्मको परीक्षामा नाम निकालिदिएका छन् ।
धेरै समय स्कुल विदामा लिएर बाहिर–बाहिर यस्तै धन्दामा हिडिरहने सहायक प्रधानाध्यापक वस्ताकोटीले आर्जन गरेको सम्पत्तिको छानबिन गर्ने हो भने यो गिरोहको सम्पूर्ण धन्दा पर्दाफार्स हुने जानकारहरु नै बताउँछन् । लाखौं रुपैयाँ असुल्ने र नक्कली परीक्षार्थी बनेर नाम निकालिदिने सहायक प्रधानाध्यापक वस्ताकोटी लगायतको टिमलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र नेपाल प्रहरीले विशेष छानबिन गर्ने हो भने पोखराबाट मात्रैं दर्जनौं व्यक्तिहरु कारवाहीको दायरामा पर्ने निश्चित छ ।
प्रहरी प्रशासनसँग पनि लाखौं रुपैयाँ बुझाएर सेटिङ मिलाएको छु भन्दै धाकधम्की दिने सहायक प्रधानाध्यापक वस्ताकोटीको गिरोहलाई कारवाही हुन्छ कि सामान्य धरौंटीमा उनले भने झैं रिहा हुन्छन्, त्यो भने समयले नै बताउनेछ । तर उनले बषौंदेखि यहीँ धन्दा सञ्चालन गरी आर्जन गरेको करोडौं रुपैयाँका विषयमा सम्बन्धित निकायले छानबिन गर्ने हो भने लोकसेवा आयोगबाट नाम निकालेर विभिन्न निकायहरुमा जागिर खाईरहेका सयौं मानिसहरुदेखि ठुलै गिरोहको पर्दाफास हुने निश्चित छ । सहायक प्रधानाध्यापक वस्ताकोटीको यस्तोधन्दाले यतिबेला कालिका माध्यमिक विद्यालय पोखरा–२४ कास्कीकोटको समेत बदनाम भईरहेको छ ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला