
१पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
२रातो पासपोर्टप्रति नयाँ सांसदहरूको अतिरिक्त मोह : दुरुपयोगको इतिहास दोहोरिने खतरा !
३कुख्यात विचौंलियासँगको सम्बन्धका कारण सुधनको गृहमन्त्री पद नै चैट
४उच्च अदालतले सदर गरेसँगै पोखरा-२४ का वडाध्यक्ष अधिकारीलाई जेल सजाय
५गृहमन्त्रीका विवादित साझेदार नैं प्रहरी–सशस्त्रको हतियार खरिद ठेक्कामा
६कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा
७धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
८फ्री तिब्बतदेखि विवादित शंकर ग्रुप र दीपक भट्टसम्मको सञ्जालमा गृहमन्त्री सुधन गुरुङ
९पर्यटकहरूलाई दुःख दिने १६ जना महिलाहरू पक्राउ
१०रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
११अस्पताललाई ‘हिरासत वार्ड’ बनाउने प्रवृत्तिको अन्त्य गर
१२सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
६लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
७धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
८कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
९सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
१११४ वर्षे बालिकालाई घरेलु श्रमिक बनाई यातना दिने एमाले नेतृ रेखा शर्मा पक्राउ
१२अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
काठमाडौँ, २९ चैत । सत्तारुढ गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदको सिट बाँडफाँटको विषयमा विवाद चर्कदैं गएपछि केन्द्रीय संयन्त्रले यसको निर्णय गर्ने सहमति भएको छ । गठबन्धन दलहरूले निर्वाचनमा उम्मेदवारको सिट बाँडफाँटबारे आज बसेको बैठकबाट विभिन्न निर्णय गरेका छ ।
आज मंगलबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रले विवाद समाधानका लागि यस्तो निर्णय गरेको हो । यस्तै नगरपालिका र गाउँपालिकाका उम्मेदवारको सन्दर्भमा मेयर, उपमेयर साथै अध्यक्ष र उपाध्यक्ष पदको सिट बाँडफाँटबारे जिल्ला संयन्त्रले प्रदेशलाई सिफारिस गर्ने र प्रदेशले केन्द्रलाई पठाउने सहमति भएको छ ।
आज मंगलबार बेलुका कांग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकका निर्णयहरू सुनाएका हुन् । यस्तै गठबन्धन दलहरूले सिट बाँडफाँटका आधारहरु समेत तय गरेका छन् ।
गठबन्धन दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रले गरेका निर्णयहरू :
१. महानगरपालिका, उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको सिट बाँडफाँटको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने ।
२. नगरपालिका र गाउँपालिकाको क्रमशः प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षको तालमेलसम्बन्धी सिट बाँडफाँट गरी वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले समन्वय गरी वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।
३. महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाका वडा, अध्यक्ष तथा सदस्यहरुको सिट बाँडफाँट जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने ।
४. प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित दुई–दुई जना प्रतिनिधि रहने ।
५. प्रत्येक तहको संयन्त्रमा निर्णय लिनका लागि सम्बन्धित पार्टीले आ-आफ्नो आवश्यकताअनुसार प्रतिनिधि आमन्त्रण गर्न सकिनेछ ।
६. सबै तहको बैठकको संयोजन नेपाली कांग्रेसका सम्बन्धित तहका सभापतिले गर्नेछ ।
गठबन्धनभित्र सिट बाँडफाँटका आधारहरू :
१. ०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा (एकीकृत समाजवादी)मा कायम रहेका जनप्रतिनिधिलाई यसैअनुसार मान्ने ।
२. ०७४ मा गठबन्धनमा आबद्ध दलका उमेदवारले पालिका र वडामा प्राप्त मतको मतभारलाई मान्ने ।
३. ०७४ स्थानीय निर्वाचनमा विजय प्राप्त नगरेको भए पनि स्थानीय तहमा उपस्थित रहेका दललाई पनि तालमेलमा सहभागी गराउने ।
४. ०७४ को निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी स्थानमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने । अन्य दलका उमेदवारले पाएको मतभारलाई पनि आधार बनाउने ।
५. वर्तमान अवस्थामा रहेको संगठनको अवस्था र जनसमर्थनलाई पनि आधार मान्ने ।
६. गठबन्धनभित्र मात्र चुनावी तालमेल गर्न पाउने ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा