
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा, ७ जेठ । कास्कीको मादी गाउँपालिकामा अपराधिक पृष्ठभूमि भएका एक टोले गुन्डालाई नेकपा एमालेले चुनावी मैदानमा उतारे पनि त्यहाँका जनताले हराएर गण्डकी प्रदेशमा अर्को दीपक मनाङे जन्मिनबाट जोगाएका छन् ।
यदि नेकपा एमालेले राम्रो पृष्ठभूमि भएको पात्र मादी गाउँपालिकामा उठाएको भए नेपाली कांग्रेसलाई चुनाव जित्न हम्मे हम्मे पर्ने थियो । तर मादी गाउँपालिकामा नेपाली कांग्रेसका देवीजंग गुरुङले गुन्डागर्दीको पृष्ठभूमि भएका एमालेका उम्मेदवार शिवबहादुर गुरुङ उर्फ महेन्द्रे भोटेलाई सजिलैसँग पराजित गरे । जबकी गठबन्धनबाट उम्मेदवार बनेका लालबहादुर गुरुङलाई सजिलैसँग एमालेकी उपाध्यक्षकी उम्मेदवार कल्पना गुरुङले हराउन सफल भएकी थिईन् । खराब पृष्ठभूमि र व्यवसायमा आवद्ध भएको पात्र रोज्दा एमालेले मादीमा हार व्यहोर्नु परेको एमालेजनहरु नै बताउँछन् ।
अपराधिक पृष्ठभूमिका महेन्द्र भोटे बर्षौंसम्म प्रहरीको मोस्ट वाण्टेड सूचीमा परेका र पोखराका विभिन्न अपराधिक घटनाहरुमा संलग्न भएका गुन्डागर्दी पृष्ठभूमिका पात्र हुन् । राजनीतिमा अपराधिक पृष्ठभूमिका पात्र प्रवेश गरेपछि के कस्तो हुन्छ भनेर भोग्दै गरेको गण्डकी प्रदेशले अर्को दीपक मनाङे जन्मिनबाट रोक्न मादीका गाउँलेहरु सफल भएका हुन् । दिनदाहाडै कर्मचारीहरु कुट्ने, जनता कुट्ने, वरपर गुन्डाहरुको ताँती राखेर मन्त्रालयमा बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्न पनि यसपटक मादीका गाउँलेहरु एकजुट भएका छन् ।

तस्विरमा नेपाल प्रहरीको मोस्ट वाण्टेडमा रहेपछि पक्राउ गर्दाको तस्विर र पछि कांग्रेसबाट एमालेमा प्रवेश गरेपछि एक कार्यक्रममा एमाले नेता राजीव पहारी र शिबबहादुर गुरुङ उर्फ महेन्द्र भोटे । फाईल तस्विर
अहिले पनि पोखरामा रात्रिकालिन व्यवसाय ट्रेजर लाउन्च बार सञ्चालन गर्ने उनी राजनीतिको आडमा आफ्नो धन्दा भित्रभित्रै चलाई रहेका छन् । नेपाली कांग्रेसको आडमा पोखरामा ‘एलजी ग्रुप’बाट गुन्डागर्दी गर्ने महेन्द्रे भोटे पछि राजिव पहारीले एमालेमा प्रवेश गराएका थिए । हाल उनी एमालेको युवा संगठनमा आवद्ध छन् ।
गुन्डागर्दी पृष्ठभूमि भएका अधिकांश टोले गुन्डाहरुले देशभरी नै सञ्चालन गर्ने भनेको नाईट क्लब, डिस्को बार र रात्रिकालिन व्यवसाय नै हो । जहाँ गुन्डागर्दीको बलमा राज गर्न सकिन्छ । त्यस्तो व्यवसायमा संलग्न भएका धेरै अपराधिहरु पछिल्लो समय आफू सुरक्षित हुनका लागि राजनीतिमा घुस्ने गरेका छन् । राजनीतिको आवरणमा सुरक्षित भएर गुन्डागर्दी, हप्ता असुली, लागूऔषध कारोबार, देह व्यापारको अखडा लगायतका धन्दाहरु सञ्चालन गर्ने गरेको प्रष्टसँग देख्न सकिन्छ । प्रहरीबाट सुरक्षित हुँदै नेताको संरक्षणबाट मौंलाउँदै गएको यो प्रवृत्ति पछिल्लो पटक स्वयं नैं नेताका रुपमा प्रकट हुन थालेका छन् । जसले गर्दा आमजनताहरु त्रसित र भयवित छन् ।

तत्कालिन अवस्थामा शिबबहादुर गुरुङ उर्फ महेन्द्रे भोटेले सञ्चालन गरेको ओजन डिस्कोमा एकजना प्रहरी भीमबहादुर रानालाई टाउको नै रडले हानेर फुटालेपछि प्रहरीले दर्जनौं गुन्डासहित भोटेले पक्राउ गरी थुनामा राखेको थियो । सो मुद्दामा धेरैलाई जेल नै चलान गरेको थियो कास्की प्रहरीले । सोही समयमा प्रकाशित स्थानीय पत्रिका डन न्यूज दैनिकको समाचार । फाईल तस्विर

जसले प्रहरीको नै टाउको फुटाल्न पछि परेनन्, के उनीहरुले जनतालाई बाँकी राख्थे त ? : पोखराको लेकसाईडमा महेन्द्र भोटेले सञ्चालन गरेको ओजन डिस्को भित्र भएको घटना । जहाँ महेन्द्रे भोटे लगायतका गुन्डाहरुको टोलीले प्रहरी भीमबहादुर रानालाई टाउकोमा रडले हानेर रक्तमुछिल बनाएका थिए । फाईल तस्विर