पोखरा, १ जेठ । दुईहजार चारसय मत गणना भईरहँदा पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा सत्तारुढ गठबन्धनकैं उम्मेदवारहरुले अग्रता हासिल गरिरहेका छन् । गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले नौंसय २३ मत ल्याई रहँदा नेकपा एमालेका कृष्ण थापाले आठसय ६ मत ल्याएका छन् ।
पोखरा महानगरपालिकाको वडा नं. १, २ र १२ को मतगणना चलिरहँदा सत्तारुढ गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेकी नेपाली कांग्रेसकी कोपिला रानाभाटले १ हजार २७ मत र उपमेयरकी उम्मेदवार नेकपा एमालेकी मञ्जु गुरुङले नौंसय चार मत ल्याएकी छिन् । मतगणना जारी छ ।