
१नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
२ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
३अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
४सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
५अफवाह नफैलाउन प्रहरीको आग्रह
६बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
७सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
८२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
९अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
१०गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
११पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१२विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
११‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
काठमाडौँ । कोरोनाको प्रकोप बढेसँगै पछिल्ला केही दिनयता रोगप्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक जडीबुटीयुक्त चूर्णको माग निक्कै बढेको छ । विभिन्न जडीबुटीबाट तयार गरिएको जेष्ठवासादी मिश्रण चूर्ण निःशुल्क वितरण गर्दै आएको आयुर्वेद चिकित्सालय, नरदेवीलाई हाल उक्त चूर्णको माग धान्न हम्मेहम्मे परेको छ ।
विभिन्न १२ प्रकारका औषधीय गुणयुक्त चूर्ण रोगप्रतिरोधी क्षमता अभिवृद्धि गर्न प्रभावकारी देखिएपछि हिजोआज चिकित्सालयमा उक्त चूर्ण लिने सर्वसाधारणको भीड निकै देखिने गरेको छ । व्यक्तिगतरुपमा मात्र नभई संस्थागतरुपमा पनि चूर्णको अत्यधिक माग आइरहेको चिकित्सालयका निर्देशक डा प्रदीप केसी बताउनुहुन्छ । त्यसो त सर्वसाधारणमात्र होइन, राजनीतिज्ञ, कर्मचारी, चिकित्सक तथा कोरोना उपचारमा अग्रपङ्क्तिमा खटिने व्यक्तिले पनि यो चूर्णको नियमित प्रयोग गर्दै आइरहेको उहाँको भनाइ छ ।
कोरोनाको सङ्क्रण बढ्दै जाँदा आइसोलेसनमा बसेका तथा अन्य व्यक्तिले चिकित्सालयबाट चूर्ण लैजाने गरेका छन् । चिकित्सालयले अहिलेसम्म करीब ४० हजार प्याकेट चूर्ण निःशुल्क वितरण गरिसकेको छ । चिकित्सालयले गत भदौ ११ गतेदेखि सो चूर्ण वितरण गर्दै आएको हो । अहिले दैनिक ७०० प्याकेटभन्दा बढी चूर्ण वितरण भइरहेको छ । पछिल्लो समय उक्त चूर्णको सेवनबाट लाभ लिएकाहरु पुनः प्रयोगका लागि लिन आउनेको सङ्ख्या पनि बढ्दै गएको चिकित्सालयले जनाएको छ । “यसको सेवनबाट फाइदा पुगेको भएकै कारण फेरि पनि उक्त चूर्ण लिन आउनेको सङ्ख्या बढ्दै गएको छ”, चिकित्सालयका निर्देशक केसीले भन्नुभयो ।
चिकित्सालय परिसरमा भेटिनुभएका सुदर्शन बानियाँले दुई महिनादेखि आफूले उक्त चूर्ण सेवन गर्दै आएको र त्यसले आफ्नो स्वास्थ्यमा सकारात्मक प्रभाव पारेकाले नियमित सेवनका लागि थप मात्रा लिन आएको बताउनुभयो । उहाँले आफूजस्तै अन्य व्यक्तिलाई पनि सो चूर्ण सेवन गर्नु सल्लाहसमेत दिने गरेको प्रतिक्रिया दिनुभयो ।
नेपालमा राणाकालीन समयदेखि कास रोगाधिकारमा सिंहदरबार वैद्यखानाले तरकिब प्रयोग गरी यो चूर्ण बनाउने गरेको भए पनि पछिल्लो समय आयुर्वेद चिकित्सालयले नियमितरुपमा निःशुल्क वितरण गर्दै आएको उहाँले बताउनुभयो । चिकित्सालयले चूर्णका लागि आवश्यक कच्चापदार्थ बोलपत्रमार्फत खरिद गर्दै आएको छ । गत वर्ष ३०० किलो कच्चापदार्थ खरिद गरिएको भए पनि अहिले माग बढेकाले थप कच्चापदार्थ खरिद गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । चालू आवको तीन महिनाको अवधिमा चूर्ण वितरणमा रु ३० लाख खर्च भइसकेको छ ।
कोरोनाको प्रकोपमा यसको माग झन् बढ्दै गएको अवस्थालाई दृष्टिगत गरेर चिकित्सालयले सरकारसँग थप बजेटको माग गरेको छ । “हामीले यसलाई सबै सर्वसाधारणको माझमा पु¥याउन सरकारसँग थप रु एक करोड बजेट माग गरेका छौँ”, निर्देशक केसीले भन्नुभयो । सरकारले बजेट दिएमा प्रदेशस्तरीय आयुर्वेद औषधालयबाट पनि यस्तो चूर्ण वितरण गर्ने अस्पतालको सोच छ ।
चिकित्सालयले ती जडीबुटी आफैँ कुटानीपिसानी गर्दै आएको छ । कुटानीपिसानीमा तीनजना कर्मचारी खटिने गरे पनि चूर्णको माग अत्यधिक बढेपछि निर्देशकदेखि सबै कर्मचारी अहिले चूर्ण बनाउन खटिने गरेका छन् । चूर्णको प्रभावकारिता पुष्टि हुनाका साथै सर्वसाधारणले पनि रुचाएर प्रयोग गर्न थालेपछि अस्पतालले जेष्ठवासादी चूर्णलाई झोल र साना प्याकेट (टिब्याग)का रुपमा पनि उत्पादन गर्ने सोच बनाएको छ । सरकारले आवश्यक बजेटको व्यवस्था गरिदिए यही आर्थिक वर्षदेखि झोल र टिब्यागका रुपमा उत्पादन शुरु गरिने उहाँले जानकारी दिनुभयो ।
के हो जेष्ठवासादी चूर्ण :
विभिन्न १२ वटा औषधीय गुणयुक्त जडीबुटीको मिश्रण नै जेष्ठवासादी चूर्ण हो । यो चूर्णमा असुरो, तालिसपत्र, पर्पटक, प्रियङ्गु, नागकेशर, जातिफल, ल्वाङ, सुकुमेल, दालचिनी, वंशलोचन, गुर्जो र जेठीमधुको मिश्रण रहेको छ । भाइरसजनित रुघाखोकी, सिजनल फ्लु, ज्वरो, घाँटी दुख्ने, पाचन प्रक्रियामा गडबडी, टाउको दुख्नेजस्ता लक्षणलाई निमूला पर्ने तत्व यस्ता जडिबुटीमा रहेको वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको निर्देशक केसीले बताउनुभयो । कोरोनाको न्यून र मध्यम लक्षणयुक्त र लक्षणविहीनलाई यो चूर्ण खुवाउन सकिने र त्यसले सङ्क्रमितको स्वास्थ्यमा निकै लाभ पु¥याउने चिकित्सालयले जनाएको छ ।
जेष्ठवासादी चूर्णको सेवनले कोभिड–१९ सँग सम्बन्धित लक्षणको निवारण र नियन्त्रण गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । “यी जडिबुटीमा ‘एन्टिभाइरल प्रोपर्टी’ हुन्छन्, यसले ज्वरो कम गर्ने, विषाणुलाई निष्किृय पार्ने, प्रतिरोधी क्षमता बढाउने काम गर्छ”, उहाँले भन्नुभयो, “यसले भाइरस लागेको व्यक्तिमा त्यसको प्रभाव कम गर्न र प्रतिरोधी क्षमता बढाउन सघाउ पु¥याउँछ ।” चिकित्सालयले जेष्ठवासादी चूर्णलाई पानीमा पकाएर काँडा बनाएर खान सुझाव दिँदै आएको छ ।
आयुर्वेदको महत्व बुझाउन सकिएन:
चिकित्सालयका निर्देशक केसी नीति निर्माण तहमा बस्ने व्यक्तिले योग, आयुर्वेद तथा जडिबुटीको महत्व नबुझ्दा समस्या देखिएको गुनासो गर्नुहुन्छ । आफ्नै मुलुकमा औषधीय गुणयुक्त जडिबुटी पर्याप्त हुँदा पनि महामारीको समयमा यसको खोज, अनुसन्धान हुन सकेको छैन । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आयुर्वेद चिकित्सकसँग गर्नुभएको परामर्शबाट यस क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने सक्ने उहाँको विश्वास छ ।
केन्द्रीय आयुर्वेद चिकित्सालयका रुपमा रहेको यस अस्पतालले झण्डै १०० वर्षदेखि आयुर्वेद पद्धतिबाट बिरामीको उपचार गर्दै आएको छ । वार्षिक २० हजारभन्दा बढी बिरामीले उक्त चिकित्सालयबाट सेवा लिने गरेका छन् । चिकित्सालयमा १८ क्याविन र १०० श्यया छन् । विशेषगरी अकुपञ्चर, क्षारसुत्र, मोक्किसबुसन (तीतेपातीको पातबाट गरिने उपचार), पाइल्स, फिस्टुला, फिजियोथेरापी, पञ्चकर्म चिकित्साबाट बिरामीको उपचार हुँदै आएको छ । चिकित्सालयमा १८ विशेषज्ञ चिकित्सक, २० नर्स, वैद्य, कविराजसहित १२० जनशक्ति क्रियाशील छ । –अशोक घिमिरे/रासस
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन