
१गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
२कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
३धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
४धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
५बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
६बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
७धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
८पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
९नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
१०‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
११सुरक्षा निकायलाई विशेष सतर्कता अपनाउन निर्देशन
१२रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
६मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
१२२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
पोखरा, ६ जेठ । प्रेस काउन्सिल नेपालकी सदस्य दुर्गा भण्डारीले पत्रकार अनिशा श्रेष्ठसँग आज नेपाल पत्रकार महासंघ कास्कीमा माफी मागेकी छिन् । पत्रकार श्रेष्ठलाई हतोत्साही बनाउने गरी गैरजिम्मेवारीपूर्ण ढंगले व्यक्तिगत रुपमा आक्षेप लगाएकी भण्डारीले अब आईन्दा यस्तो गल्ती नदोहोर्याउने शर्तमा माफी मागेकी हुन् ।
सिटीवान टेलिभिजनमा कार्यरत पत्रकार श्रेष्ठमाथि दुव्र्यवहार भएपछि टेलिभिजनका व्रोडकास्टिङ्ग म्यानेजर विष्णु गौतमले नेपाल पत्रकार महासंघ कास्की, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश, नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय र प्रेस काउन्सिल नेपालमा यस्तो खालको दुव्र्यवहार र हिंसाको विपक्षमा उचित कारवाहीको माग गर्दै दुर्गा भण्डारीलाई कारवाही गर्न निवेदन दिएका थिए ।
आज भएको वार्तामा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, सहसचिव श्रीराम सिग्देल, दुर्गा भण्डारीका श्रीमान पुण्य पौडेल, सिटीवान टेलिभिजनका विष्णु गौतम लगायतको उपस्थितिमा दुर्गा भण्डारीले पत्रकार अनिशा श्रेष्ठसँग दुई हात जोडेर माफी मागेकी हुन् ।
प्रेस काउन्सिल कै सदस्य रहेकी भण्डारीले हिजो बिहीबार राती मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा रहेको मिडिया सेन्टरमा अन्तर्वार्ता लिईरहँदा सोधिएको प्रश्नको उत्तर दिन नसकेपछि झोक्किएर क्यामरा फ्रेमबाट बाहिरिदैं पत्रकार श्रेष्ठलाई व्यक्तिगत रुपमा आक्षेप लगाउने खालका अभिव्यक्तिहरु दिएकी थिईन् ।
सो अन्तर्वार्ताका क्रममा पत्रकार श्रेष्ठले भण्डारीलाई तपाईले नै निर्वाचनका समयमा आचारसंहिता उल्लंघन गरेको आरोप छ नि, के भन्नु हुन्छ ? भनेर सोधेकी थिईन् । यसको जवाफ दिन नसकेपछि अन्तर्वार्ता नै बिचमा छाडेर रिसाउँदै सञ्चारिका समूह गण्डकी प्रदेशको महासचिव समेत रहेकी श्रेष्ठलाई ”तिमीलाई सञ्चारिकाको महासचिव मैले बनाइदिएको हो, कांग्रेसले जित्यो भन्दैमा कोही फुरफुर नभए हुन्छ, कोबाट परिचालित हो भन्ने सबै थाहा छ’’ भन्दै हकारेकी थिईन् ।
आज भएको वार्तामा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, सहसचिव श्रीराम सिग्देल, दुर्गा भण्डारीका श्रीमान पुण्य पौडेल, सिटीवान टेलिभिजनका विष्णु गौतम लगायतको उपस्थितिमा दुर्गा भण्डारीले पत्रकार अनिशा श्रेष्ठसँग दुई हात जोडेर माफी मागेकी हुन् ।
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ