
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१२रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
पोखरा । नेपाली काँग्रेसको तर्फबाट पोखरा-१६ को वडाध्यक्षका प्रत्यासी उमेद्वार सिफारिस गर्दा झूठ्ठा विवरण पेश गरी दावी पेश भएको रहस्य खुलेको छ । नेपाली काँग्रेस पोखरा १६ का सभापति अमृत शर्मा तिमिल्सिनाले आफूलाई प्राध्यापन समेतका अन्य व्यवसायमा रहेको र लोकप्रिय नेता भएको विवरण पेश गरेको भेटिएपछि त्यस्तो रहस्य खुलेको हो ।
यद्यपि उनले प्राध्यापन कहाँ र कति वर्ष गरेका छन् भन्ने कुराको प्रमाण केही पनि पेश गर्न सकेका छैनन् । वि.स. २०५२ साल विन्ध्यवासिनी माविबाट एसएलसी पास गरेका शर्माको शैक्षिक योग्यता त्योभन्दा बढी नभएको जानकारहरु बताउँछन् । शर्मा यातायात व्यवसायी हुन् । उनी केही समयअघि माओवादी कोटाबाट ट्याक्सी व्यवसायी समितिको सचिव बनेका थिए ।
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काका विश्वास पात्र मानिने शर्मा उनकै जोडबलमा वडाध्यक्षको आकाँक्षी बनेको राजनीतिक वृत्तमा चर्चा छ । त्यसो त मन्त्री खड्काले पोखरा १६ मा आफ्नो गुट बनाउने काममा शर्मालाई नै खटाएको समाचार स्रोतले बताएको छ । यद्यपि वडाभित्र मन्त्री खड्को गुट कमजोर बन्दै गएको छ ।
वडाका ७ आकाँक्षीमध्ये होमबहादुर बानियाँ, मदन बस्नेत, धर्मराज थापा, शिवराज देवकोटा र राधाकृष्ण गुरुङ समेतका ५ जना वडाध्यक्षका आकाँक्षीहरुले शनिबार विहान पूर्वमहाधिवेशन प्रतिनिधि पद्मसिंह गुरुङलाई भेटी सर्वसम्मत् उमेद्वार बनिदिन आग्रह गर्दै आफूहरुको दावी छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर गुरुङले आफुनो वडाध्यक्ष बन्ने चाहना नभएको बताएर ५ जनाभित्र समहमति खोज्न आग्रह गरेको स्रोतले बतायो ।
पोखरा १६ मा मन्त्री खड्काइतरको समूह बलियो देखिएको अवस्थामा क्षेत्रले कसलाई उमेद्वार बनाउँछ भन्ने विषयलाई चासोपूर्वक हेरिएको छ । उता नेपाली काँग्रेस पोखरा नगर समितिले वडा नं. १६ बाट सिफारिस भएका ७ जना आकाँक्षीमध्ये शर्मालाई एकल उमेद्वारका रुपमा क्षेत्रमा सिफारिस गरेपछि वडाध्यक्षका अन्य केही आकाँक्षीले नगर सभापति सुरेन्द्र विजुक्छेलाई खबरदारी गरेका थिए ।
नगर सभापति विजुक्छेले डन न्यूजसँगको टेलिफोन वार्तामा भने–‘यस्तो झुट्टा विवरण पठाउने काम सरासर गलत हो । टिक (चिन्ह) लगाएर पठाउँदैमा हुँदैन । हामी त्यसलाई तुरुन्त बदर गरिदिन्छौं । अन्य अध्यक्षका दावेदारहरुले पनि गुनासो गर्नुभएको छ । हामी तत्कालै एक्सन लिन्छौं ।’
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश