
१पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
२जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
३राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
४पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
५लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
६माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
७रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
८प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
९रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१०रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
दाङ, १२ चैत । डेढ करोड बढी ठगिको आरोपमा पक्राउ परेका दाङका ठेकेदार अनुप पाण्डेलाई प्रहरीले छोडेको छ। एमाले महासचिव शङ्कर पोखरेलको दबाबमा मेयर पाण्डेका छोरा अनुप छुटेका हुन् ।
काठमाडौँमा मेयर पाण्डे, पीडित बस्नेतलाई बोलाएर फोर लेनका कारण पार्टीको बदनाम भएकाले महासचिव पोखरेलले मिल्न दबाब दिएको र कागज गरेर गएमा छोड्दिन एसपी काफ्लेलेलाई निर्देशन दिएपछि अनुप छुटेको प्रहरी स्रोतले जनाएको छ ।
बैङ्क कसुरमा जाहेरी दिने घोराहीका एमाले नेता गेहेन्द्र बस्नेत, उपेन्द्र उप्रेती, एमालेकै नेता बिरबल खड्का र मजदुरले पैसा पाएको भन्दै आवश्यक कागजातसहित प्रहरीमा निवेदन दिएपछि जिल्ला प्रहरी कार्यालय दाङले हिरासतमा रहेका अनुपलाई शुक्रवार बेलुकी हाजिरी जमानतमा छाडेको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जिल्ला सरकारी वकिल कार्यालयको कानुनी परामर्शमा उनलाई छाडिएको र प्रहरीले अनुपलाई थुनामुक्त गरेर मुद्दाको अनुसन्धान गर्ने बताए । एसपी काफ्लेले मुद्दा फिर्ता नहुने दाबी समेत गरे ।
पीडित पक्षले पैसा पाएको निवेदन दिएको खण्डमा सरकारी वकिल कार्यालयले गैर न्यायिक तरिकाले प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न नहुने कानुनी परामर्श दिएपछि अनुपलाई हिरासत बाहिर राखी मुद्धाको थप अनुसन्धान प्रक्रिया अघि बढ्ने उनले बताए । अनुपलाई उनका हजुरबुवा एमाले नेता टोपेन्द्र केसिको हाजिरी जमानतमा प्रहरीले छाडेको हो ।
व्यवसायी बस्नेतले १ करोड ४४ लाख, उप्रेतीले ३० लाख, सोनापुर सिमेन्टको २ करोड ५१ लाख, बिरबलले ११ लाख र मजदुरले ९५ लाख रुपैयाँ प्राप्त गरेको आवश्यक कागजातसहित प्रहरी कार्यालयमा निवेदन दिएपछि प्रहरी कार्यालयले जिल्ला सरकारी वकिल कार्यालयसंगको कानुनी परामर्शमा अनुपलाई थुनामुक्त गरेर मुद्धाको अनुसन्धान प्रक्रिया अघि बढाउन निर्देशन पाएपछि उनलाई जिम्मा जमानीमा छाडिएको हो ।
तर, बिरबलले पैसा पाएको भनेर प्रहरीले भने पनि आफूले पैसा नपाएको गुनासो गरे। ठगी र बैङ्क कसुर मुद्दा फरक हुने र अनुपको सन्दर्भमा पीडितले पैसा पाएपछि बैङ्क कसुरमा छोडिएको एसपी काफ्लेले बताए ।
आफ्नो छोरा ठेकेदार अनुपको बचाउमा तुलसीपुर उपमहानगरका मेयर घनश्याम पाण्डे सामाजिक सञ्जालमा प्रहरी प्रशासनको विरोधमा उत्रिएका थिए ।
ठेकेदार पाण्डेलाई सिआइवी काठमाडौँबाट पक्राउ गरेपछि जिल्ला प्रहरी कार्यालय दाङको टोलीले जिल्ला ल्याई हिरासतमा राखेर अनुसन्धान गरेको थियो। ठेकेदार पाण्डेविरुद्ध डेढ करोड ठगी गरेको आरोपमा दाङ प्रहरीमा उजुरी परेको थियो ।
पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी गरिएको २४ घण्टा नबित्दै सिआईबिबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पाण्डे एमालेका केन्द्रीय सदस्य समेत हुन् । उनी विरुद्ध एमाले घोराही उपमहानगरपालिकाको इन्चार्ज गेहेन्द्र बस्नेतले नै उजुरी दर्ता गराएका हुन् ।
घोराही–तुलसीपुर सडक निर्माणको क्रममा पाण्डेले घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी बस्नेतको टिपर प्रयोग गरेको र भाडा तथा इन्धनबापतको १ करोड ४४ लाख रुपैयाँ नदिएको आरोप छ ।
निर्माण व्यवसायी पाण्डेविरुद्ध बस्नेतले एक महिना अगाडि नै उजुरी दिन प्रहरीमा गएका थिए। एमाले घोराही उपमहानगरपालिकाको इन्चार्ज समेत रहेका बस्नेत केही दिन अघि मात्र पार्टीको जिल्ला नेतृत्व, इन्चार्ज, पदाधिकारीसहित मुद्दा दर्ताका लागि प्रहरीमा पुगेका थिए ।
निर्माण व्यवसायी पाण्डेले ठगी गरेको भन्दै जिल्ला प्रशासनका कार्यालयमा पनि १६ जनाले पाण्डेविरुद्ध उजुरी दिएका थिए । ४ करोड ४५ लाख रुपैयाँ ठगी गरेको भन्दै पाण्डेविरुद्ध उजुरी परेको थियो ।
सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रालिले स्थानीय अनुप पाण्डेको अष्ट भैरव निर्माण सेवा कम्पनीलाई पेटी ठेक्का दिएको थियो । तर समयमै काम गर्न नसकेपछि भारतीय निर्माण कम्पनी तथ्यले पाण्डेसँग सम्झौता तोडेको थियो । –उकेरा डटकम
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए