
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
मुस्ताङ, १७ जेठ । तारा एयर प्रा.लि.को दुर्घटनाग्रस्त भएको नाईन एनएईटी विमानको ‘ब्ल्याक बक्स’सहित महत्वपूर्ण सामानहरु सुरक्षाकर्मीले फेला पारेका छन् । साथै दुर्घटनामा परी मृत्यु भएका २२ जनामध्ये बाँकी १२ जनाको शव पनि सुरक्षाकर्मीले संकलन गरेर कोवाङ झरिसकेको छ । आइतबार बिहान ९ः५५ बजे पोखराबाट उडेको उक्त विमान १०ः१५ देखि सम्पर्कविहीन भएको थियो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार हिजो संकलन गर्न बाँकी रहेका १२ जनाको शव सेनाको हेलिकप्टर मार्फत् पोखरा हुँदै काठमाडौं पठाई सकिएको छ । सुरक्षाकर्मीले उद्धारका क्रममा खटिदाँ आज विमानको ब्लयाक बक्ससहित महत्वपूर्ण सामानहरु समेत भेटेको थियो ।
मुस्ताङको थासाङ गाउँपालिका–२, सानुसरेमा पोखराबाट जोमसोमका लागि आइतबार विहान ९ः५५ बजे उडेको तारा एयरको विमान १९ घण्टापछि भोलिपल्ट विहान दुर्घटनाग्रस्त अवस्थामा भेटिदाँ २२ जनाको ज्यान गएको थियो । चालक दलका तीन सदस्य रहेको विमानमा १३ नेपाली यात्रु, चार भारतीय र दुई जर्मन नागरिक थिए ।
सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गरेका थिए । उनले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडियो पठाएका थिए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेर दुर्घटनामा परेर ज्यान गुमाएकाको शव संकलन र उद्धार गरेका थिए ।