
१डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
२लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
३पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
६पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
७देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
८जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
९फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
१०माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
११जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१२उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
पोखरा, ७ जेठ । कास्कीको मादी गाउँपालिकामा अपराधिक पृष्ठभूमि भएका एक टोले गुन्डालाई नेकपा एमालेले चुनावी मैदानमा उतारे पनि त्यहाँका जनताले हराएर गण्डकी प्रदेशमा अर्को दीपक मनाङे जन्मिनबाट जोगाएका छन् ।
यदि नेकपा एमालेले राम्रो पृष्ठभूमि भएको पात्र मादी गाउँपालिकामा उठाएको भए नेपाली कांग्रेसलाई चुनाव जित्न हम्मे हम्मे पर्ने थियो । तर मादी गाउँपालिकामा नेपाली कांग्रेसका देवीजंग गुरुङले गुन्डागर्दीको पृष्ठभूमि भएका एमालेका उम्मेदवार शिवबहादुर गुरुङ उर्फ महेन्द्रे भोटेलाई सजिलैसँग पराजित गरे । जबकी गठबन्धनबाट उम्मेदवार बनेका लालबहादुर गुरुङलाई सजिलैसँग एमालेकी उपाध्यक्षकी उम्मेदवार कल्पना गुरुङले हराउन सफल भएकी थिईन् । खराब पृष्ठभूमि र व्यवसायमा आवद्ध भएको पात्र रोज्दा एमालेले मादीमा हार व्यहोर्नु परेको एमालेजनहरु नै बताउँछन् ।
अपराधिक पृष्ठभूमिका महेन्द्र भोटे बर्षौंसम्म प्रहरीको मोस्ट वाण्टेड सूचीमा परेका र पोखराका विभिन्न अपराधिक घटनाहरुमा संलग्न भएका गुन्डागर्दी पृष्ठभूमिका पात्र हुन् । राजनीतिमा अपराधिक पृष्ठभूमिका पात्र प्रवेश गरेपछि के कस्तो हुन्छ भनेर भोग्दै गरेको गण्डकी प्रदेशले अर्को दीपक मनाङे जन्मिनबाट रोक्न मादीका गाउँलेहरु सफल भएका हुन् । दिनदाहाडै कर्मचारीहरु कुट्ने, जनता कुट्ने, वरपर गुन्डाहरुको ताँती राखेर मन्त्रालयमा बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्न पनि यसपटक मादीका गाउँलेहरु एकजुट भएका छन् ।

तस्विरमा नेपाल प्रहरीको मोस्ट वाण्टेडमा रहेपछि पक्राउ गर्दाको तस्विर र पछि कांग्रेसबाट एमालेमा प्रवेश गरेपछि एक कार्यक्रममा एमाले नेता राजीव पहारी र शिबबहादुर गुरुङ उर्फ महेन्द्र भोटे । फाईल तस्विर
अहिले पनि पोखरामा रात्रिकालिन व्यवसाय ट्रेजर लाउन्च बार सञ्चालन गर्ने उनी राजनीतिको आडमा आफ्नो धन्दा भित्रभित्रै चलाई रहेका छन् । नेपाली कांग्रेसको आडमा पोखरामा ‘एलजी ग्रुप’बाट गुन्डागर्दी गर्ने महेन्द्रे भोटे पछि राजिव पहारीले एमालेमा प्रवेश गराएका थिए । हाल उनी एमालेको युवा संगठनमा आवद्ध छन् ।
गुन्डागर्दी पृष्ठभूमि भएका अधिकांश टोले गुन्डाहरुले देशभरी नै सञ्चालन गर्ने भनेको नाईट क्लब, डिस्को बार र रात्रिकालिन व्यवसाय नै हो । जहाँ गुन्डागर्दीको बलमा राज गर्न सकिन्छ । त्यस्तो व्यवसायमा संलग्न भएका धेरै अपराधिहरु पछिल्लो समय आफू सुरक्षित हुनका लागि राजनीतिमा घुस्ने गरेका छन् । राजनीतिको आवरणमा सुरक्षित भएर गुन्डागर्दी, हप्ता असुली, लागूऔषध कारोबार, देह व्यापारको अखडा लगायतका धन्दाहरु सञ्चालन गर्ने गरेको प्रष्टसँग देख्न सकिन्छ । प्रहरीबाट सुरक्षित हुँदै नेताको संरक्षणबाट मौंलाउँदै गएको यो प्रवृत्ति पछिल्लो पटक स्वयं नैं नेताका रुपमा प्रकट हुन थालेका छन् । जसले गर्दा आमजनताहरु त्रसित र भयवित छन् ।

तत्कालिन अवस्थामा शिबबहादुर गुरुङ उर्फ महेन्द्रे भोटेले सञ्चालन गरेको ओजन डिस्कोमा एकजना प्रहरी भीमबहादुर रानालाई टाउको नै रडले हानेर फुटालेपछि प्रहरीले दर्जनौं गुन्डासहित भोटेले पक्राउ गरी थुनामा राखेको थियो । सो मुद्दामा धेरैलाई जेल नै चलान गरेको थियो कास्की प्रहरीले । सोही समयमा प्रकाशित स्थानीय पत्रिका डन न्यूज दैनिकको समाचार । फाईल तस्विर

जसले प्रहरीको नै टाउको फुटाल्न पछि परेनन्, के उनीहरुले जनतालाई बाँकी राख्थे त ? : पोखराको लेकसाईडमा महेन्द्र भोटेले सञ्चालन गरेको ओजन डिस्को भित्र भएको घटना । जहाँ महेन्द्रे भोटे लगायतका गुन्डाहरुको टोलीले प्रहरी भीमबहादुर रानालाई टाउकोमा रडले हानेर रक्तमुछिल बनाएका थिए । फाईल तस्विर
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई