पोखरा, ३१ वैशाख । पोखरा महानगरपालिकाको मतगणना भर्खरैं शुरु भएको छ । सर्वदलीय बैठक सकेर निर्वाचन कार्यालयले दलहरुसँग विभिन्न सहमतिसहित जिल्ला समन्वय समितिको भवनमा मतगणना शुरु गरेको हो ।
जिल्ला समन्वय समितिको भवनमा शुरु भएको मतगणनामा वडा नं. १ र १२ को मतपत्र मिलाउने काम शुरु भईसकेको छ । दुई लाख सात हजार ७१२ जना मतदाता रहेको यस महानगरपालिकामा एक लाख ९६ हजार मत मात्र खसेको थियो । यतिबेला पोखरा महानगरपालिका वडा नं. १, १२ र २३ को मतगणनाका लागि मतपत्र मिलाउने काम भईरहेको छ ।