
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा, ६ जेठ । पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यको जीत सुनिश्चित भएको छ । उपमेयरमा भने नेकपा एमालेकी मञ्जु गुरुङको सम्भावना जीतको धेरै नजिक देखिएको छ । आजसम्म गणना भएको १ लाख २५ हजार ५ सय २० मतको स्थिति हेर्दा मेयरमा आचार्य र उपमेयरमा गुरुङ जीतको नजिक पुगेका हुन् ।
१ लाख २५ हजार ५ सय २० मत गणना ४ हजार २९ मतको अन्तरले एकीकृत समाजवादीका आचार्यले निरन्तर अग्रता कायम गरिरहेका छन् । ५० हजार ६ सय १२ मतका साथ आचार्यले अग्रता कायम गरेका हुन् । उनलाई एमालेका कृष्ण थापाले ४६ हजार ५ सय ८३ मतका साथ पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले ५ हजार ३ सय ३७ र लौरो चिन्नका उम्मेदवार खड्कराज (गनेश) पौडेलले २ हजार ८ सय ६४ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेकपा एमालेकी मञ्जु गुरुङले ५३ हजार १ सय ७३ मतका साथ अग्रता लिइरहेकी छन् । उनले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ३ हजार ५ सय ८७ मतान्तरले पछि पार्दै अग्रता लिएकी हुन् । कांग्रेसकी उम्मेदवार रानाभाटले ४९, ५ सय ८६ मत प्राप्त गरेकी छिन् । पछिल्लो तथ्याङ्क हेर्दा उपमेयरमा गुरुङ पनि जीतको नजिक पुगेकी छिन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उपमेयरका उम्मेदवार रञ्जना सेनले ५ हजार ३ सय १८ मत प्राप्त गरेकी छिन् ।