
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१२रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
शुक्रबार मात्र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुन्दर तिवारी कैं अगाडि मतगणना स्थलमा एक व्यक्ति बिना पास प्रवेश गरेका थिए । यो घटनाका प्रत्यक्षदर्शीका अनुसार मूलगेटबाट बिना पास छिरेका ती व्यक्ति मतगणना केन्द्रमा समेत प्रतिनिधि पास बिनैं पुगेका थिए । एकातिर बिना पास सरासर मानिस मतगणना भएको ठाउँसम्म पुगेका छन् भने अर्कोतर्फ फर्जी कार्ड भिरेर भित्रै पुगेका व्यक्तिहरुलाई समेत प्रहरीले पक्राउ गरेर पनि कारवाही नगरी त्यसै छाडेको छ ।
पोखरा, ७ जेठ । पोखरा महानगरपालिकाको मतगणना स्थल यतिबेला असुरक्षित बनेको छ । पोखराका ३३ वडाहरुको मतगणना भईरहेको स्थल भित्र बिना पास जो कोही पनि सजिलैसँग भित्रसम्म आउँजाउँ गर्न सक्ने स्थिति त्यहाँ देखिएको छ । त्यहाँ खटिएका सुरक्षाकर्मीको चरम लापरवाही हो वा मिलेमतो हो पछिल्लो समय यस्ता घटना निकै बढेका छन् ।
स्रोतका अनुसार केही व्यक्तिहरुको योजनामा मतपत्र च्यात्ने, नष्ट गर्ने वा क्षति पु¥याउने हिसाबले यो गतिविधि भईरहेको हो । तर यो गतिविधिलाई नियन्त्रण गर्नुपर्ने र मतगणनास्थललाई सुरक्षा प्रदान गर्नुपर्ने सुरक्षाकर्मी समेत यतिबेला यस्ता हर्कतहरुलाई सहयोग पुग्ने गरी वेवास्ता गरिरहेका छन् । पछिल्ला केही घटनाले मतगणनास्थल सुरक्षाकर्मी कैं बिचमा पनि जोखिमपूर्ण देखिएको छ । पछिल्लो घटनालाई हेर्दा सुरक्षाकर्मीको लापरवाही हो वा मिलेमतो हो भन्ने विषय छानबिनको दायरामा ल्याउनु पर्ने देखिएको छ ।
शुक्रबार मात्र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुन्दर तिवारी कैं अगाडि मतगणना स्थलमा एक व्यक्ति बिना पास प्रवेश गरेका थिए । यो घटनाका प्रत्यक्षदर्शीका अनुसार मूलगेटबाट बिना पास छिरेका ती व्यक्ति मतगणना केन्द्रमा समेत प्रतिनिधि पास बिनैं पुगेका थिए । तर उनलाई न त मुख्य गेटमा सुरक्षाकर्मीले रोके, न त भित्रसम्म पुग्दा अगाडि नै उभिएका डिएसपी तिवारीले रोके । यस्ता गतिविधिहरु भईरहँदा पनि मौंन देखिएका कास्कीका प्रवक्ता डिएसपी तिवारी कैं गतिविधिप्रति त्यहाँ भएका कर्मचारी तथा प्रतिनिधिहरुले नैं आशंका व्यक्त गरिरहेका छन् ।
एकातिर बिना पास सरासर मानिस मतगणना भएको ठाउँसम्म पुगेका छन् भने अर्कोतर्फ फर्जी कार्ड भिरेर भित्रै पुगेका व्यक्तिहरुलाई समेत प्रहरीले पक्राउ गरेर पनि कारवाही नगरी त्यसै छाडेको छ । सरकारी छाप, लोगो दुरुपयोग गरी किर्ते कार्ड बनाएका एमालेका कार्यकर्ता डिल्लीराम तिवारीसहितका तीनजनालाई कास्की प्रहरीले पक्राउ गरेर पनि मुद्दा नचलाई त्यसै छाड्नुले पनि सुरक्षा निकायको मिलेमतोमा गलत कामकारवाही भईरहेको स्वतः पुष्टि भएको छ ।
सरकारी छाप, लोगो दुरुपयोग गरी किर्ते कार्ड बनाएका एमालेका कार्यकर्ता डिल्लीराम तिवारीसहितका तीनजनालाई कास्की प्रहरीले पक्राउ गरेर पनि मुद्दा नचलाई त्यसै छाड्नुले पनि सुरक्षा निकायको मिलेमतोमा गलत कामकारवाही भईरहेको स्वतः पुष्टि भएको छ ।
डिएसपी सुन्दर तिवारी कैं अगाडि हिजोमात्र मतगणनास्थलमा पोखरा वडा नं. २१ का वडा सदस्यका उम्मेदवार समेत रहेका झपट रानाभाट बिना पास मूलगेटबाट छिरेर मतगणना केन्द्र भित्रै पुगेका थिए । त्यहाँ रहेका केही व्यक्तिले एमालेका कार्यकर्ता रानाभाटलाई रोक्दै कार्ड देखाउन भनेपछि उनले एकजना प्रतिनिधिसँग पास मगाएर बल्ल देखाएका थिए । यस अघि वडा नं. ७ को मतगणनाका क्रममा झपट रानाभाटसहितको टोली मतगणना नै रोक्ने गरी त्यहाँ उदण्डता प्रर्दशन गरेका थिए । त्यस्ता व्यक्तिलाई प्रहरीले मूलगेटदेखि नै बिना पास प्रवेश छुट गराउनुले पनि पोखराको मतगणनास्थल असुरक्षित भएको पुष्टि भएको छ ।
त्यसो त, मुख्य निर्वाचन अधिकृतले सुरक्षा निकायलाई उम्मेदवारहरु प्रतिनिधिको रुपमा बस्न नपाउने भनेर निर्णय गराई निर्देशन समेत दिईसकेका थिए । तर त्यहाँ फर्जी कार्ड बनाएर एमालेका कार्यकर्ता डिल्लीरामसहित प्रवेश गरेका ३ जना व्यक्तिको विषयमा प्रहरीले यो घटना गुपचुप राखी कारवाही नगरी त्यसै छाड्नुले सुरक्षा निकायप्रति नै धेरै आशंकाहरु उब्जाएको छ । ती व्यक्तिहरुले जनमत पार्टीको फर्जी कार्ड बनाई भित्र प्रवेश गरेका थिए ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश