
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
राजु अधिकारी
विराटनगर, ७ चैत । कुनै ठूलो विद्रोहको बेला थिएन। राजनीतिक आवरणमा हुने भीडन्तको कुनै घटना पनि थिएन। यही ‘शान्त बेला’मा प्रहरी जवान उर्मिला श्रेष्ठले सेवाकै दौरान आइतबार मोरङको लेटाङमा ज्यान गुमाइन्। उनी अढाई वर्षदेखि प्रहरी सेवामा कार्यरत थिइन्।
उनका दाजु भुवन पनि प्रहरी सेवामै छन्। विराटनगरको बखरी प्रहरी चौकीमा सहायक निरीक्षक उनी बहिनीको हत्यापछि विह्वल छन्। बोल्न सक्ने अवस्थामै छैनन्।
‘दाइ, पति सबै प्रहरीमै हुनुहुन्छ,’ कोशी अस्पताल परिसरमा सोमबार बिहान प्रहरीहरू भन्दै थिए, ‘उहाँहरू कोही बोल्न सक्ने अवस्थामा हुनुहुन्न।’
उनीहरूका अनुसार लेटाङमा उत्पन्न तनावले उग्र रूप लिँदा उर्मिला मारिएकी थिइन्।
आइतबार मोरङको लेटाङ नगरपालिका-५ मा स्थानीयको आक्रमणबाट मारिएकी प्रहरी जवान उर्मिला २०७६ साउन १ गते सेवामा प्रवेश गरकी हुन्।
१ नम्बर प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरमा दरबन्दी भएकी उर्मिलासहितको टोली आइतबार दिउँसो लेटाङतर्फ गएको थियो।
तराईको होलीको दिन चैत ४ मा शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले आफ्नै छात्रालाई घरैमा गएर दुर्व्यवहार गरेपछि आइतबार विद्यार्थी र स्थानीय आन्दोलित भएका थिए।
एकाएक अवस्था असामान्य बन्दै गएपछि मोरङ प्रहरीले १ नं प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरबाट ५० जनाको थप मद्दत झिकाएको थियो। त्यही टोलीमा उर्मिला पनि लेटाङ पुगेकी थिइन्।
यौन दुर्व्यवहारका आरोपी शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी टोलीले आरोपित शिक्षकलाई नियन्त्रणमा लियो। यता गाउँलेहरू भने प्रहरीले उनलाई बचाउन लागेको भन्दै थप आक्रोशित भए।
दिउँसो एक बजे नै घटनास्थल पुगेको प्रहरीलाई स्थानीयबासीले दिनभरजसो छेके। साँझतिर झडप सुरू भयो। त्यही क्रममा भीडबाट कसैले उर्मिलाको घाँटीमा चक्कु प्रहार गरेको प्रहरी भनाइ छ।
‘उहाँको घाँटीमा चक्कु प्रहार भएपछि गम्भीर घाइते हुनुभयो,’ मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले सेतोपाटीसँग भने, ‘उपचारका लागि ल्याउँदै गर्दा उहाँको बाटोमै निधन भयो।’
झडपका क्रममा एक्कासी उर्मिला ‘ऐय्या।।।’ भनेर चिच्याएको आवाज आएको प्रहरीहरू बताउँछन्।
‘उनले ऐय्या।।।भनेको सुनेपछि हेरेको घाँटीबाट भलभल रगत आइरहेको थियो,’ प्रहरी स्रोतले भन्यो, ‘उनको उपचार पनि हुन पाएन। बाटैमा ज्यान गयो।’
बुवा कुमार र आमा सीतामायाकी एक्ली छोरी उर्मिला २०५२ कातिक १४ गते खोटाङ बरहापोखरीमा जन्मेकी थिइन्। उदयपुरको त्रियुगा जनता क्याम्पसबाट बिबिएस गरेपछि उनी प्रहरी सेवामा प्रवेश गरेकी हुन्।
उनका श्रीमान कुमार श्रेष्ठ पनि प्रहरी सेवामै छन्। इलाममा कार्यरत उनी पत्नी मारिएको घटनापछि विराटनगर आएका छन्। उनीहरूको गत वैशाख १९ गते विवाह भएको थियो। आउँदो वैशाख १९ मा उनीहरू विवाह बन्धनमा बाँधिएको पहिलो वर्ष पूरा हुँदै थियो।
‘उहाँहरू एकै ठाउँ बस्ने तारतम्य मिलाउने प्रयासमा हुनुहन्थ्यो,’ कोशी अस्पताल परिसरमा खटिएका उर्मिलाका साथी प्रहरीहरू भन्दै थिए, ‘तर, त्यो समय नआई सदाका लागि उहाँहरूले छुट्टिनुपर्यो।’
उत्तरी मोरङमा एकपछि अर्को बलात्कार र यौन दुर्व्यहारको घटना लगातार भइरहेका छन्। केही दिनअघि मात्रै डेढ वर्षे बालिकाको बलात्कारले ज्यान लिएको घटना नसेलाउँदै शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको घटना बाहिरिँदा स्थानीयबासी उग्र प्रदर्शनमा उत्रिएका थिए। सुन्दर हरैंचाकी डेढ वर्षे बालिकाको हत्या प्रकरणमा स्थानीयबासी प्रहरीसँग रूष्ट थिए।
‘न्याय माग्दै सडकमा उत्रिएका सर्वसाधारणलाई गछियामा प्रहरीले दुई दिन हिरासतमा थुनेपछि सर्वसाधारण थप आक्रोशित थिए,’ लेटाङ नगरका एक जनप्रतिनिधिले भने, ‘यहाँ पनि प्रहरीले दोषी बचाउन लाग्यो भन्ने उल्टो बुझाइ हावी भयो। आक्रोशले यस्तो अवस्था ल्यायो।’
सोमबार सुन्दरहरैंचा आएका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी हत्यामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्। ‘दोषीलाई कारबाहीको दायरामा ल्याइनेछ,’ प्रधानमन्त्री देउवाले भने।
उनले प्रहरीलाई अनुसन्धानका लागि निर्देशनसमेत दिइसकेका छन्। -सेतोपाटी डटकम
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन