News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

अर्को मुद्दामा पनि कलाकार पल शाहलाई थुनामा राख्ने आदेश

तस्विर साभार

काठमाडौं, २३ चैत । पछिल्लो मुद्दामा पनि कलाकार पल शाह भनिने पूर्णविक्रम शाहलाई तनहुँ मैं थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत, पूर्वी नवलपरासीले पुनः वैशाख ७ गते हाजिर हुने गरी पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

न्यायाधीश अर्जुन अधिकारीको इजलासबाट बुधबार शाहलाई तनहुँमै थुनामा राख्न आदेश दिएसँगै तनहुँबाट आएको सुरक्षाकर्मीको टोलीले बुधबार राति ९ बजे शाहलाई तनहुँ लगेका छन् ।

पीडित किशोरीलाई विवाह गर्ने प्रलोभन देखाएर उनले पटकपटक जबरजस्ती करणी गरेको अभियोग छ । पीडितका बुबाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँ र पूर्व नवलपरासीमा किटानी जाहेरी दिएका थिए । यसअघि जिल्ला अदालत, तनहुँको आदेशबाट कलाकार शाह कारागार चलान भइसकेका थिए ।

किशोरीको उमेर मुद्दा दर्ता गराउँदा १५ वर्ष ८ महिना ४ थियो । १४ देखि १६ वर्षकी किशोरीलाई बलात्कारको अभियोग पुष्टि भए १२ देखि १४ वर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ । पीडित भनिएकी किशोरीले ४ लाख नगद र अन्य क्षतिपूर्ति पाउनुपर्ने माग गरेकी छन् ।

पीडित किशोरीको पक्षबाट बहस गरेका ३ जना सरकारी वकिल र २ अघिवक्ताले शाहले बलात्कार गरेको यथेस्ट प्रमाण भएको दाबी गर्दै किशोरीको मागबमोजिम १२ देखि १४ वर्ष कैद सजायको मागदाबी गरेका थिए । यता, कलाकार शाहको पक्षमा वकालत गर्दै अधिवक्ता गणेश अधिकारीले पीडित भनिएकी किशोरीबाट दिइएको उजुरी झुठो र फसाउने नियतले आएको देखिन्छ भनेका थिए । उनीलगायत ९ जना अधिवक्ताले शाहको पक्षबाट बहस गरेका थिए । सबै अधिवक्ताले शाहलाई काल्पनिक मुद्दा लगाएर फसाउने षड्यन्त्र भएको दाबी गरेका थिए । शाह विरुद्धको अभियोगमा सबै प्रमाण जुटाउन र मुद्दाको किनारा लगाउन कम्तीमा एक वर्ष समय लाग्ने अधिवक्ताको भनाइ छ ।