
१तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
२लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
३उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
४राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
५फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
६रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
७८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
८रिलायन्स फाइनान्स पोखरा शाखाद्वारा रक्तदान
९पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
१०मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
११रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
१२नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
६उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
७कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
८पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
९आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
१०बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
११कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१२संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
आजसम्म जे–जे गरे त्यो देखावटी रहेछ ?
नेकपा सचिवालय सदस्य सुदर्शन: त्यो सब देखावटी रहेछ भन्ने प्रष्ट भयो ।
स्थानीय तहको निर्वाचनबारे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा चर्को मतभेद छ । केन्द्रीय समिति बैठकमा निर्वाचन उपयोग गर्ने महासचिव विप्लवको प्रस्ताव अल्पमतमा परेपछि पार्टीले मध्यमार्गी लाइन लियो, ’न उपयोग न बहिस्कार’ । तर, ‘निर्णयको मसी सुक्न नपाउँदै’ मूल नेतृत्व नै निर्वाचनको तयारीमा लागेको इतर पक्षको आरोप छ । त्यसलाई पुष्टि गर्ने केही आधार पनि छन् । केहीले उम्मेदवारी घोषणासम्म गर्न भ्याएका छन् । प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रक्रिया बुझ्न निर्वाचन आयोग नै पुगे । सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ केन्द्रीय समितिको निर्णय उल्लंघन गर्नेलाई अनुशासनको कारबाही गर्नुपर्ने बताउँछन् । विप्लव–प्रकाण्डले पार्टी विघटन गर्न खोजेको समेत उनको आरोप छ। उनी भन्छन्, ‘केन्द्रीय समितिको निर्णय उल्लंघन गर्नु भनेको पार्टी विघटन गर्नु हो । उहाँहरू (विप्लव–प्रकाण्ड)ले त विघटन गरिसक्नु भयो । हामी सच्याउने प्रयत्नमा छौँ । उहाँहरूले मान्नुभएन भने हामीले पार्टी पुनर्गठन गर्नुपर्ने बाध्यता आउन सक्छ ।’ स्थानीय तहको निर्वाचनबारे पार्टीमा देखिएको मतान्तरका विषयमा केन्द्रित भएर नेकपा सचिवालय सदस्य सुदर्शनसँग विनोद देवकोटाले गरेको कुराकानीः
स्थानीय तह निर्वाचनबारे केन्द्रीय समितिले गरेको निर्णय के हो ?
पार्टी दर्ता गरेर निर्वाचनमा भाग नलिने केन्द्रीय समिति बैठकको निर्णय हो । तर, कुनै जनपक्षीय, देशभक्त र स्वतन्त्र खालका मान्छेहरू चुनावमा उठे भने तिनलाई समर्थन गर्न सकिने निर्णय भएको हो । मूल पाटो भनेको चुनावमा भाग नलिने र संसदीय व्यवस्थाको भण्डाफोर कार्यक्रम राख्ने नै हो ।
अहिलेसम्म आधिकारिकरूपमा निर्णय किन सार्वजनिक नगरेको ?
उहाँहरू(विप्लव–प्रकाण्ड) खासगरी महासचिव कमरेड त्यसका लागि किन तयार हुनुभएन थाहा छैन । त्यो उहाँको कुरा होला । सार्वजनिक गर्न चाहनुभएन । अहिले जे गतिविधि भइरहेका छन् त्यो गर्न पाइँदैन भने हो कि ? उहाँले बैठकमा जे प्रस्ताव राख्नुभएको थियो त्यो पारित नभएपछि नै त्यसलाई लुकाउन खोज्नुभयो ।
नेतृत्वले आफ्नो अक्षमता छोप्न निर्णय लुकायो ?
एकदमै, त्यही कुरा हो । उहाँहरू(विप्लव–प्रकाण्ड)ले केन्द्रीय समितिको निर्णयको उल्लंघन गर्नुभयो । निर्णय उल्लंघन गर्नु भनेको पार्टी विघटन गर्ने विषय हो । उहाँहरूले त विघटन गरिसक्नु भयो । हाम्रो प्रयत्न निर्णय पालन गरेर जानुस् भन्ने नै हो । भएन भने हामीले पार्टी पुनर्गठन गर्नुपर्ने हुनसक्छ ।
तपाईले निर्वाचनमा नजाने निर्णय गरेको भन्नुहुन्छ । नेतृत्व तहकै कतिपय नेता–कार्यकर्ता निर्वाचनको तयारीमा होमिएको पो देखिन्छ त ?उहाँहरू पुरै उल्टिएर सुरुमा जुन प्रस्ताव गर्नुभएको थियो त्यसैमा जानुभयो । उहाँहरूले निर्णयको उल्लंघन गर्नुभयो । यसबाट स्थिति गम्भीर भएको प्रमाणित हुन्छ । हामीले छलफल गरिराखेका छौँ । अब कसरी जाने भन्ने कुरा नयाँ कुरा हुन्छ ।
नेतृत्व नै केन्द्रीय समितिको निर्णयविपरीत जान खोजेको देखियो, अब के हुन्छ ?
त्यो त अनुशासनको विषय हुन्छ । अनुशासनको विषयमा उहाँहरू अनभिज्ञ हुनुहुन्न होला । सचेत रूपले जानुभयो भने केन्द्रीय समितिको निर्णय उल्लंघन भयो । त्यसको लागि कारबाही हुनुपर्छ भन्ने हाम्रो माग हो ।
कारबाही कसले गर्ने ?
प्रक्रिया के अपनाउनु पर्छ त्यो छलफलको विषय भयो । हामी मूल नेतृत्वसित छलफल गरिरहेका छौँ । उहाँहरूले निर्णय मान्नुपर्छ । मान्नु भएन भने केन्द्रीय समितिको निर्णय मान्ने साथीहरूले नयाँ ढंगले सोच्ने कुरा हुनसक्छ ।
केन्द्रीय समिति बैठकपछि सचिवालय तहमा यसबारे कुनै छलफल भएको छ ?
सचिवालय तहमा कुनै छलफल भएको छैन । सामान्यतः हामीले कुराकानी गरेका छौँ । उहाँहरूले स्वीकार गर्नुभएको छ । हामीले यसरी जान खोजेका होँ भन्ने नै छ । त्यसो भएको हुनाले मूलतः यो अनुशासनको विषय बन्छ भनेर राखिसकेका छौँ ।
तपाईंका अनुसार महासचिव नै केन्द्रीय समितिको निर्णयविरुद्ध देखिनुभयो । तपाईहरूले अनुशासनको कारबाहीको कुरा गरिरहनु भएको छ । पार्टी त दुर्घटनाउन्मुख देखियो ?
दुर्घटना भन्दा पनि पार्टी पुनर्गठनको विषय आउन सक्छ । किनभने केन्द्रीय समितिको निर्णय उल्लंघन गर्ने भनेको पार्टी विघटन गर्ने विषय भयो । उहाँहरूले त विघटन गरिसक्नु भयो ।
तपाईहरूले पुनर्गठनको तयारी पनि गरिरहनुभएको हो ?
होइन, हामीले त्यो ढंगले नसोची हुँदैन । यदि उहाँहरूले त्यसलाई सच्याउनु भएन, निर्णयविरुद्ध जानुभयो र त्यसबाट पछाडि फर्किनु भएन भने हामी अघि बढ्नुपर्ने हुन्छ ।
उहाँहरू त अगाडि बढिसक्नुभयो । उहाँहरू रोकिनु भएन भने तपाईंहरू पार्टी पुनर्गठन गरेर अगाडि बढ्नुहुन्छ ?
त्यो त हाम्रो बाध्यता हुन जान्छ । किनभने केन्द्रीय समितिमा हाम्रो सहमति के हो भने ’पार्टीको केन्द्रीय सदस्यहरू कोही पनि चुनावमा नजाने, जिल्ला समिति सदस्य पनि नजाने र कोही स्वतन्त्र ढंगले जान चाहे राजीनामा गरेर जानसक्ने’ भन्ने थियो । यो पुरै उल्लंघन भएको छ । अहिले केन्द्रीय सदस्यहरूलाई ठाउँठाउँबाट उम्मेदवारी दिन भनिएको छ । उहाँहरू लागिसक्नु भएको छ । यो ढंगले अगाडि बढ्दा पुरै पार्टीको ‘स्पिरिट र सारविरुद्ध खुल्लै ढंगले अगाडि बढिएको/बढाइएको छ । यो विषय त पूर्ण रूपमा अनुशासनको विषय हुने कुरा भइहाल्यो ।
यही व्यवस्थाविरुद्ध संघर्ष गर्नुभयो । केहीले ज्यान गुमाए । कयौँ अहिले पनि हिरासतमा छन् । सयौँमाथि मुद्दा छन् । चुनावमै जानु थियो भने संघर्ष किन गरेको भनेर कार्यकर्ताले प्रश्न गर्न थालेका छन् नि ? खासमा यो अवस्थामा पार्टी कसरी र किन पुग्यो ?
मूलरूपमा उहाँहरूको मार्क्सवाद र लेनिनवादप्रति राम्रो जग रहेनछ । सैद्धान्तिक जग नै खत्तम रहेछ । उहाँहरू खासगरी भावनात्मक र महत्वाकांक्षाका हिसाबले लाग्नु भएको रहेछ । त्यो कुरा प्रष्ट रूपमा देखा प¥यो । उहाँहरू भित्रको खोक्रोपन अहिले देखियो । हिजो एउटा महत्वाकांक्षाले गर्दा उहाँहरूले पार्टी पुनर्गठन गर्नुभयो । सैद्धान्तिक, राजनीतिक आधार नै खोक्रो भइसकेपछि त्यसमा टिक्न सक्नु भएन र उहाँहरू यो दलदलमा फस्नुभयो । संसदीय दलदलमा फस्नुभयो ।
आजसम्म जे–जे गरे त्यो देखावटी रहेछ ?
त्यो सब देखावटी रहेछ भन्ने प्रष्ट भयो ।
भनेपछि पार्टी त विभाजनतर्फै जाने देखियो ?
होइन, हाम्रो प्रयत्न निर्णय पालन गरेर जानुस् भन्ने नै हो । त्यसतर्फ नै प्रयत्न गरिरहेका छौँ । जोड दिएर लागेका छौँ । अन्ततः यो सबै गतिविधिले उहाँहरू जानीबुझी, सल्लाह अनुसार जसरी जानुभएको छ । उहाँहरूले यो पार्टी विघटन गरिसक्नु भयो । अब उतापट्टि ल्याप्चे लगाउन मात्र बाँकी छ । त्यो हामी पर्खिन्छौं । के देखा पर्दो रहेछ । पार्टीको मूल सिद्धान्त र कार्यनीतिबाट उहाँहरू च्युत भइसक्नुभयो ।
कारबाही र पार्टी पुनर्गठनको कुरा गरिरहनु भएको छ । तपाईंहरू के बहुमतमा हुनुहुन्छ ?
त्यो त सबैलाई थाहा भएकै कुरा हो । धेरै साथीहरूले विचारहरू प्रकट गरिसकेपछि नै त्यसका अगाडि टिक्न नसकेर केन्द्रीय समितिमा ’ब्याक’ हुनुभएको हो । उहाँहरूले अन्ततः आफ्नो मन र स्वार्थलाई थाम्न सक्नु भएन । अहिले गम्भीर शंकाहरू पनि जन्मिन्छन् । उहाँहरूले तीन बुँदेका क्रममा केही गम्भीर गल्तीहरू गर्नुभएको थियो भन्ने पनि देखिन्छ । किनभने उहाँहरूले बन्दी रिहाइका लागि कुनै कदम चाल्नु भएको छैन । त्यतापट्टि ध्यानै छैन । तर, पार्टी दर्ता गर्ने या निर्वाचन आयोगमा जाने भनेपछि जहाँ पुग्न पनि तयार हुनुहुन्छ । यसरी नै बन्दी रिहाइको लागि लागेको भए हुन्थ्यो नि ।
अब शान्तिपूर्ण राजनीतिमा आइसकेपछि गर्ने के त ? निर्वाचन उपयोग गरौँ भन्ने कुरा पनि ठीकै हो कि ? अरु विकल्प के छन् त ?
पहिलो कुरा आफ्नो प्रतिबद्धता बुझ्नुप¥यो । २०६९ सालमा के भनेर गएको हो ? यसको अर्थ त प्रचण्ड नै सही छन् भन्नुपर्ने हुन्छ । ’मेरै गोरेटोमा आउँदैछन्’ भन्दै थिए प्रचण्डले। उहाँहरूका लागि सही साबित हुँदैछ । हाम्रो लागि त होइन । संसदीय निर्वाचनमा गएर अथवा यो खालको प्रक्रियामा गएर चाहिँ हुने भए किन पार्टी फुटाउनु, यत्रो खुन खराबी किन गर्नु ? यति धेरै मान्छेहरूलाई झुट्टा मुद्दामा किन झोक्नु । यो सबै गर्नु थियो भने त पहिले नै प्रचण्डमै बसेको भए हुन्थ्यो नि । यो सन्दर्भमा ठोस बस्तुको ठोस विश्लेषण गर्दा कुनै पनि हालतमा यो सही हुनसक्दैन । उहाँहरू गलत बाटोमा जाँदै हुनुहुन्छ ।
तपाईहरूले पार्टी पुनर्गठन गरेर के गर्नुहुन्छ त ?
होइन, हामीलाई त्यसबारेमा छलफल गर्नुपर्ने बाध्यता भयो । पुनर्गठनसम्बन्धी नै हामीले सोच्नुपर्ने हुन्छ । पुनर्गठन गर्ने र त्यसक्रममा वृहत् कम्युनिष्ट एकताको प्रस्ताव अघि बढाउनुपर्ने हुन्छ । नेपालमा जो कम्युनिष्ट समर्थक जनता छन् उनीहरूलाई निरास हुन नदिन आन्दोलन अघि बढाउनुपर्ने हुन्छ । यस दिशामा जानुपर्ने हुन्छ । तर, हामी अझैं नेतृत्वलाई ट्र्याकमा ल्याउने प्रयत्न गछौँ । केन्द्रीय समितिको निर्णयमा ल्याउने कोसिस गछौँ । –इकागज
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला