
१गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
२कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
५पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
८गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
९पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
१०गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
११विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१२रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
पोखरा, १७ चैत । कास्की जिल्ला अदालतले बयान फेरेपछि जाहेरवालालाई नै कैद, जरिवाना र आरोपितलाई क्षतिपूर्तिको फैसाला गरेको छ । ज्यान मार्ने उद्योगमा जाहेरी दिएका पोखरा–१५ का यमबहादुर गुरुङलाई अदालतले ३ महिनासम्म कैद वा ५ हजार रुपैयाँ जरिवाना र २० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
आफ्नो छोरा विशाल गुरुङलाई कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको भन्दै ४ जनाविरुद्ध यमबहादुरले प्रहरीमा किटानी जाहेरी दिएका थिए । पोखरा–१५ स्यानीपाटनस्थित कृषि फार्ममा छोरा विशालविरुद्ध ज्यान मार्ने उद्योग गरेको भन्दै यामबहादुरले बिक्रम भण्डारी, स्वीकार भण्डारी, सागर भण्डारी र अमिर गुरुङविरुद्ध गत २१ साउनमा किटानी जाहेरी दिएका थिए ।
जाहेरवाला गुरुङले अदालतमा प्रतिकुल बकपत्र गरेपछि पक्राउ परेका स्वीकार भण्डारी गत १६ असारमै २० हजार रुपैयाँ रुपैयाँ तिरेर धरौटीमा रिहा भएका थिए । त्यस्तै १८ साउनमा सागर भण्डारी र भूमि भन्ने अमिर भण्डारीले ८०÷८० हजार रुपैयाँ धरौटी तिरेर तारेखमा रिहा भएका थिए । विक्रम गुरुङलाई भने थुनामै राख्न अदालतले आदेश दिएको थियो ।
थुनामा रहेका विक्रम गुरुङलाई १३ पुसमा थुनामुक्त गर्न अदालतले आदेश दिएको थियो । आफ्नै जाहेरीको प्रतिकुल अदालतमा बकपत्र दिने यमबहादुरसँग भने ३ महिना कैद वा ५ हजार जरिवाना र २० हजार रुपैयाँ क्षतिपूर्ति भराउन अदालतले फैसला गरेको हो । फैसलाको केही समयअघि मात्र पूर्ण पाठ आएको हो ।
‘मुलुकी फौजदारी कार्यविधि सहिंता २०७४ को दफा ४४ (२) (क) मा झुठ्ठा कुरा लेखिदिने वा बनावटी व्यहोराको बकपत्र गर्ने साक्षीलाई ३ महिनासम्म कैद वा रु ५ हजार रुपैँयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सकिने व्यवस्था रहेकोले उल्लेखित सजाय हुने कार्य गरेको देखिँदा मुलुकी फौजदारी कार्यविधि सहिंता २०७४ को दफा ४४ (२) बमोजिम झुठ्ठा कुरा लेखिदिएको हुँदा सोही दफा ४४ (२) खण्ड (क) बमोजिम जाहेरवाला यमबहादुर गुरुङलाई रु ५ हजार जरिवाना हुने ठहर्छ,’ न्यायाधीश नारायणप्रसाद पौडेलको इजलासले गरेको फैसलामा भनिएको छ ।
यमबहादुरले ज्यान मार्ने उद्देश्यसहित छोरा विशाललाई बाँस, ढुंगा र धारिलो हतियारले टाउको, आँखा र शरीरका बिभिन्न भागमा हानेर गम्भीर चोट लागेको र उनका साथमा काम गर्ने नवीन आलेको टाउको र शरीरमा चोट लागेको जाहेरीमा उल्लेख गरेका थिए ।
विशाललाई मरणासन्न अवस्थामा पु¥याई दाहिने आँखा फुटाली नाकको डाँडीसमेत भाँची दिएको र कान तथा दाहिने हातमासमेत चोट पु¥याएको तथा छुट्याउन गएका नवीन आलेलाई समेत कुटपिट गरेको जाहेरीमा उल्लेख थियो ।
पश्चिमाञ्चल क्षेत्रीय असपताल र हिमालयन आँखा अस्पतालको रिपोर्टमा पनि आँखाको दृष्टि गुमेको, उपचारद्वारा पुनः देख्न सक्ने बनाउन नसकिने र अत्याधिक दुखाइ भए भविष्यमा आँखा नै निकाल्नुपर्ने उल्लेख थियो । यी सबै प्रमाण कागजातसहित गत असार १५ गते जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको थियो ।
अदालतमा बयान दिने क्रममा अभियुक्तहरुले त्यो घटना आफूलाई थाहा नभएको र जाहेरवाला यामबहादुरले पनि उक्त जाहेरी आफूले नदिएको बताएका थिए । अदालतमा घाइते भएका विशालले पनि ट्याक्टरमा ठोकिएर आफ्नो आँखामा चोट लागेको बकपत्र गरेका थिए ।
मुलुकी फौजदारी कार्यविधिसहिंता अनुसार नै पीडितलाई क्षतिपूर्ति भराइदिन सक्ने व्यवस्था रहेकोले यमबहादुरले झुठो जाहेरी दिँदा थुनामा बस्नु परेकाले बिक्रम भण्डारीलाई २० हजार रुपैयाँ क्षतिपूर्ति भर्न अदालतले आदेश दिएको हो । बयान पर्ने तथा प्रतिकुल बकपत्र गरेर राज्यको संयन्त्र र सम्पतिसमेत दोहन गर्नेलाई पनि सजायको व्यवस्था छ ।
प्रतिकुल बकपत्र दिएर जरिवाना तथा क्षतिपूर्तिको सजाय भएको कम फैसलामध्ये यो पनि पर्ने कास्की जिल्ला अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले बताए । ‘गलत नियत राखेर फसाउन खोजिएको वा राज्यका संयन्त्र र सम्पत्तिसमेत खर्च गराउने काम भयो । आरोपितले मात्र होइन, राज्य संयन्त्रले पनि अनाहकमा दुख पाए,’ पनेरुले भने, ‘अनुसन्धानका कागजात र प्रमाणका विरुद्ध उभिने प्रवृत्तिले जो कोहीले पनि म पीडित हुँ भन्दै जाहेरी दिने र राज्यको संयन्त्रको दोहन गर्ने कार्यले बढवा पाउन सक्छ ।’
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?